Monday, September 21, 2020

Monday, September 21, 2020
नेपाल भोलिदेखि सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन हुने

भोलिदेखि सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन हुने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताएका छन्।

उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन्।

परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो ।

प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गरे।

उनले कोभिड–१९ सङ्क्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्नसमेत आग्रह गरे।

उनले नागरिकलाई कोरोनाबारे सही सूचना दिन सञ्चार माध्यमको महìवपूर्ण भूमिका रहने चर्चा गर्दै कोरोना भाइरसको विषयमा विज्ञको सल्लाह लिनुहोला, हल्लाको पछि लागेर रुघाखोकी त हो नि भनेर हल्का रूपमा नलिनुहोला भने।

सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ।

सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो । आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले समाचार लेखेका छन्।

सबै विद्यालय असोज ७ गतेदेखि खुल्ने, यस्तो आजको बैकको

निर्णय !

काठमाडौं । सबै सरकारी तथा निजी विद्यालय असोज ७ गतेदेखि खुल्ने भएका छन् ।दोलखाका निजी तथा सामु्दायिक विद्यालयहरुमा असोज ७ गतेदेखि नियमित पढाई सुरु हुने भएको हो । कोरोना महामारी सतर्कताका लागि सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनदेखि बन्द रहेका दोलखाका निजी तथा सामुदायिक विद्यालयहरुमा असोज ७ गतेबाट नियमित पढाई सुरु हुने भएको हो।

जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र जिल्ला संकट व्यवस्थापन समिति सम्मिलित मंगलबार बसेको बैठकले असोज ७ गतेबाट जिल्लाका सम्पूर्ण विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए।

दोलखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना भाईरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभ्रत तथा माध्यमिक तहहरुमा नियमित पठनपाठन क्रियाकलाप संचालन गर्ने निर्णय गरेको संयोजक पाण्डेको भनाई छ।

कोरोना संक्रमण फैलन सक्ने भयका कारण चैत्र महिनादेखि देशमा लकडाउन लागू भएयता दोलखाका निजी करिब १५ र सामुदायिक करिब ३२५ विद्यालयहरु बन्द भएका थिए। आवश्यक सुरक्षात्मक उपायहरु अपनाई असोज ७ गतेबाट कसरी विद्यालय संचालन गर्न सकिन्छ भनी आफूहरुले तयारी गरिरहेको भीमेश्वर नगरपालिकाका प्रधानाध्यापकहरुको भनाई छ।

निजी तथा सामुदायिक गरी जिल्लाका करिब ५० हजार विद्यार्थीहरुको विद्यालयमा गएर गरिने पठनपाठन बन्द भएको थियो। केही स्थानीय तहहरुमा लकडाउनका विचमा पनि बैकल्पिक सिकाईका लागि विद्यार्थीहरुलाई वर्कसिट बाँड्ने कार्य गरिएको भए पनि त्यसको प्रभावकारिता नदेखिएको स्थानीय अभिभावकहरुले गुनासो गरेका थिए।

केहीदिन अघि सदरमुकाम कै एक विद्यालयमा अध्ययनरत २ विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले तत्काल पढाई सुरु गर्दा विद्यार्थीमा संक्रमणको खतरा बढ्न सक्ने केही अभिभावकहरुको आशंका छ।

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

ताजा समाचार

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X