Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाली चलचित्र अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: लकडाउनका कारण ठप्प चलचित्र क्षेत्र कहिलेबाट खुल्छ पक्का छैन । चलचित्र क्षेत्र खुलेपछि यो क्षेत्र कसरी अगाडि बढ्छ भन्ने पनि अड्कल लगाउन मुश्किल छ । चलचित्र हेर्ने दर्शकको स्वाद फेरिएकाले पनि अब मेकरले कथामा लगानी गर्नुपर्छ भन्ने बहस नभएको होइन ।

चलचित्र क्षेत्रको खुलेको केही महिना दर्शकलाई हलसम्म आकर्षित गर्न सक्ने चलचित्रको आवश्यकता पर्छ । यसका लागि दर्शकलाई हलसम्म तान्न सक्ने कलाकार, ब्यानर, निर्माता, निर्देशकको चलचित्र बजारमा आउन जरुरी छ ।
नेपाली चलचित्र क्षेत्रका ३ चकलेटी नायक अनमोल केसी, प्रदिप खड्का र पल शाह इनिसियल रुपमा दर्शकलाई हलसम्म तान्न सक्ने खुबी राख्छन् भन्ने चर्चा हुन्छ । सायद, मेकरले यी तीन नायकलाई महंगो पारिश्रमिक दिनुको कारण पनि यही होला ।

यहाँ, हामी ३ नायकको फिल्मी लाइनअपको बारेमा चर्चा गर्दैछौ ।

१. अनमोल केसीः लकडाउन अगाडि नै नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त थिए । छायांकनको अनुमती पाएसँगै यो चलचित्रको काम सुरु हुनेछ । झरना थापाले निर्देशन गरिरहेको यो चलचित्रमा उनीसँगै सुहाना थापा र सलोन बस्नेको मुख्य भूमिका छ । यसका अघिल्ला २ सिरिज सुपरहिट भएकाले चौथो सिरिजले चलचित्र बजार चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो चलचित्रको छायांकन सकिएलगतै अनमोल आफ्नै होम प्रोडक्शनको चलचित्र ‘पारस’मा काम गर्दैछन् । माधव वाग्लेले निर्देशन गर्ने चलचित्रलाई भूवन केसीले निर्माण गर्दैछन् । हुनत, अनमोलको होम प्रोडक्शनकै चलचित्र ‘एन्टी हिरो’को पनि घोषणा भैसकेको छ । तर, अब यो चलचित्र कहिले बन्छ पक्का छैन ।

२. प्रदिप खड्काः नायक प्रदिप खड्काको चलचित्र लाइनअप पनि बलियो छ । उनी, चलचित्र ‘प्रेमगीत ३’ रिलिजको प्रतिक्षामा छन् । छायांकनको अनुमती पाएसँगै उनले दिनेश राउतको निर्देशनमा बन्ने सामाजिक कथामा बन्ने चलचित्रमा काम गर्नेछन् । यो चलचित्रले प्रदिपको करिअरलाई नै फरक पार्ने अपेक्षा गरिएको छ । यस्तै, उनी चलचित्र ‘हुतुतु’मा पनि काम गर्दैछन् । कमेडी कथामा यो चलचित्र बन्नेछ ।

३. पल शाहः हुनत, अर्का नायक पल शाह म्यूजिक भिडियोमै व्यस्त छन् । लकडाउन खुलेपछि रिलिज भएका अधिकांश भिडियोमा पलकै अभिनय छ । उनै, पल अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको प्रतिक्षामा छ । पूजा शर्मासँग पलले जोडी वाँधेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन तथा निर्माण गरेका हुन् । यो चलचित्रबाट पलले आशा राखेका छन् । यस्तै, चलचित्र ‘हृदयभरी’ पनि निर्माण भएर प्रदर्शनका लागि तयार छ ।

सुरज सुब्बा चलचित्रका निर्देशक हुन् । पलले चलचित्र ‘हुतुतु’ पनि साइन गरेका छन् । यस्तै, उनले फागुणबाट चलचित्र ‘२ नम्बरी’को छायांकन पनि सुरु गर्नेछन् । किरण नेपाली निर्माता रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । लकडाउन अगाडि यो चलचित्रको केही प्रतिशत छायांकन भएको थियो ।

‘अब त काम नै बिर्सिने बेला भइसक्यो’:

“छायांकन हुँदै गरेका चलचित्र बीचमै छोड्नु पर्यो । साइन लिइसकेका चलचित्र अब बन्छन् कि बन्दैनन् टुङ्गो छैन,” कलाकार बुद्दि तामाङ भन्छन्, “अहिले त सुत्ने र उठ्ने बाहेक केही काम छैन । सुत्यो उठ्यो सुत्यो उठ्यो बाहेक केही काम भएन ।”

