Connect with us

अन्तर्राष्ट्रिय

भारत : संसद बैठकको पहिलो दिन, १७ सांसदमा कोरोना पोजेटिभ

भारतमा संसद बैठकको पहिलो दिन १७ सांसदमा कोरोना पुष्टि भएको छ। सांसद मिनाक्षी लेखी र अनन्तकुमार हेगडेसहित १७ सांसदमा कोरोना पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: भारतमा संसद बैठकको पहिलो दिन १७ सांसदमा कोरोना पुष्टि भएको छ। सांसद मिनाक्षी लेखी र अनन्तकुमार हेगडेसहित १७ सांसदमा कोरोना पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

मनसुन सत्रको पहिलो बैठकका दिन संसद भवनमा कोरोना जाँच गरेर मात्र सांसदहरुलाई प्रवेश दिइएको छ। संसद प्रवेशका लागि कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम बनाइएको छ।

कोही सांसद, कर्मचारी वा पत्रकारका लागि संसदमा प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ देखाउन अनिवार्य गरिएको छ।

लोकसभा र राज्यसभा सचिवालयले कोही पनि व्यक्ति कोरोना रिपोर्ट नेगेटिभ नभएसम्म संसदमा प्रवेश गर्न नपाउने नियमलाई कडाइका साथ पालना गर्ने बताएको छ।

आज बैठक बस्ने भएपछि हिजो आइतबार अधिकांस सांसदको स्वाब संकलन गरिएको थियो।

कोरोना महामारीकै बीचमा सुरु भएको संसद बैठकमा स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरिएको छ। सांसदहरुका लागि सामाजिक दूरीसहितको सिट व्यवस्थापन गरिएको छ।

भारत कोरोना महामारीबाट प्रभावित विश्वको शीर्ष दोस्रो देश हो। त्यहाँ ४८ लाख ५० हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ।

एसिड पीडितका लागि कडा कानुन बनाउने निर्णयको अमिताभ

बच्चनले गरे स्वागत, उज्जवल थापाको प्रशंसा:

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले एसिड पीडितका लागि नयाँ कानुन ल्याउने नेपाल सरकारको निर्णयलाई स्वागत गरेका छन्।

नयाँ निर्णयका लागि बच्चनले अभियन्ता उज्जवल थापाको प्रशंसा गरेका छन्। बच्चनले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एसिड पीडितका लागि थापाले गरेको कडा परिश्रमको प्रशंसा गरेका हुन्। एसिड पीडितका लागि नयाँ कानुन बनाउने निर्णयलाई उनले थापाको कडा परिश्रमको परिणाम भनेका छन्।

उनले यो निर्णय नेपालकै लागि मात्र नभई भारतका लागि प्रेरणाको स्रोत हुने उल्लेख गरेका छन्। साथै थापालाई बधाई दिँदै यो कार्यका लागि गर्व गरेका छन्।

यसअघि वीरगंजकी एसिड पीडित मुस्कान खातुनलाई अमिताभले भिडियो सन्देश पठाएर हौसला प्रदान गरेका थिए।

पछिल्लो समय सरकारले एसिड आक्रमणका घटनालाई निरुत्साहित गर्न कडा कानुन ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाहरूमा परेका १२ जना पीडितसँग केही दिनअघि बालुवाटारमा छलफल गरेर पीडितको मागअनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाउने निर्णय सुनाएका थिए।

यसका निम्ति १५ दिनभित्र मस्यौदा तयार गर्न उनले कानुन मन्त्रालयका साथै अन्य सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गर्ने व्यवस्था सहितको कानुन निर्माण गर्ने निर्णय सुनाएका हुन्।

प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले ब्यहोर्ने गर्ने घोषणा गरे।

प्रधानमन्त्रीको निर्णयअनुसार आक्रमणपछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्नेछ। साथै, उचित तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने छ। पीडितहरुलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने छ।

साथै हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउन समेत आह्वान गरिएको छ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending