Connect with us

रोचक

एउटै विवाह गाेत्रभित्र किन चल्दैन ? यस्ताे छ धार्मीक मान्यता

विवाहको सम्बन्धमा हरेक समाज वा धर्मको आफ्नै नियम छ । यो नियमको हजारौं वर्ष देखि पालन हुँदै आएको छ ।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: विवाहको सम्बन्धमा हरेक समाज वा धर्मको आफ्नै नियम छ । यो नियमको हजारौं वर्ष देखि पालन हुँदै आएको छ ।

हिन्दु धर्ममा प्रायः मानिसहरू एकै गोत्रमा विवाह गर्न उचित मान्दैनन् ।

शास्त्रअनुसार ऋषि विश्वामित्र, जमदग्नि, भारद्धाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप र अगस्त्य गरी आठ ऋषि गोत्र सम्बन्धित हुन्छन् ।

यदि कोही व्यक्ति भारद्धाज गोत्र भएमा उसको पिढी ऋषि भारद्धाजसँग सम्बन्धित हुन्छन् । अर्थात ती व्यक्ति भारद्धाज ऋषिका सन्तान हुन् ।

यदि कोही दुई जना एक गोत्र हुनुको अर्थ दुवै जना एकै मूलका र एकै कुल वंशका हुन् । दुवैबीच पारिवारिक नाता हुन्छ ।

उसाे त एकै गोत्रमा विवाह गर्नुको कुनै अर्थ हुँदैन किनकि एकै गोत्रको केटा र केटी एक अर्काका भाईबहिनी हुन्छन् । एकै कुलका वा एकै गोत्रमा विवाह गर्दा मानिसहरूले जीवनमा केही समस्याको सामना गनुपर्छ ।

विवाहपछि हुनेवाला बच्चामा पनि कुनै अवगुण आउँछ । यो कुरा आध्यात्माले मात्र नभएर विज्ञानले पनि भन्छ ।

विज्ञानका अनुसार एकै कुल वा गोत्रमा विवाह गर्नबाट बच्नुपर्छ । भविष्यमा हुने सन्तानको आनुवांशिक दोष बचाउनको लागि आफ्नो वंश वा गोत्रभन्दा बाहिरको हुनु अत्यन्त्यै आवश्यक हुन्छ ।

मानिसहरू सधै तीन गोत्रलाई छाडेर विवाह गर्नुपर्छ । यसमा सबैभन्दा पहिले आफू कुन गोत्र हो त्यसको ख्याल गर्नुपर्छ । दोस्रो आमाको गोत्र (मामाघरको) र तेस्रो हजुरआमाको गोत्रमा ध्यान दिनुपर्छ ।

सदियौदेखि आजसम्म हिन्दु धर्ममा यी रितीको पालन गरीरहेका छौं । जसलाई विज्ञानको दृष्टिले पनि सही मानेको छ ।

वास्तुशास्त्र अनुसार के गर्ने र के नगर्ने ? – जान्नुहोस्:

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ ।

इञ्जिनीयरिंग र आकीटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास भइरहेको भन्न सकिन्छ । उद्योग, नहर, कुवा, इनार, मन्दिर, घर, अफिस, बजार आदिको निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको वर्णन वास्तुशास्त्रमा गरिएको हुन्छ । हाम्रो दैनिकीमा अलिकति पनि वास्तुशास्त्रको नियम पालना गर्यौ भने हामीले गरेको कामको फल सधै सकारात्मक हुने कुरा वास्तुशास्त्रले बताउछ ! यहाँ घरमा दैनिकी गरिने साधारण कार्यलाई वास्तुशास्त्र अनुसार के गर्ने र के नगर्ने ? भन्ने बारेमा केहि उपयोगी टिप्सहरु यस प्रकार छन् ।

(क) घर बनाउदा र घर भित्रका साधारण नियमहरु:

  • १. घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ ।
  • २. गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला ।
  • ३. घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मन लाग्छ ।
  • ४. घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ ।
  • . क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् ।
  • ६. ठूला–ठूला बोटहरु रोप्नुछ भने दक्षिणमा रोप्नुहोस् ।
  • ७. पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला ।
  • ८. पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनुहोला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ ।
  • ९. दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ ।
  • १०. हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ ।
  • ११. घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ ।

(ख) पढ्दा के गर्ने ?

१. पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ । २. यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ । ३. परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।

(ग) आमाबुवासँग छोराछोरीको कुरा नमिलेमा:

१. उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।

(घ) विवाह हुन नसकेको छोरी घरमा भएमा

१. अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ । २. यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।

(ङ) आयमा बढोत्तरीका निम्ति:

१. घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ । २. घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।

(च) नवविवाहित जोडिको कोठा:

१. श्रीमान-श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व-दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending