Thursday, September 24, 2020

Thursday, September 24, 2020
राजनीति उपाध्यक्ष गौतमको नाम सरकारले राष्ट्रपति कार्यालय पठायो

उपाध्यक्ष गौतमको नाम सरकारले राष्ट्रपति कार्यालय पठायो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं:  राष्ट्रिय सभाको मनोनित कोटाबाट बन्ने सांसदका लागि सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमको नाम पठाएको छ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरिएका गौतमको नाम बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शितल निवास पठाएको हो।

राष्ट्रपति कार्यालयले राष्ट्रिय सभामा पठाएपछि मात्रै गौतमले सांसदको सपथ लिन पाउनेछन्।

राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको छ।

फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमको नाम पठाउन सुझाव दिएपनि प्रधानमन्त्री केपी ओलीले उनको नाम सिफारिस गरेका थिएनन्। प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउन चाहेका थिए।

त्यही भएर प्रधानमन्त्री ओलीले सांसद नरहेपनि खतिवडालाई ६ महिनासम्म मन्त्री बनाए। तर कसैकोपनि नाम सिफारिस गरेनन्। भदौ २० गते खतिवडको ६ महिने कार्यकाल सकिसकेको छ।

भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आफैले गौतमको नाम सिफारिस गर्ने जानकारी गराएका थिए।

आज मन्त्रिपरिषद‍् बैठक बस्दै:

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद‍् बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न मन्त्रिपरिषद बैठक डाकेका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएका कतिपय एजेण्डामा निर्णय गर्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ ।

बैठकमा यही असोज ३ गते संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूका लागि घोषणा गरिने विभूषणको नामावली टुंग्याउने तयारी छ ।

यस्तै विभिन्न मुलुकमा रिक्त राजदूत पदपूर्तिको विषयसमेत टुंग्याउने तयारी भएको बुझिएको छ|

सम्बन्धित समाचार

ओली र प्रचण्डबिच छलफल बालुवाटारमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

जसपामा डा. बाबुराम भट्टराई: कति प्रभावशाली छन् ?

यो साल नेपालीहरुका लागि सम्झिनु पर्ने विभिन्न कारण छन् ।

कांग्रेस नेता गुरुङको प्रश्न : सरकार जनताको सेवक हो कि पीडक?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकारले पीसीआर परीक्षणमा विभेद गरेको आरोप लगाएका छन्।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X