Monday, September 21, 2020

Monday, September 21, 2020
कोरोना भाइरस बिहीबार थपिए १२४६ कोरोना संक्रमित, कुल संक्रमितको संख्या ५९५७३

बिहीबार थपिए १२४६ कोरोना संक्रमित, कुल संक्रमितको संख्या ५९५७३

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ|

बिहीबारसम्म ७ हजार ८८३ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १६ हजार २४१ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार २४१ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ८२ हजार ९१५ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ४ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३८३ पुगेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ४ कोरोना संक्रमितको मृ’त्यु, मृतकको संख्या

३८३ पुग्यो:

नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टायता थप १ हजार २४६ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५९ हजार ५७३ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन् भने ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा छन्। हाल होम आइसोलेसनमा ८ हजार ३३८ जना छन्।

पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको परीक्षण भएको छ। योसहित हालसम्म ८ लाख ८२ हजार ९१५ जनाको परीक्षण भएको छ।

हाल क्वारेन्टाइनमा ७ हजार ८८३ जना छन्। पछिल्लो २४ घण्टामा १२४३ जना निको भएका छन् भने हालसम्म ४२ हजार ९४९ जना निको भएका छन् । यो कुल संक्रमितको ७२ प्रतिशत हो|

[gs-fb-comments]

सम्बन्धित समाचार

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

मुलुकभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

मुख्यमन्त्री राईविरुद्धको मुद्दा फिर्ता लिने महिला पेरिसडाँडाबाट पक्राउ

काठमाडौंको कोटेश्‍वरस्थित पेरिसडाँडामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालयको गेटअघि धर्ना दिन पुगेकी दोलखाकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागु भयो यस्तो नयाँ नियम काठमाडौं छोड्नेहरुका लागि , [ सुचनासहित सबैलाई सक्दो शेयर गरौँ ]

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका छोडेर जान चाहनेहरुका लागि नयाँ नियम लागु गरेको छ। बिहीबारदेखि नि’षेधाज्ञा खुकुलो बनाएको काठमाडौं...

ताजा समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।
X