Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
खेलकुद मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?

मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।

फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछन् । मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन् ।

यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् ।

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमश: तेस्रो र चौथो स्थानमा छन् । नेमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।

यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् । बार्सिलोनाका एन्टोनी ग्रीजमन सातौं, रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौँ स्थानमा छन् ।

यी हुन् सर्वाधिक कमाइ गर्ने १० खेलाडी

    • लियोनल मेसी- १२६ मिलियन अमेरिकी डलर
    • क्रिस्टियानो रोनाल्डो- ११७ मिलियन डलर
    • नेमार- ९६ मिलियन डलर
    • किलिएन एमबाप्पे- ४२ मिलियन डलर
    • मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
    • पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
    • एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
    • गारेथ बेल- २९ मिलियन अमेरिकी डलर
    • रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर
    • डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर

पीएसजीको लगातार हार:

साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो हार खेपेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी मार्सेलीसँग १-० गोलले स्तब्ध भएको थियो। सिजनको पहिलो खेलमा लेन्ससँग १-० गोलले नै पराजित भएको पीएसजीले खराब लयलाई अन्त्य गर्न सकेन।

तनावपूर्ण खेलमा पाँच खेलाडीले रातो कार्ड पाएका थिए। पीएसजीका नेमारलगायत तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए। कोरोना संक्रमणका कारण पीएसजी आफ्ना पाँचजना स्टार खेलाडीबिनै मैदान उत्रिएको थियो। पहिलो खेलमा पनि पीएसजीका सातजना रोजाइका खेलाडी कोरोनाका कारण मैदानबाहिर थिए।

कोरोनामुक्त भएर फर्किएका नेमार र एन्जल डी मारियालाई उतारे पनि पीएसजी अन्ततः हार खान बाध्य भयो। पीएसजीलाई घरमै स्तब्ध बनाउन मार्सेलीका फ्लोरियन थाउभिनले गोल गरे। थाउभिनले ३१औं मिनेटमा गरेको गोल नै मार्सेलीको जितमा पर्याप्त बन्यो। मध्य भागमा बल्ल नियन्त्रणमा अब्बल रहे पनि पीएसजीले गोल फर्काउन सकेन।

खेलको अन्तिममा दुवै टोलीका खेलाडी एकआपसमा विवादमा उत्रिएपछि केही बेर खेल रोकिएको थियो। विवादमा उत्रिएका दुवै पक्षका खेलाडीलाई रेफ्री थिए। कठिन जितसँगै मार्सेली पाँचौं स्थानमा उक्लिएको छ। लिगमा लगातार दुई जित निकालेको मार्सेलीले ६ अंक बनाएको छ। अंकविहीन पीएसजी १८औं स्थानमा छ।

आइतबार राति नै भएको खेलमा निम्सलाई ४-२ गोलले हराउँदै रेनेस लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा तीन खेल सकेको रेनेसले सात अंक बनाएको छ। तीन अंक बनाएको निम्स १२औं स्थानमा छ। अन्य खेलमा मोनाकोले नान्टेजलाई २-१, लिलेले मेट्जलाई १-०, एन्जर्सले रेइम्सलाई १-०, ब्रेस्टले डिजोनलाई २-० र लेन्सले लोरियन्टलाई ३-२ गोलले हराएको छ। तनावपूर्ण खेलमा हात हालाहाल गर्दै पीएसजी र मार्सेलीका खेलाडी|

सम्बन्धित समाचार

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

आइपिएलमा बैंगलोर र हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर तथा सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X