Connect with us

खेलकुद

आर्सनलका कप्तानले गरे क्लबसँग तीन वर्षको नयाँ सम्झौता

इंग्लिस क्लब आर्सनलका कप्तान पिएर एमरिकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन्।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इंग्लिस क्लब आर्सनलका कप्तान पिएर एमरिकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन्।

३१ वर्षका स्ट्राइकर एमरिक सन् २०१८ को जनवरीमा आर्सनलमा अनुबन्धित भएको थिए । उनले सन् २०१८–१९ को सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

आफ्ना लागि आर्सनल विशेष क्लब रहेको र नयाँ सम्झौताको विषय कहिल्यै पनि दुविधाको विषय रहेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मलाई आर्सनलमा विश्वास छ । हामीले एक भएर ठूलो उपलब्धी हाँसिल गर्ने छौँ । हामीसँग उत्साह छ र आर्सनलका लागि राम्रो चिजहरु आउन बाँकी छ ।’

मैत्रिपूर्ण खेलमा इन्टर मिलानले गर्‍यो गोलको बर्षा:

काठमाडौं – मंगलबार बेलुका मैत्रिपूर्ण खेलमा इटालियन सिरी ए क्लब इन्टर मिलानले सानदार जित निकालेको छ |
निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले स्वीट्जरल्यान्ड क्लब लुगानोले ५–० गोलले पराजित गर्यो । उक्त खेलको चौथो मिनेटमै मिलानले अग्रता पायो । मिलानका डाल्बर्ट हेन्रिक्युले गोल गरी टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ३६ औं मिनेटमा लुगानोका अकोस केक्सकेसले आफ्नै पोष्टमा गोल गरे । त्यसको एक मिनेटमै मिलानका मार्टिनेजले गोल गरे भने पहिलो हाफ नसकिदै मिलानकै मार्टिनेजले अर्को गोल गरे ।

त्यसपछि दोस्रो हाफको शुरुमै मिलानका रोमेलु लुकाकुले गोल गरे । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending