सफल हुनका लागि प्रेरणादायक १० भनाइहरु

0
92

नेपाल अनलाइन पत्रिका | काठमाडौं: हामी जीवनमा धेरै कारणले गर्दा पछि पर्ने गर्दछौ | कहिले कहिँ हामीलाई थाहा हुन्छ कि जीवन के हो र हामीले जीवनमा अगाडी बढ्नलाई के के गर्नु पर्दछ | आफ्नो आफ्नो विभिन्न कारणले गर्दा हामी पछाडी पर्ने गर्दछौ | हामी यहाँ यस्ता १७ प्रेरणादायक भनाइहरु राख्न गहिरहेका छौ | आशा छ जसको कारणले तपाइलाई जीवनमा केहि गर्ने आट पुगोस र हौसला मिलोस | यी भनाइहरुले मात्र तपाइँ अगाडी बढ्न सक्नु हुन्न यसका लागि तपाई भित्र नै केहि गर्नु पर्छ र म यो गर्न सक्छु भन्ने आठ आउनु पर्दछ | पढ्नुहोस् १७ प्रेरणादायक भनाइहरु जुन तपाइको जीवनमा काम लाग्नेछ |

१) तपाईंको सीमा – केवल तपाईंको कल्पना मात्र हो।

यसको तात्पर्य के हो त | तपाईहरु त्यति धेरै सोच्न सक्नु हुन्छ | जसको कुनै पनि सिमा छैन | आफुले आफुलाई कहिल्यै पनि सानो र कमजोर नठान्नुहोस | तपाईको क्षमता केवल तपाइको कल्पना मात्र हो | जब तपाई कल्पना गर्न सक्नु हुन्न तब मात्र तपाइको क्षमता कम हुन्छ | तपाइको ज्ञान भनेको तपाइको सोच हो | जति धेरै सोचा सक्नु हुन्छ तपाइको ज्ञान त्यति नै धेरै हुन्छ |

२) आफैंलाई पुश गर्नुहोस्, किनकि तपाईका लागि अरु कसैले गर्न सक्दैन।

आफुले आफैलाई अगाडी बढाउनु होस् | दौडनुहोस्, दौडन सक्नु हुन्न भने हिन्नुहोस | हिन्न पनि सक्नु हुन्न भने घिस्रनु होस् तर अगाडी भने बढी रहनुहोस | किनकि तपाइको सफलताको कारण तपाईं नै मात्र बन्न सक्नु हुन्छ अरु कसैले तपाईलाइ अगाडी बढाउन सक्दैन |

३) कहिलेकाँही पछि कहिले पनि हुँदैन। आज नै गर्नुहोस |

हामी प्राय जसो सबै जना पछि गर्ने वा भोलि गर्ने भनेर टार्ने गर्दछौ | तर फेरी भोलि कहिल्यै पनि आउदैन | तेसैले त् भन्ने गरिन्छ नि आज अनि अहिल्यै गरिहाल्नु पर्दछ | जसको कारण तपाई अरु भन्दा केहि कदम अगाडी बढ्न सक्नु हुन्छ |

४) महान चीजहरू कहिल्यै आराम क्षेत्रबाट आउँदैनन् |

महान कार्यहरु कहिल्यै पनि साना वा आफुले गरेको काम या आफुलाई मन लागेको कार्यबाट मात्र आउदैन | तपाईले आफुलाई सजिलो लागेको कार्यमात्र गर्नु भयो भने तपाईलाइ अरु कार्य गर्न निकै गारो लाग्ने गर्दछ | तेसैले आफुलाई आफ्नो कम्फर्ट जोनबाट टाढा राख्नुहोस | आफ्नो कम्फर्ट जोनबाट निस्कनुहोस र आफुले गर्न सक्दिन जस्तो लागेको कार्य पनि गर्न खोज्नु होस् | के थाहा तपाइले म कहिल्यै गर्न सक्दिन भनेको काम तपाई आफु कम्फर्ट जोनमा बसेर पो नभएको हो कि |

५) सपना देख | काम गर |

सपना देख्न कुनै रकम लाग्दैन | सपना देख्न सबैलाई फ्री छ | हर कोहिले सपना देख्न पाउछ र हामी हरेक दिन सपना देख्छौ | घर गाडी अनि अरु के के हो के के | तर सपना देख्ने सपैको सपना पुरा हुदैन | सपना पुरा गराउन आफुले देखेको सपना अनुसारको जीवन जिउनका लागि धेरै परिश्रम पनि गर्नु पर्दछ | तेसैले त भनिन्छ त् सपना देखा अनि त्यस सपना पुरा गर्नलाई मेहेनत पनि गर |

६) सफलता तपाइको ढोकामा आउदैन | बाहिर जानुहोस र खोजेर ल्याउनु होस् |

सफलता पाउन सजिलो भएको भए हर कोहि सफल हुने थिए र हर कोहि को नाम बिल गेट्स हुने थियो | येसैले त हामी एक दुइ जना भन्दा बढीलाई सफल भएको देख्दैनौ त् | सफलता तपाइको धोका ढ्याक ढ्याक पार्दै म यहाँ छु भनेर आउदैन | यसका लागि तपाई बाहिर जानु पर्छ अनि खोजेर ल्याउनु पर्छ |

७) जब कुनै चिजका लागि तपाई कडा परिश्रम गर्नुहुन्छ तब त्यसलाई पाएपछिको खुसि

अपार हुन्छ |

कुनै पनि बस्तु पाउनका लागि धेरै प्ररिश्रम गर्नुहोस | अपार कडा परिश्रम पछिको तपाइको मेहेनतको फल पनि निकै नै मिठो हुने गर्दछ |

८) ठुलो सपना देख्नुहोस | ठुलो काम गर्नुहोस |

माथि भनेको जस्तै सपना देख्नका लागि कुनै पैसाको जरुरत पर्दैन | आफ्नो जीवन कस्तो बनाउन चाहनुहुन्छ | सोच्नुहोस अनि काम गर्नुहोस | यति धेरै काम कि तपाइको सपना र तपाई बीच कोहि पनि आउन नपाओस |

९) नरोकिनु होस् जब तपाई थाक्नुहुन्छ | तब रोकिनुहोस जब तपाईले काम सक्नुहुन्छ |

मानिसको बानि हुन सक्छ कि कसैलाई छिटै थकाई लाग्न सक्छ | तर तपाई त्यतिबेला मात्र रोकिनुहोस जब तपाइको काम सकिएको हुन्छ | जुन सुकै परिस्थिति आए पनि आफ्नो काम नसकी नरोकीनु होस् |

१०) दृढ संकल्पका साथ उठ्नुहोस्। सन्तुष्टिसंग ओछ्यानमा जानुहोस्।

हरेक बिहान यसरि उठ्नुहोस कि तपाई आज आफ्नो दिन एकदमै राम्रो बनाउनु हुनेछ | आफुले चाहेको कुरा हासिल गर्न मिहेनत गर्नुहुनेछ | अनि राति सुत्न जादा यति धेरै सन्तुष्टिसंग जानुहोस कि आफुले दिनभरी गरेका काम प्रति तपाइलाई एकदमै धेरै गर्व होस् |

१० मनछुने लाइनहरु, जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ:

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

  • १. अक्सर रुवाउनेहरु ले नै जिन्दगीभर हसाउछु भनेर झुठो कसम खान्छन ।
  • २. जिन्दगीमा त्यस्ता धेरै घाउ छन जसले जिन्दगीलाई बारबार दुखाउछन ।
  • ३. प्रेम कहिल्यै मर्दैन मर्ने अनि हराउने भनेको त बिश्वास मात्र हो स्वार्थी मान्छेहरु ले गर्दा ।
  • ४. बिश्वास नभए केहि कुरा आफ्नो हुदैन चाहे त्यो सम्बन्ध होस या आफ्नोपन ।
  • ५. जब बिश्वास तोडीन्छ तब कसैलाइ बिश्वास गर्न मन नै लाग्दैन ।
  • ६. बुझ्न नसकिने मान्छेको मन अनि स्वाभाव ।
  • ७. खुशी त्यही हुन्छ जहाँ मनमा सन्तोष हुन्छ ।
  • ८. मजाक अनि माया त्यो संग गरिन्छ जसलाइ आफ्नो मानिन्छ ।
  • ९. खासमा ति सम्बन्धको कुनै अर्थ रहदैन जहाँ बिश्वास कम अनि शंका ज्यादा हुन्छ ।
  • १०. याद पनि एउटा रोग नै हो जसले दिल अनि दिमाग लाई बारबार दुखाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here