Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल सार्वजनिक सवारीलाई दोब्बर भाडा उठाउने अधिकार दिनु, के यो सही हो ?

सार्वजनिक सवारीलाई दोब्बर भाडा उठाउने अधिकार दिनु, के यो सही हो ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: लामो समयदेखि ठप्प रहेका लामो दूरीका सार्वजनिक सवारी आजदेखि चल्ने भएका छन् । कोरोना महामारी सुरु भएपछि झण्डै छ महिनापछि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् ।

कोरोना रोकथामका लागि गत चैत ११ देखि लकडाउन भएपछि सार्वजनिक गाडी ठप्प थिए । साउन ६ देखि लकडाउन खुलेपनि लामो दूरीका सार्वजनिक गाडी चलेका थिएनन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको थियो । सरकारले साबिकको भाडादरमा थप ५० प्रतिशत बढीसम्म लिन पाइने व्यवस्था पनि गरेको छ ।

सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । गाडीको एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्नेछ ।

सरकारको निर्णयको यातायात व्यवसायीले स्वागत गरेका छन् । उनीहरूले आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने भएका छन् ।

यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले बुधबार विज्ञप्ति निकालेर बिहीबारदेखि बस सञ्चालन गर्न सबैलाई अनुरोध गरिसकेको छ ।

कार्यदलले बुधबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर असोज १ देखि गाडी चलाउन आफूहरु तयार रहेको जानकारी गराएका थिए ।

कोरोना महामारीबीच पनि जनजीवन सामान्य बनाउन सरकारले भीड हुने क्षेत्रबाहेक अरू क्षेत्रमा खुकुलो बनाएको छ । गाडी चल्ने भएपछि बुधबारदेखि नयाँ बसपार्कमा चहलपहल बढेको थियो ।

सरकारले कोरोनाबाट जोगिन उच्च सावधानी अपनाएर र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर गाडी चलाउन तथा अन्य व्यवसाय गर्न अपिल गरेको छ ।

दशैंको मुखमा सार्वजनिक सवारी चल्ने कुराले आम मानिसलाई खुशी बनाएपनि यातायात व्यवसायीलाई भाडामा दोब्बर असुल्ने अधिकार दिएर एकसाथ दुखी बनाएको गुनासो पनि भैरहेको छ ।

लामो दूरीका सार्वजनिक गाडीमा विशेष सुरक्षा मापदण्ड आवश्यक, यातायात सञ्चालन कार्यविधि छलफलकै क्रममा


लामो दूरीको गाडीमा यात्राका लागि विशेष सुरक्षाको मापदण्ड बनाएर लागू गर्नुपर्ने यातायात क्षेत्रका जानकारहरुले बताएका छन् । यातायात क्षेत्रका जानकार आशिष गजुरेलका अनुसार लामो दूरीको यात्रा १०-१५ घण्टाभन्दा बढी हुन सक्ने भएकाले कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना बढी हुने हुँदा यसतर्फ सजक हुन जरुरी छ ।

सरकारले नजिकिएको चाडपर्व, बाढी पहिरोको जोखिम, कोरोना संक्रमणको सम्भावना लगायत समस्यालाई मध्यनजर गरेर लामो दूरीका गाडी सञ्चालनको कार्यविधि र सुरक्षा मापदण्ड ल्याउनुपर्ने उहाँको भनाई छ ।

व्यवसायीले पनि लामो समयसम्म नचलाई राखेका गाडीको उचित मर्मत सम्भार गरेर मात्र सडकमा गुडाउन थाल्नुपर्ने गजुरेलले सुझाव दिनुभयो । उहाँले लामो दूरीको गाडीमा सुरक्षा मापदण्ड पालना नगरे स्थिति भयावह हुन सक्ने भन्दै सरोकारवाला निकायलाई सचेत समेत गराउनुभएको छ ।

सरकारले भोलि असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि यातायात सञ्चालनका लागि आवश्यक कार्यविधिको टुंगो लागेको छैन । लामो दूरीको गाडी सञ्चालनका लागि कार्यविधि नहुँदा व्यवसायी र यातायात क्षेत्रका मजदुरहरु अन्योलमा परेका छन् ।

यद्यपी सरकारले लामो दूरीका गाडी चलाउने निर्णय गरेसँगै व्यवसायीहरुले भने आफ्नो तर्फबाट तयारी गर्न थालेका छन् । सरकारले मापदण्ड उपलब्ध गराए असोज १ गते विश्वकर्मा पूजा गरेर गाडी चलाउन सकिने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

यो महामारीको समयमा सार्वजनिक सवारी सञ्चालनका लागि आवश्यक सुरक्षाका मापदण्ड, यात्रुहरुको सुरक्षा, खाना खाने ठाउँको व्यवस्था लगायतका कुरामा सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

सुरक्षा मापदण्ड र यातायात सञ्चालन कार्यविधि बनाउन छलफल सुरु

लामो दूरीका सार्वजनिक गाडीमा आवश्यक सुरक्षा मापदण्ड र यातायात सञ्चालन कार्यविधि छलफलको क्रममा रहेको छ । बिहीबारदेखि गाडी चलाउन सकिने र गाडी सञ्चालनका लागि मापदण्ड बनाउने विषयमा छलफल चलिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यातायात मन्त्रालय, यातायात व्यवसायी र मजदुर संगठनमा प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित समाचार

रोजगारी गुमेका नेपालीहरूका लागी कतारबाट आयो अहिले सम्मकै खुशीको खबर

कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ ।कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजा समाचार

रोजगारी गुमेका नेपालीहरूका लागी कतारबाट आयो अहिले सम्मकै खुशीको खबर

कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ ।कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।
X