Monday, September 28, 2020

Monday, September 28, 2020
खेलकुद नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अन्तिम मिनेटमा मैदानभित्रै झडप भएपछि गयराति नेइमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेका पाँच खेलाडीले रातो कार्डको सामना गरेका छन्।

मैदान छाड्ने बेला ब्राजिलका स्टार नेइमारले आफूले रंगभेदको टिप्पणी सुन्नु परेको बताएका थिए।

नेइमारले मार्सेका रक्षक अल्भारो गोन्जालेजलाई हिर्काउनुमा कुनै पछुतो नभएको ट्विटरमा लेखेका छन्। नेइमारले रंगभेदी गाली गरेको आरोप लगाएका छन्।

तर, अल्भारोले ट्विटरमा रंगभेदी गाली नगरेको दाबी गरेका छन्। अल्भारोले लेखेका छन्, ‘‘यहाँ रंगभेदका लागि कुनै स्थान छैन।’’

पीएसजीका नेइमारसहित वैकल्पिक खेलाडी लियान्ड्रो परेडेस र लेभिन कुरजावा तथा मार्सेका जार्डन एमाभी र डारियो बेनेडेट्टोले रातो कार्डको सामना गरेका थिए।

नेइमारलाई रातो कार्डको दर्शन गराउनु अघि रेफ्रीले भिडिओ सहायक रेफ्रीको सहायता लिएका थिए। भिडिओ रिप्लेमा नेइमारले अल्भारोलाई टाउकोमा हानेका थिए।

पाँच हजार दर्शक उपस्थित खेलमा रेफ्री जेरोमी ब्रिसार्डले १७ वटा कार्ड देखाएका थिए। २१औं शताब्दीमा फ्रेन्च लिग वानमा यो एकै खेलमा धेरै कार्ड देखाइएको कीर्तिमान हो।

मार्सेका बेनेडेट्टोबाट झगडाको सुरुआत भएको भएको थियो। बेनेडेट्टोले पीएसजीका परेडेसलाई धकेलेर लडाएका थिए।

परेडेसले पनि उठेर बेनेडेट्टालाई धकेलेर लडाइदिए। त्यसपछि भएको विवादमा परेडेसले अल्भारोको मुखमा हानिदिएका थिए। त्यसपछि फेरि कुरजावा र एमाभीबीच हानाहान भएको थियो।

फ्लोरिन थाउभिनको गोलबाट मार्सेले ३१औं मिनेटमा अग्रता लिएको थियो। दिमित्री पायटको फ्रीकिकमा थाउभिनले भलीमा गोल गरेका थिए। थाउभिनको त्यही गोल मार्सेको जितमा निर्णायक बन्यो।

पीएसजी यसअघि पनि पहिलो खेलमा नवप्रवेशी लेन्ससँग पराजित भएको थियो। पीएसजीले सिजनको पहिलो दुई खेल हारेको ३६ वर्षमा यो पहिलो हो। उक्त सिजन पीएसजीले १३औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।

मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !,

शताब्दीकै रेकर्ड:

फ्रेन्च लिग वान अन्तर्गत गए राति भएको खेलमा साविक विजेतासमेत रहेको पीएसजीले सिजनमा लगातार दोस्रो पराजय ब्यहोरेको छ। पेरिस डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा घरेलु टोली १-० ले पराजित भएको हो। सन् १९८४/८५ यता पहिलो पटक पीएसजी सिजनको सुरुका दुई खेलमा पराजित भएको छ। मार्सेलीको जितमा फ्लोरेन थाउभिनले खेलको ३१ औं मिनेटमा निर्णायक गोल गरे।

घरेलु मैदानमा पीएसजीले पराजय भोग्दै गर्दा मैदानमा त्यो दृश्य देखियो जुन फुटबलमा बिरलै देखिन्छ। खेल सकिँदै गर्दै मैदानमा झगडा गरेपछि नेइमारसहित पीएसजीका तीन खेलाडी र मार्सेलीका दुई खेलाडी रातो कार्ड खाँदै बाहिरिन पर्‍यो। जसमा पीएसजीका नेइमार, लेभिन कुरजावा र लियोनार्दो परेडेस रहेका छन्। र, मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेट्टो रहेका छन्। सुरुमा चार खेलाडीलाई रेड कार्ड दिएका रेफ्रीले नेइमारले पछाडिबाट पञ्च हानेको भीएआरबाट देखेपछि उनलाई पनि रेड कार्ड दिएका थिए।

