Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
रोचक आँखाको डार्क सर्कल हटाउन अपनाउनुहोस् यस्ता घरेलु उपाय !

आँखाको डार्क सर्कल हटाउन अपनाउनुहोस् यस्ता घरेलु उपाय !

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: डार्क सर्कल तथा आई ब्याग्सले हाम्री अनुहार सौन्दर्य नै बिगार्छ। पक्कै पनि कसैलाई आँखा वरिपरि कालो सर्कल मनपर्दैन। कतिपय समय पर्याप्त निन्द्रा पछि पनि डार्क सर्कलको समस्याबाट छुटकारा पाउन सकिदैन। डार्क सर्कल कम निन्द्राको कर्णले मात्र नभएर तनाव र कामको बोझले पनि हुन्छ।यस्ता डार्क सर्कलबाट मुक्त हुन घरेलु उपचारहरू उत्तम हुन्छ। घरेलु विधिको सहायताले आँखा वरिपरि परेका सर्कल सजिलै हटाउन सकिन्छ।

कोल्ड कम्प्रेस:

जतिसक्दो चाँडो डार्क सर्कल हटाउनको लागि आइस वा कोल्ड प्याक प्रयोग गर्नु राम्रो मानिन्छ। यसो गर्दा यसले डार्क सर्कल हट्नुका साथै रक्त प्रवाह पनि बढ्छ। रगत प्रवाह बढ्नाले अनुहार फ्रेश र चमकदार देखिन्छ।

आलु:

डार्क सर्कल हटाउनको लागि आलु पनि निकै मद्दतगार हुन्छ। आलुमा भरपूर मात्रामा विटामिन पाइन्छ जसले कोलेजेन बढाउँछ। आलुको रस निकाल्नुहोस् र त्यो रसमा कपास भिजाएर आँखाको वरिपरि लगाउनुहोस्। यसलाई १० मिनेटको यत्तिकै छोड्नुहोस्। यसो गर्नाले छिटै डार्क सर्कल कम हुन्छ।

आई मसाज:

आई मसाज गर्नाले पनि डार्क सर्कल कम हुन्छ। आई मसाज गर्नाले रक्त प्रवाह बढ्छ जसको कारणले छालामा चमक र ताजगी आउँछ।

काँक्रो:

गोलो गोलो परेर काँक्रोको टुक्रा काट्नुहोस् र यसलाई आँखामा राख्नुहोस्। यसलाई १० मिनेटसम्म आँखामा राख्नुहोस्। त्यसपछि सफा पानीले आँखा धुनुहोस्। केहि दिनमै तपाईंको आँखाको डार्क सर्कल हट्छ।

गुलाब जल:

गुलाब जल प्राय: छाला ताजा राख्नको लागि प्रयोग गरिन्छ। गुलाब जलले डार्क सर्कल कम गर्न पनि धेरै मद्दत गर्दछ। सानो कपासको टुक्रा लिनुहोस्। अब त्यो कपास गुलाब जलमा भिजाएर आँखामा लगाउनुहोस्। १५ मिनेटको लागि त्यत्तिकै छाड्नुहोस् र १५ मिनेटपछि सफा पानीले मुख पखाल्नुहोस्। दैनिक रूपमा १ महिनासम्म यसो गर्दा आँखा वरिपरिको डार्क सार्कल हराएर जान्छ।

यी ४ राशिका व्यक्ति हुन्छन् निकै उत्कृष्ट, तपाईको कुन ?

काठमाडौँ । ज्योतिषमा मेषदेखि मिनसम्म कुल १२ राशि उल्लेख गरिएको छ। सबै राशिका व्यक्तिको स्वभाव र बानी फरक फरक हुने गर्दछ।

ज्योतिषाचार्य मनिष शर्माका अनुसार केही राशिका व्यक्ति यस्ता हुने गर्दछन्, जसको नेतृत्व क्षमता अन्य व्यक्तिको भन्दा निकै राम्रो हुने गर्दछ।

यस्ता व्यक्ति राम्रो हाकिम, नेतृत्वकर्ता वा नेता बन्ने गर्दछन्। यिनीहरुको आत्मविश्वासले नै अघि बढ्नमा सहयोग गर्दछन्। नेतृत्व क्षमताका कारण यिनीहरु प्रसिद्धी कमाउने गर्दछन्।

आउनुहोस् जानौँ ती राशिका व्यक्तिका बारेमाः

मेष राशि:
राशि चक्रको पहिलो राशि हो मेष राशि। यी राशिका व्यक्तिको एक खास कुरा हुने गर्दछ, दोस्रो व्यक्तिसँग चाडै घुलमिल हुने गर्दछन्। जस्तोसुकै भिडमा पनि यिनीहरु आफ्नो कुरा सजिलै भन्न सक्छन्। यिनीहरुको आत्मविश्वास दोस्रो व्यक्तिको भन्दा अलग हुने गर्दछ। यिनीहरु आफ्नो लक्ष्यका लागि पुरै एकाग्रताका साथ काम गर्ने गर्दछन्।

वृष राशि:
वृष राशिका व्यक्तिमा राम्रो नेतृत्वकर्ता हुने सबै गुण हुने गर्दछ। यिनीहरु आफ्नो साथीत्व र सम्बन्ध राम्रोसँग निभाउने गर्दछन्। घर परिवार तथा कार्यस्थलमा यिनीहरुलाई सम्मान मिल्ने गर्दछ। यिनीहरु टिमसँग मिलेर ठूला ठूलो लक्ष्यपनि सजिलै पुरा गर्ने गर्दछन्।

सिंह राशि:
सिंह राशिका व्यक्ति साहसी हुने गर्दछन् र कुनै पनि जोखिम उठाउन पनि तयार रहने गदर्छन्। जोखिम उठाउने भएका कारण यिनीहरुमा नेतृत्वको क्षमता हुने गर्दछ।

मकर राशि:
मकर राशि हुने व्यक्ति सल्लाहकार हुने गर्दछन्। परिस्थिती अनुसार आफूलाई परिवर्तन गर्न सक्ने गुण यिनीहरुमा हुने गर्दछ। लक्ष्य जति कठिन भएपनि धैर्य र योजनाका साथ पुरा गर्ने क्षमता यिनीहरुमा हुने गर्दछ।

सम्बन्धित समाचार

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

जमेको काने गुजीलाई निकाल्न चाहानुहुन्छ ? यो विधि अपनाउनुहोस् सुन्ने शक्ति बढ्छ दुई गु’ण !

शरीरको साथसाथै, का’न सफा गर्नु पनि धेरै महत्त्वपूर्ण छ । मानिसहरू प्राय जसो आफ्नो शरीर सफा गर्दछन् तर कान सफा गर्न बिर्सन्छन् ।

‘मुसा’ आएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

मानिस शरीरका विभिन्न भागमा ‘मुसा’ आएर हैरान भएका हुन्छन् । त्यसलाई रोक्न वा हटाउन नसक्दा उनीहरूको सुन्दरतामै असर परिरहेको हुन्छ । विभिन्न औषधि गर्दा पनि यसबाट छुटकारा पाउन नसक्दा मानिसलाई तनाव भइरहेको हुन्छ ।

ताजा समाचार

मन्त्रीहरुको सूची बन्दै

नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ मन्त्रीहरुको सूचि बनाउने क्रम सुरु भएको बालुवाटार स्रोत बताउँछ ।

रोजगारी गुमेका नेपालीहरूका लागी कतारबाट आयो अहिले सम्मकै खुशीको खबर

कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ ।कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।
X