Monday, September 21, 2020

Monday, September 21, 2020
रोचक यस्ता संकेत देखिए हुन्छ धन लाभ

यस्ता संकेत देखिए हुन्छ धन लाभ

Published:

On: Nepal

हिन्दू धर्म शास्त्र र विशेष गरि वास्तु शास्त्रमा शुभ र अशुभ कुराहरुको संकेतबारे व्याख्या गरिएको पाउन सकिन्छ । जीवनमा घट्न विभिन्न घटनाक्रमहरुबाट विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् ।

धन प्राप्तिका लागि कस्ता संकेत शुभ ?

  • १, यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ ।
  • २, विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हुन सक्छ ।
  • ३, यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।
  • ४, सपनामा हरियो घास , पात देखिएमा ।
  • ५, यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।
  • ६, पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो ।
  • ७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ ।
  • ८, सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।
  • ९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ ।
  • १० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ ।
  • ११ सपनामा मुत्र, वीर्य, वा दिशा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
  • १२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ ।
  • १३, तपाईले मन पराएको गुरु ,जोगी वा धर्मात्मीक ब्यक्ती देखिए ।
  • १४, सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो ।
  • १५ विहान शंखको आवाज सुनिए पनि लाभ हुने मान्यता रहेको छ ।

यो पनि पढ्नु होस

आँचल शर्मा: ‘म हाँसेको देखेर रिसाउनेलाई पनि लभ यू ।’

नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शि’कार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको शि’कार भइन् ।

हुनत, आँचललाई यस्ता ट्रोलमा आउने प्रतिक्रियाले हैरान बनाउँछन् । तर, यसलाई वेवास्ता गर्दै अगाडि बढ्नु अहिलेको समयमा सेलिब्रिटीका लागि सहज भने छैन । अर्कोतिर, आँचल शर्माको बिषयमा विभिन्न खालका चर्चा गर्न चलचित्र क्षेत्र भित्रकै चलचित्रकर्मी पनि पछाडि छैनन् । यो कुरा आँचललाई पनि राम्रोसँग थाहा छ ।

तर, यी कुराले आफ्नो मुस्कानमा भने कुनै असर नगर्ने आँचलको तर्क छ । सामाजिक संजालमा उनी लेख्छिन्–‘म हाँसेको देखेर रिसाउनेलाई पनि लभ यू ।’ आँचलले आफ्नो मुस्कान देख्दा रिस उठ्ने मानिससँग पनि आफ्नो कुनै गुनासो नभएको भन्न खोजेको प्रष्ट छ ।

सेलिब्रिटी भैसकेपछि धेरै नकारात्मक कुरालाई वेवास्ता गर्दै अगाडि बढ्नु मात्र होइन, आफूलाई नकारात्मक भन्नेहरुलाई सकारात्मक नजरले हेर्न पनि आवश्यक छ । सायद, आँचल सोही बाटोमा हिड्न खोजेको उनको स्टाटसबाट वुझ्न सकिन्छ ।

सम्बन्धित समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

यी पाँच गल्ती नुहाउनसाथ गरिने, जसका कारण झर्छ तपाईंको कपाल

हामीमध्ये अधिकांशलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो समस्या विभिन्न कारणले हुन्छ । कसैको कपाललाई पोषणको कमि हुँदा यस्तो समस्या आउँछ भने कतिले आफ्नै लापारवाहीले यो समस्या जन्माउँछन् ।

ताजा समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X