Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
रोचक आजबाट मलमास सुरु : भुलेर पनि नगर्नुस् यस्ता काम, जसले हुनेछ यस्तो असर

आजबाट मलमास सुरु : भुलेर पनि नगर्नुस् यस्ता काम, जसले हुनेछ यस्तो असर

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: आज असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ। वर्षमा सौर र चान्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ।

महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ। ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिए।

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद्।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित्।

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो। दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो। क्षयमास भने कहिले कहिलेमात्र हुने गरेको छ। यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताए। क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ। यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ। कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ। माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन। बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ।

क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन्। यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन्। क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ। सबै मासको देवता हुन्छन्। मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे। गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ।

अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ। नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ।

मलमासको समयमा महादान, माङ्गलिक कार्यअर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्नु हुँदैन। यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन। नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन।

मलमासको समयमा भुलेर पनि नगर्नुस् यस्ता काम, जसले हुनेछ यस्तो असर

मलमासको समयमा भुलेर पनि नगर्नुस् यस्ता काम, जसले हुनेछ यस्तो असर! अधिकमासलाई मलमास, पुरुषोत्तम महिना जस्ता नामहरुले पनि बुझिन्छ । हिन्दू धर्म ग्रन्थहरुका अनुसार यो १ महिनाको समयमा कुनै पनि विशेष धार्मिक कार्यहरु गर्न नहुने मान्यता रहेको छ । त्यसकारण मलमासको अवधिभर नयाँ घर सर्ने, जग राख्ने, विवाह, ब्रतबन्ध, सप्ताह, ग्रहपूजा जस्ता शुभकार्यहरु हुँदैनन् । ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ ।

हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउँछन् ।

Ads by AdMana.net
मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ । उनले भने,“नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र गर्न सकिन्छ ।” यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उनले बताए । मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ ।

भट्टराईले भने,“दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन ।” धार्मिक, सांस्कृतिक अध्येता डा. गुरुप्रसाद सुवेदी मलमासमा गृहस्थ जीवन शुरु गर्न नहुने बताउँछन् । उनका अनुसार विशेष संस्कारका कर्महरु, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा कर्म गर्न हुँदैन । मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने
Ads by AdMana.net
यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको उनको भनाइ छ ।
अधिकमास परेकाे महिनामा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

अधिकमास परेकाे महिनामा मुहुर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु वर्जित गरिएकाे छ । शास्त्रीय नियमअनुसार अतिरिक्त समय भएकाले याे समय अन्य समयभन्दा कमजाेर हुनेहुँदा नयाँ थालनी गरिएका कार्यहरु सफलहुने सम्भावना एकदमै न्यून हुन्छ । यस्ताे समयमा श्राद्ध तथा पितृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म,सप्ताह, नवाह, महारुद्रि,शतचण्डी लगाएका कुनै पनि धार्मिककर्महरु त्यस्तै गृहप्रवेश, नयाँ कार्यको थालनी, नयाँ यात्राको शुभारम्भ गर्न नहुने उल्लेख गरिएको छ ।

नव विवाहित दाम्पत्तीहरूका लागि अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । वैवाहिक सम्बन्धमा बाधिएपछि एक पटक सबै विवाहित महिलाहरुले अनिवार्य पहिलो अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । यदि नबारेमा पतिलाई शारीरिक,मानसिक तथा आर्थिक कष्ट पर्ने मुहूर्त मार्तण्ड र मूहूर्तचिन्तामणि नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

एकपटक बारेपछि अरु वर्षहरुमा मलमासपर्दा बारिरहनु नपर्ने पनि बताइएकाे छ । दैनिक रूपमा गर्दै आएका कर्महरू जस्तो नित्य पाठपूजा, नामाकरण लगायतका कर्महरु गर्नहुने भनेर पनि उल्लेख गरिएको छ । अधिकमासका अधिपति स्वामी भगवान् विष्णुलाई मानिएको छ । त्यसकारण यसलाई पुरुषाेत्तममास भनर पनि भनिएकाे छ । पाैराणिक कथाअनुसार सूर्य र चन्द्रमा बिचकाे सन्तुलन मिलाउनका लागि अधिकमासकाे गणना भएकाे हाे ।

