Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
आर्थिक झन् बढ्यो प्याजको भाउ, किलोकै २४० सम्म पुग्यो

झन् बढ्यो प्याजको भाउ, किलोकै २४० सम्म पुग्यो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: बजारमा सुकेको प्याजको भाउ आज झन् आकाशिएको छ। चाडबाड नजिकिँदै जाँदा २९ भदौमा प्याजको निकासी रोक्ने भारतको निर्णयपछि यहाँ मौज्दात रहेका प्याजको समेत कृत्रिम अभाव सिर्जना गराइएको छ।

भारतको केन्द्र सरकारले प्याजको निकासी बन्द गर्ने निर्णय लिएसँगै व्यापारीहरुले नेपालको माग धान्दै आएको भारतीय प्याज लुकाउन र आफुखुशी मूल्य तोक्न थालेका छन्।

२९ भदौमा कालीमाटी फलफुल तथा तरकारी बजारमा प्रतिकिलो प्याजको होलसेल मूल्य ६० रूपैयाँ थियो। निर्यात रोकिएपछि हिजो ७५ रूपैयाँ पुगेको मूल्य आज किलोको ११९ रूपैयाँ पुगेको छ।

भारतले प्याजको निकासी रोक्ने सूचना पहिलेदेखि पाइसकेका व्यापारीले प्याजको कृत्रिम अभाव समेत गराउन थालेका छन्। कृत्रिम अभाव भएसँगै खुद्रा पसलमा प्याजको मूल्य असामान्य रूपमा बढेको छ।

थोक व्यापारीले प्याज दिन छाडेपछि खुद्रा व्यापारीले पहिलेदेखि रहेको स्टक प्याजको मूल्य आफुखुशी कायम गर्न लागेका छन्। खुद्रा पसलमा हिजो बिहान प्रतिकिलो ९० रूपैयाँसम्म पाइने प्याज बेलुका १५० पुगेको थियो।

यस्तै, आज बिहान उपत्यकाका खुद्रा पसलमा प्याजको मूल्य प्रतिकिलो २४० रूपैयाँसम्म पुगेको छ।

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका उप निर्देशक विनय श्रेष्ठले भारतले निकासी रोकपछि मूल्य बढ्नु स्वभाविक भएको बताए।

उनले प्याजमा पूर्णरुपमा भारतमा निर्भर हुँदा उताको क्रियाकलापले नेपालमा असर पर्ने बताएका छन्।

सम्बन्धित समाचार

८० प्रतिशत डेरीको व्यापार चौपट, अर्बौंको दुग्धजन्य सामग्री डम्प

कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । त्यसमा डेरी क्षेत्र पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा यो उद्योग सधैँ सञ्चालित रहे पनि ८० प्रतिशत व्यापार चौपट छ ।

खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानी सम्भव

नेपालमा खानेपानी तथा सरसफाईको क्षेत्रमा निजी लगानी आकर्षित गर्न सकिने विज्ञहरुले बताएका छन् ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

कुलमानको पुनःनियुक्तिबारे कुरा उठ्दा प्रधानमन्त्रीले पन्छाए

सोमबारको मन्त्रिपरिषद बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने र नेपाली विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने चर्चा केही दिनअघि देखि नै चलिरहेको थियो।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X