Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
कोरोना भाइरस एकैदिन अहिलेसम्मकै धेरै १५३९ जनामा काेराेना सङ्क्रमण, १०६८ जना डिस्चार्ज

एकैदिन अहिलेसम्मकै धेरै १५३९ जनामा काेराेना सङ्क्रमण, १०६८ जना डिस्चार्ज

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार ६८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४१ हजार सात सय ६ पुगेको छ ।

अब नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार आठ सय २० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आजदेखि नक्साल र कमलपोखरीमा ट्राफिक लाइट:

काडमाडौंको कमलपोखरीका दुई स्थानका ट्राफिक लाइट आजदेखि सञ्चालनमा आएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाको सहकार्य र काठमाडौं महानगरपालिका वडा नं १ को सक्रियतामा कमलपोखरी ल्होत्से चोकको र कामनपा वडा नं. ५ को सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडि) को ट्राफिक लाईट नयाँ जडान गरी सञ्चालनमा ल्याइको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले दिए। उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक लाइट जडान गर्न पहल भईरहेको बताए।

पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ। यस अनुसार कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाईट जडानका काम शुरू भैरहेको र उपत्यकाको अन्य थप ४६ स्थानमा पनि ट्राफिक लाइट जडानको लागि पहल भैरहेको महाशाखाले जनाएको छ।

ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्ण पालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल, पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडि लगायत क्षेत्रका ट्राफिक लाईट सञ्चालनमा पनि ल्याइसकेको छ।

सम्बन्धित समाचार

रोजगारी गुमेका नेपालीहरूका लागी कतारबाट आयो अहिले सम्मकै खुशीको खबर

कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ ।कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

ताजा समाचार

X