हरेक महिनाकाे मासदेवताका रुपमा नामाकरण गर्ने क्रममा अतिरिक्त रहेकाे महिना या मलमासकाे नामाकरणमा कुनै पनि देवता अधिपति हुन राजि नभएपछि ऋषि महर्षीहरुकाे आग्रहमा भगवान् विष्णुलाई गरिएको आग्रह पछि यस अतिरिक्त मलमासकाे मासदेवताका रुपमा भगवान् विष्णुलाई जिम्मा दिइएकाले पनि यसलाई यसलाई पुरुषाेत्तममास भनेर भनिएकाे हाे ।

विशेषगरी यस अबधिभर भगवान विष्णुकाे पुजा तथा आरधना गर्ने नियम रहिआएको छ । अधिकमासको निर्माण भगवान् विष्णुबाट नै भएकोले यस महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । यस समयमा भगवान् विष्णुको पूजा गरी पुरुषोत्तम महात्म्य कथा श्रवण गर्ने गरिन्छ ।

मच्छेनारायण (मत्स्यनारायण) मेला:

रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ। मलमासमा एक महिना लामो मेला लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको छ।

मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेकामा यस वर्ष चन्द्रागिरि नगरपालिकाले मेला नगर्ने निर्णय गरेको छ। मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन हुने गरेकामा यस वर्ष घरघरमै मच्छेनारायण पूजा एवं पुरुषोत्तममास माहात्म्य वाचन गर्न नगरपालिकाले अनुरोध गरेको नगर प्रमुख घनश्याम गिरीले बताए।

यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ। माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ।

भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरे। मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ। चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन्। मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ। मत्स्यनारायण नाम भए पनि जनजीवनमा शब्दको प्रयोग गर्दा अपभ्रंश भई मच्छेनारायण भन्ने गरिएको छ।

वेदको रक्षा गर्न मत्स्यरुपमा भगवान् विष्णु:

मत्स्य अवतारका विषयमा प्रचलित किम्बदन्ती यस्तो छ। प्राचीन कालमा सत्यव्रत नाम गरेका राजाले नदीमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन्। सानो माछाले आफ्नो रक्षार्थ बिन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका थिए। कमण्डलुमा माछा अटाएन। माछालाई क्रमशः तलाउ अनि समुन्द्रमा राख्दा आकार बढ्दै गएको गयो। राजाले भगवान् विष्णुको अवतार बुझेर मत्स्य अवतारको पूजा गरे।

पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो डुङ्गामा बीउबिजनसहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा विभिन्न पुराणमा उल्लेख छ। हयग्रिव नाम गरेको राक्षसले वेदलाई चोरेर समुद्रमा लुकाएको थियो। भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदको पनि उदार गर्नुभएको विश्वास गरिन्छ।

यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष शुरु हुने औँसीदेखि नै मलमास लाग्ने भएकाले नेपालीको महान् चाड बडादशैँ एवं तिहार एक महिना ढिला हुने भएको छ। असोज ३० गते मलमास सकिएपछि कात्तिक १ गते घटस्थापना गरी दशैँ शुरु हुनेछ। मलमासका कारण दशँैपछिका सबै चाडबाडा ढिला हुनेछन्।

यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो। असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो। १९ वर्षपछि फेरि असोज महिनामै मलमास परेको छ। असोज महिनामा पर्ने मलमासमा दक्षिणी देशमा सङ्घर्ष हुने ज्योतिषशास्त्रको ग्रन्थ संवत्सर संहितामा उल्लेख गरिएको ज्योतिषी पोखरेलले बताउनुभयो। मलमासमा विशेष गरी भगवान् पुरुषोत्तमको पूजा आराधना गरी मालपुवा दान गरे पुण्य मिल्ने धार्मिक विश्वास छ।

सम्बन्धित समाचार

“एउटा मन छुने कथा : अर्काकी श्रीमती!”

सुन्दरता के हो ? रुपवती कसलाई भन्ने ? परी कस्ता हुन्छन् ? उत्तर थिइन्– सिरु । हँसिलो मुहार, गुलाबी ओठ, मोतीरूपी दन्तलहर र चम्किलो केशराशिले उनी यति राम्री देखिन्थिन्, लाग्थ्यो परीको अर्को रूप हुन् उनी ।

दुर्लव खुट्टा भएको नाग देवताको दर्सन गरि भेटि स्वरुप लाइक कमेन्ट सेयर गर्नुहोस धन लाभ हुने छ

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X