Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
अन्तर्राष्ट्रिय विशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि

विशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि

Published:

On: Nepal

एउटा ठूलो ह्वेल समुद्रबाट बाटो बिराउँदै धेरै गोही भएको नदीमा पसेर ३० किलोमिटर टाढा पुगेको अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन्।

त्यो ह्वेल समूहमा बर्सेनि हुने बसाइँसराइमा यात्रा गर्दै गरेको र कुनै स्थानमा गलत दिशामा मोडिएको हुनसक्ने बताइएको छ।

बाटो बिर्सेकामध्ये दुईवटा ह्वेल समुद्रमा फर्किएका र कम्तीमा एउटा अझै नदीमै रहेको बताइएको छ। अस्ट्रेलियामा ह्वेल बाटो बिर्सेर नदीबाट यति भित्र पुगेको यो पहिलो घटना हो।

तर ५३ फिट लामो भएकाले उक्त ह्वेललाई गोहीले हानि पुर्‍याउने सम्भावनाकम छ। ह्वेल फर्किन नसकेमा भने अप्ठ्यारो पर्न सक्ने अधिकारीहरूले बताएका छन्।

के भएको हो?

अस्ट्रेलियाको सबैभन्दा ठूलो निकुञ्ज काकाडु न्याश्नल पार्कको इस्ट एलिगेटर रिभर नामक नदीमा डुङ्गाविहार गरिरहेका केही यात्रीले ह्वेल देखेका थिए।

स्थानीय बासिन्दाले नदीको घुमाउरो बाटोमा ह्वेल पौडिरहेको देखेर रमाइलो मानेका थिए।

“यो यस्तो घटना हो जुन यसअघि भएको जानकारी छैन। यो एकदमै अनौठो हो,” नोर्दन टेरिटरी प्रान्तका समुद्रसम्बन्धी वैज्ञानिक क्यारोल पाल्मरले भनिन्।

नदीको पानी धमिलो भएकाले नदीमा एकभन्दा बढी ह्वेल छ कि छैन भनेर पत्ता लगाउन सहज नभएको उनले बताइन्।

पाल्मरले विज्ञहरू कसरी गलत दिशामा मोडिएर नदीमा ह्लेल पस्यो भन्ने विषयमा जानकार नभएको बताइन्।

ती ह्वेलहरू एन्टार्टिकाको दक्षिणतिर गइरहेको र नदीको क्षेत्रमा पसेर बाहिर निस्कने प्रयासमा झन् भित्र आइपुगेको हुनसक्ने उनले बताइन्।

एन्टार्टिकाबाट चिसो छलेर बच्चा जन्माउन ह्वेलहरू अस्ट्रेलियातिर आउने र फर्किने गर्छन्।

अब के हुन्छ?

नदीमा थुप्रै गोहीहरू भए पनि ह्वेलसँग तिनीहरूको द्वन्द्व नहुने अनुमान विज्ञहरूले गरेका छन्।

तर पाल्मरका अनुसार यदि ह्वेल नदीमा अड्कियो र किनारमा पुग्यो भने गोहीका लागि सजिलो सिकार बन्न सक्छ।

“किनारामा अड्कियो भने हामीले त्यस्तो ठूलो ह्वेललाई उचालेर सार्न सक्दैनौँ र गोहीले आक्रमण गर्नेछन्,” पाल्मरले भनिन्।

अहिलेका लागि ह्वेल फर्किने बाटो खुला राख्न त्यहाँबाट समुद्रसम्म डुङ्गालाई प्रतिबन्ध लगाइएको छ।

ह्वेल आफैँ बाटो पहिल्याएर फर्किने आशा गरिएको छ। तर अहिलेसम्म समुद्रबाट २० किलोमिटर टाढा नदी गहिरो भएको स्थानमा यो बसिरहेको छ।

पाल्मरले ठूलो आवाज निकालेर यसलाई धपाउने वा ह्वेलको आवाज निकालेर समुद्रतिर लग्ने प्रयासका बारेमा विचार गरिरहेको बताइन्।

सम्बन्धित समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

यी हुन् पहिलो नेपाली कोरोनाविरुद्धको खोप लगाउने

रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X