लकडाउन खुकुलो भएपछि नियमित रुपमा मण्डला थिएटर आइरहे पनि काम केही नभएको उनी बताउँछन् । उनी अहिले केही स्क्रिप्ट पढिरहेका छन् । म्युजिक भिडियोमा अभिनय गर्ने कुरा चलिरहेको छ । “तर कुरा मात्रै भइरहेको छ । काम भएको छैन ।”

कोरोनाकै कारण उनले अभिनय गरिरहेको चलचित्र ‘२ नम्बरी’ बीचमै छायांकन रोकियो । “अरु पाँचवटा चलचित्रमा अभिनय गर्दै थिएँ । अब त काम कुन–कुन चलचित्र थिए भनेर पनि बिर्सिने बेला भइसक्यो,” बुद्दि भन्छन् ।

अभिनेता विजय बरालको अवस्था पनि बुद्दिकै जस्तै हो । अचानकको लकडाउनले काम खोस्यो । लकडाउनसँगै फुर्सदिलो बनेका उनी कहिले काममा फर्किने हुन् थाहा छैन । “अहिले त काम गरेको सम्झिने हो गर्ने भन्दा पनि” विजय हाँस्दै भन्छन्, “अब त काम नै बिर्सिएला जस्तो पो भइसक्यो ।”

कोरोनाको कहरका कारण तनावमा बसिरहेका जनतालाई चेतनासँगै मनोरञ्न प्रदान गर्ने उद्देश्यले मण्डला थिएटर देशमा मुख्य मुख्य सहरमा नाटक लिएर जाने तयारीमा थियो । तर त्यो तयारी पनि कोरोनाको बढ्दो त्रासका कारण अपनाउनु पर्ने व्यक्तिगत दूरीका कारण सम्भव नरहेको उनी बताउँछन् ।

गत वर्षको चैत ६ गतेबाट रङ्गमञ्च तथा सिनेमा हलहरु बन्द छन् ।

सम्बन्धित समाचार

टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

नेपाली चर्चित नायिका प्रियंका कार्की हुन् । उनी पछिल्लाे समय काेराेनाकाे कारणले घरमै बसिरहेकि छिन् । अब मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ ।

सुपुष्पाको पलसँग फिल्म गर्ने इच्छा

फिल्म ‘रणवीर’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी सुपुष्पा भट्ट लकडाउनभन्दा अगाडि फिल्म ‘चपली हाइट ३’ को प्रचारमा व्यस्त थिइन् ।

सुशान्तको फार्म हाउसमा भेटियो यति ठुलो प्रमाण….

सुशान्त सिंह आ-त्मह-त्या प्र’करणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले आफ्नो का-रबाही जारी राखेको छ। ड्र-ग मा-मिलामा रिया चक्रवर्ती गि-रफ्तार भएपछि एनसिबीले ड्र-ग बिक्रेता तथा प्रयोगकर्ताहरूको छा’नबिन गरिरहेको छ। यसैबीच एनसिबीले सुशान्तको फार्महाउसको त’लासी लिएको छ। फा’र्महाउसबाट विशेष सामानहरू एनसिबीको हा’त लागेका छन्। भारतीय मिडिया आज तकका अनुसार, छा’नबिनका दौरान सुशान्तको फार्म हाउसमा एनसिबीको टिमले हु’क्का पि’उने सामान, गाँ’जा पि’उन प्रयोग गरिने सा’मान र केही औ’सधिहरू फ़े’ला पारेको छ। एनसिबीको टिमले त्यहाँ केही न’शालु प’दार्थका लागि प्र’योग गरिने सामान पनि भे’टाएको तर ती सामानलाई पहिले नै धेरै नि’र्मलीकरण गरिसकिएको बताएको छ। यसबाट फार्म हाउसमा नियमित पा’र्टी हुने गरेको खु’लासा भएको छ। एनसिबीको नजर अब सो फा’र्म हाउसमा आउने जानेमाथि रहेको छ। यहाँ को को आउँथे र के के हुन्थ्यो यसबारे ग’हिरिएर छा’नबिन भैरहेको एनसिबीले बताएको छ। एनसिबीले सुशान्तको फा’र्महाउसमा भएको सिसिटिभीको DVR लाई सिज गरेको छ। यसबाट सुशान्तको घरमा आउने जाने मानिसबारे प’त्ता लगाउन सकिने छ।

कंगनाको अफिसमा महानगरको डोजर

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतको अफिस भत्काएको छ । अवैध रूपमा निर्माण गरिएको कारण देखाउदै महानगरपालिकाले डोजर प्रयोग गरी कंगनाको कार्यालय भत्काएको हो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X