Thursday, September 24, 2020

Thursday, September 24, 2020
खेलकुद नेइमार अनुपस्थित खेलमा पीएसजीको संघर्षपूर्ण जित

नेइमार अनुपस्थित खेलमा पीएसजीको संघर्षपूर्ण जित

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: युलियन ड्राक्सलरले इन्जुरी समयमा गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा पहिलो विजय हासिल गरेको छ। पीएसजीले मेट्जलाई १-० ले पराजित गरेको हो।

यससँगै खराव शुरूआत गरेको पीएसजीको अविजित यात्रा समाप्त भएको छ। साविक विजेता पीएसजी लिगको पहिलो दुई खेलमा पराजित भएको थियो। पीएसजीले सिजनको पहिलो दुई खेल हारेको यो १९८४/८५ पछि यो पहिलो हो। पीएसजीले २०१० पछि लिगमा लगातार तीन खेल हारेको छैन।

अब्डोउ डियालोले ६५औं मिनेटमा रातो कार्डको सामना गरेपछि थोम टुचेलको पीएसजी १० खेलाडीमा सिमित बनेको थियो। पीएसजीका लागि ड्राक्सलरले ९३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

लिगको दोस्रो खेलमा विश्व कीर्तिमान रकममा अनुबन्ध गरेको नेइमारसहित पीएसजीका तीन खेलाडीले रातो कार्डको सामना गरेका थिए। अर्का स्टार किलियन एमबाप्पे कोरोना भाइरस संक्रमणका कारण टीममा उपलब्ध थिएनन्। तथापी गोलकिपर केलर नाभास, रक्षक माक्र्विनहोस र फरवार्ड माउरो इकार्डी भने टीममा फर्किएका थिए।

जितसँगै तीन अंक जोडेको पीएसजी १५औं स्थानमा छ। मेट्जले भने अंक जोड्न सकेको छैन।

बेललाई टोटेनहम फर्काउने तयारी:

इंग्लिस क्लब टोटेनहम हट्स्परले आफ्ना पूर्वखेलाडी ग्यारेथ बेललाई स्पेनिस क्लब रियल मड्रिडबाट फर्काउने तयारी थालेको छ । वेल्सका फरवार्ड बेललाई पछिल्लो समय रियल मड्रिडले पनि अन्यत्र जाने ढोका खोलिदिएपछि टोटेनहमले अनुबन्धनको तयारी थालेको हो । दुई क्लबबीच हाललाई लोन सम्झौताका लागि छलफल भइरहेको बुझिएको छ । बेलको तलब टोटेनहमका लागि अत्यधिक रहेकाले स्पेनिस क्लबले पनि केही प्रतिशत बेहोर्नेगरी सम्झौता हुने सम्भावना रहेको छ ।

बेलका एजेन्ट जोन बार्नेटले मंगलबार मात्र बीबीसीसँग बोल्दै बेलले अझै पनि टोटेनहम आउन चाहेको बताएका छन् । ‘बेललाई टोटेनहम अझै मनपर्छ । हामी तीनै पक्ष अहिलेको अवस्था कसरी सुल्झाउन सकिन्छ भन्ने छलफलमा छौं । बेलको रोजाइ टोटेनहम नै फर्कनेमा छ,’ बार्नेटले भने । बेल सन् २०१३ मा टोटेनहमबाट त्यसबेलाको विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड पुगेका थिए । रियल म्याड्रिडमा रहेर २ सय ५१ खेल खेल्दै उनले १ सय ५ गोल गरेका छन् । यसक्रममा बेलले टोलीलाई चारपटक च्याम्पियन्स लिग उपाधि जित्न मद्दत गरेका छन् । यस्तै, यस अवधिमा रियल म्याड्रिडले दुईपटक ला लिगा उपाधि पनि जितेको छ ।

अघिल्लो सिजन रियलले ला लिगा जित्दा भने बेल प्रशिक्षक जिदानको रोजाइमा थिएनन् । उनले पूरा सिजनमा जम्मा १६ खेलमा सहभागिता जनाए । प्रशिक्षक जिदानले बेल आफ्नो योजनामा नरहेको भन्दै व्यवस्थापनलाई समेत जानकारी दिइसकेका छन् । त्यसैले पनि क्लबले बेललाई आफ्नो कुनै प्रायोजन तथा कार्यक्रममा सहभागी गराएको छैन । बेलले अर्को वर्ष हुने युरोपेली च्याम्पियनसिपका लागि तयार रहन पनि पहिलो रोजाइमा खेल्न पाउने विकल्प रोजेका थिए । जोसे मोउरिन्होको नेतृत्वमा रहेको टोटेनहमलाई आक्रामक खेलाडीको आवश्यकता रहेको र बेल उचित विकल्प रहेको क्लबको बुझाइ छ । तीनै पक्षबीच सहमति हुने सम्भावना रहेको बुझिएको छ ।

सम्बन्धित समाचार

सेन्ट्रल कन्ट्रयाक्टमा नेपाल क्रिकेट संघको मनपरी

चितवनमा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले ऐतिहासिक निर्णय ग-यो । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला टेकेको १३ वर्षपछि नेपाली महिला क्रिकेटरलाई क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा बाँध्यो । यसले भावी महिला क्रिकेटरलाई खेलमा लागिरहने प्रेरणा पक्कै मिल्नेछ ।

काराबाओ कप : म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा प्रवेश

म्यानचेष्टर युनाइटेड काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा युनाइटेडले दोस्रो श्रेणीको क्लब लुटन टाउनलाई ३-० ले पराजित गरेको हो ।

पहिलो जित निकाल्ने योजनामा मुम्बई

यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता टोली मुम्बई इन्डियन्स आज (बुधबार) दोस्रो खेल खेल्दै छ ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X