५ हजार दर्शकका बीच भएको खेलमा कुल १७ वटा कार्ड प्रयोग भयो जुन यो लिग वानको एउटा खेलमा प्रयोग भएको शताब्दीकै बढी कार्ड हो। उक्त झगडामा कुरजावा र अमाभीले त मैदानको ‘किक बक्सिङ’ नै देखाएका थिए।

पीएसजी र मार्सेली परम्परागत राइभलहरु हुन्। पीएसजीले च्याम्पियन्स लिगमा पराजय भोग्दा मार्सेलीका समर्थकहरु सडकमै उत्रिएर खुशी मनाएका थिए। मार्सेलीमा सेमिफाइनलमा लाइपजिगसँग खेल पछिको फ्यानहरु बीचको झगडालाई मध्यनजर गर्दै फाइनलमा त्यस्तो हुन नदिन पीएसजीको जर्सीलाई प्रतिबन्धसमेत लगाउनु परेको थियो।

नेइमारको आरोप: नश्लीय गाली दिइयो:

ब्राजिलियन खेलाडी नेइमारले आफूमाथि नश्लीय गाली दिइएको आरोपसमेत लगाएका छन्। उनले अल्भारो गोन्जालेजले आफूमाथि नश्लीय टिप्पणी गरेको आरोप लगाएका हुन्।

विवाद हुँदा नेइमारले गोञ्जालेजलाई टाउकोमा पछाडिबाट थप्थपाएका थिए।

मेरो पछुतो त्यसको अनुहारमा नहानेकोमा छ : नेइमार

खेलपछि ट्वीट गर्दै नेइमारले आफूले अल्भेरो विरुद्ध ‘स्ट्रङ एक्सन’ नलिएकोमा पछुतो रहेको बताएका छन्।

‘मेरो एउटै पछुतो त्यसको मुखमा प्रहार नगरेकोमा छ।’ नेइमारले ट्वीट गरेका छन्।

अर्को ट्वीटमा नेइमारले भनेका छन् : भीएआरले मेरो आक्रोश त देख्यो अब मलाई नश्लीय गाली गर्दै (बाँदर***) भनेको देखेको हेर्न चाहन्छु। के भयो? मलाई सजाय दिइयो। एक्सपेल गरियो। उनीहरुको बारेमा के? के भयो?

सम्बन्धित समाचार

मुम्बई दोस्रो जित निकाल्ने योजनामा

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज (सोमबार) साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो ।

पहिलो टि२० नेपालको शतकको एक वर्ष पूरा

गतवर्ष आजकै दिन नेपाली क्रिकेट टोलीका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि पहिलो टि२० शतक प्रहार गरेका थिए ।

चेल्सीको अविश्वसनीय पुनरागमन, एभर्टनको विजयी यात्रा जारी

खेलको इन्जुरी समयमा ट्यामी एब्राहमले गोल गरेपछि चेल्सीले ३–० ले पछि परेको खेलमा अविस्मरणीय पुनरागमन गर्दै वेस्ट ब्रोमिच आल्बियोनविरुद्ध ३–३ को बराबरी गर्न सफल भएको छ ।

लगातार दोस्रो जीत दिल्ली क्यापिटल्सको

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जीत निकालेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले चेन्नाइ सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो ।

ताजा समाचार

मुम्बई दोस्रो जित निकाल्ने योजनामा

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज (सोमबार) साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो ।

मुटुरोगीलाई कोरोना किन बढी खतरनाक ?

छाती दुखेर अस्पताल गएका एकजना कलाकार कोरोनाको डरले अस्पतालको गेटबाटै फर्के, तर उनलाई हृदयघातले छोडेन, केही समयपछि उनको मृत्यु भयो ।

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।
X