भुलेर पनि नखानुस् अनार यी ७ व्यक्तिले :

0
168

नेपाल अनलाइन पत्रिका | काठमाडौं: हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ।

अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुँदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

१) तौल घटाउन चाहने व्यक्ति:
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खाँदा तौल घट्नुको साटो बढ्न थाल्छ।

२) प्रेसर लो हुने व्यक्ति:
अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुँदैन्।

३) मधुमेह रोगी:
अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुँदैन।

४) कलेजोमा समस्या भएका व्यक्ति:
अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुँदैन।

५) कब्जियत:
अनारमा फाईबर्सको मात्रा अधिक हुने हुँदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुँदैन।

६) औषधि लिइरहेको व्यक्ति:
यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भएको छ भने अनार खानु हुँदैन। अनार खाँदा औषधिले काम गर्दैन।

७) दम रोगी:
दम रोगीले अनार खाँदा दम झन् बढ्ने हुँदा दम रोगीले अनार खानु हुँदैन।

कपाल लामो बनाउन चाहनुहुन्छ छ ? यी उपाय अपनाउनुहोस्:

कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला।

प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ। प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ। प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ।

यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौंः

प्याजको रस:
प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याज र नरिवलको तेल:
नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याज र मह:
कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

कागती र प्याज:
कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ ।

प्याज र अण्डाको सेतो भाग:
अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ ।

यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् ।

प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here