Thursday, September 24, 2020

Thursday, September 24, 2020
नेपाल प्रधानमन्त्री ओलीकाे 'टिम' नै कुलमानको विपक्षमा !

प्रधानमन्त्री ओलीकाे ‘टिम’ नै कुलमानको विपक्षमा !

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं:  सोमबार मध्याह्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान सिसिङलाई दोहोर्याउनुपर्ने आसयसहित ट्विट गरे ।

सोमबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा हुन सक्ने अन्य निर्णयबारे त्यति धेरे चासो नभए पनि ‘करिब करिब’ आम रूपमा कुलमानको नियुक्तिप्रति भने चासो थियो।

सडकदेखि सामाजिक सञ्जालसम्म कुलमानलाई दोहोर्याउनुपर्ने दबाब दिइरहेकाहरूलाई सत्तासीन दलकै प्रवक्ता श्रेष्ठले लेखेको ट्विटले उत्साहित बनायो।

‘…घिसिङले ऊर्जा क्षेत्रमा जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु’, भन्दै श्रेष्ठले मन्त्रिपरिषद् बस्नुभन्दा चार घन्टाअघि ट्विट गरे ।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि घिसिङको पुनर्नियुक्तिका लागि प्रधानमन्त्री ओलीलाई भनिसकेको समाचार बाहिरिएको अवस्थामा पार्टी प्रवक्ताले पनि पुनर्नियुक्तिको अपेक्षा गर्नुले घिसिङलाई दोहोर्याउनुपर्ने माग राख्नेलाई ‘करिबकरिब’ ढुक्कजस्तो वातावरण बन्यो ।

तर, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैं मन्त्रिपरिषद् बैठक सकिएलगत्तै सार्वजनिक भएका समाचारहरुले कुलमान ‘चाहने’ हरूलाई निराश मात्रै बनाएन उद्देगलाग्ने अर्को समाचार बाहिरियो।

त्यो थियो- ‘ऊर्जामन्त्री वर्षमान पुनले मन्त्रिपरिषद्मा कुलमान नियुक्तिको प्रस्ताव नै लगेनन्!’ प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाकै कारण मन्त्री पुनले कुलमानको प्रस्ताव नलगेको स्रोतको दाबी छ ।

कुलमानले चारवर्षे कार्यकालमा दैनिक १८ घन्टा लोडसेरिङ घटाएको, पुराना, रुग्ण आयोजना सम्पन्न गराउँदै लगेको, घाटामा रहेको प्राधिकरणलाई करिब ११ अर्बभन्दा बढी नाफामा लगेकोलगायत कारणले धेरै मानिस उनका पक्षमा छन्।

नेकपा अध्यक्ष दाहाल ‘आमचाहना’ लाई हेरेर कुलमानलाई पुनः नियुक्त गर्नुपर्ने पक्षमा उभिए पनि प्रधानन्त्रीले नै ‘कानुनी कुरा बुझ्नुपर्छ’ भनेपछि ऊर्जामन्त्रीले प्रस्ताव नै तयार नपारेको मन्त्रालय उच्च स्रोतको दाबी छ ।

कानुनी कुराको ‘बहाना’ र दाहालको ‘चाहना’ बीच प्रधानमन्त्री केपी शर्मा ओलीको ‘टिम’ नै घिसिङलाई पुनर्नियुक्ति नदिने पक्षमा स्पष्ट रुपमा देखिएको छ।

यो तथ्य मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाको सामाजिक सञ्जालमा सम्प्रेसित विचारले पुष्टि गरेको छ ।

उनले फेसबुमा लेखेका छन- ‘कुलमान घिसिङको पक्ष/विपक्षमा आ-आफ्ना मत/अभिमत होलान्। मलाई त यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन।’

उनले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार दिउँसो कुलमान पुनर्नियुक्ति हुने अपेक्षासहित गरेको ट्विटको भने कडा प्रतिवाद गरेका छन्।

थापाले अगाडि लेखेका छन्, ‘एक अवधि पूरा गरेर हिँजो बिदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको खुला लबिङले कतै कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि?’

थापाले प्रवक्ता श्रेष्ठको अपेक्षालाई ‘लबिङ’ भने पनि आफूले गरेको चर्को विरोधले ‘कुलमान बाहेकको लाबिङ’ गरेको आसय भने प्रस्ट हुन्छ।

उनले प्रवक्ताले राखेको विचारलाई नियुक्ति नै गरिदिएझैं आक्रोशपूर्ण भाषामा भनेका छन्, ‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने हो, यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारीविपरीत व्यक्तिगत दबाब र लबिङ?’

उनले प्रवक्ता श्रेष्ठलाई ‘पार्टीको हाल जिम्मेवारी यही हो ?’ भन्दै प्रश्न मात्रै गरेका छैनन्। कडा रबैयामा ‘सबै नेताहरुले निकट वा मन परेका व्यक्तिको यसरी नै दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै, हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ?’ भन्दै प्रश्न गरेका छन्।

उनले प्रवक्ताको अभिव्यक्तिलाई लिएर त्यो संस्थागत दायित्व पनि नभएको भन्दै ‘यो तरिका किन? के आशय, अभिप्राय र के नियतबाट उत्प्रेरित होला?’ भन्दै शंसय व्यक्त गरेका छन्।

थापाले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले उनको भाषागत स्तर, सोच र प्रधानमन्त्रीको ‘टिम’ नै कुलमानलाई पनुर्नियुक्ति नगर्ने नियतमा रहेको प्रस्ट पारिदिएको छ।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

साँझ बस्दै मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

ताजा समाचार

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।
X