Monday, September 28, 2020

Monday, September 28, 2020
नेपाल छालाको रङ्गका आधारमा हुने विभेदविरुद्ध लडाइँ गरिरहेका मानिसहरू

छालाको रङ्गका आधारमा हुने विभेदविरुद्ध लडाइँ गरिरहेका मानिसहरू

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रङ्गवाद भनेको एक किसिमको विभेद हो जसले उही समुदायका मानिसमध्ये गोरो रङ्ग भएका व्यक्तिलाई राम्रो मान्छ। विश्वभरि समुदायहरूमा यसको ठूलो प्रभाव हुँदाहुँदै अहिलेसम्म थोरै मात्र बहस हुने गरेको पाइन्छ।.

न्यूजील्यान्डकी बासिन्दा हर्षरिन कौर वयस्क भएपछि पहिलो पटक आफ्ना पुर्खाहरूको देश भारत पुगिन् जहाँ उनले छालाको रङ्ग बदल्नुपर्ने कुरालाई लिएर मानिसहरूले व्यापक दबाव झेल्नुपरेको पाइन्।

आउन लागेका चलचित्रका विज्ञापन हेर्दा गोरो रङ्गका पुरुष र महिलाले मात्रै देशको फिल्म उद्योगमा केही गर्नसक्ने लाग्थ्यो।

त्वचा निखार्ने उत्पादनहरूसम्बन्धी टेलिभिजनका विज्ञापनहरूले गोरी महिलाले जागिर, श्रीमान् र खुशी पाउने सम्भावना बढी रहेकोमा जोड दिएको पाइयो।

“त्यसो गर्नेमा गार्निअर र लोरिआल थिए जुन कम्पनीहरूले न्यूजील्यान्डमा ती उत्पादनको प्रवर्द्धन गरेको मैले कहिल्यै देखेकी थिइनँ। तर भारतमा सबै विज्ञापन त्यसैबारे छन्,” कौर भन्छिन्।

उनी लोकप्रिय इन्स्टाग्राम पेज ‘द इन्डियन फेमिनिस्ट’ चलाउँछिन्।

व्यापक आलोचनाबीच सन् २०२० को जून महिनामा लोरिआलले त्वचासम्बन्धी आफ्ना सबै उत्पादनबाट “ह्वाइट”, “फेअरनेस” र “लाइट” शब्द हटाउने घोषणा गर्‍यो।

विभेद र रङ्गवाद:

एउटै समुदायका मानिसमध्ये गोरो रङ्गका मानिसलाई सुन्दर भन्ने प्रवृत्तिलाई रङ्गवादको रूपमा लिइन्छ। व्यापक कुरा हुने अवस्था अश्वेत समुदायमा हो। तर रङ्गवादबारे दक्षिण एशियाली समुदायहरूमा त्यति धेरै बहस भएको पाइँदैन जबकि त्यसले अनेक तनाव निम्त्याउनुका साथै मृत्यु पनि निम्त्याएका घटना छन्। तर सन् २०२० को मे महिनामा अमेरिकामा जोर्ज फ्लोइडको हत्याले व्यापक विरोध निम्त्यायो र जातिवादविरुद्धका कुराले एशियाली देश तथा देशबाहिर रहेका उनीहरूका समुदायमा सामाजिक जागरण ल्याएको छ। नेटफ्लिक्सको एउटा नयाँ रिआलीटी शृङ्खला इन्डियन म्याचमेकिङ्गकी मुख्य पात्र भारतीय महिला (जो संसार घुम्दै आफ्ना सेवाग्राहीका लागि सम्भावित दुलहा-दुलही खोज्छिन्) गोरो रङ्ग भएका महिला तथा पुरुषलाई रुचाइने हिसाबले कुरा गर्छिन् जुन कुराले व्यापक बहस निम्त्यायो। यी विरोधहरूको पृष्ठभूमिमा र अहिलेको आधुनिक समयमा विभेदकारी कुरालाई महत्त्व दिने गरिएकोमा धेरै मानिसले रङ्गवादी कुरा एवम् त्यसको समर्थन गर्ने उत्पादनको निन्दा गर्न थालेका छन्।

‘फेअर एन्ड लभ्ली’:

कतिपय कम्पनीले आवश्यक कदम पनि चालेका छन्। चर्चित ब्रान्ड फेअर एन्ड लभ्ली उत्पादन गर्ने युनिलिभरले आफ्ना उत्पादनहरूबाट “फेअरनेस”, “ह्वाइटेनिङ्ग” र “लाइटेनिङ्ग” शब्द हटाउने घोषणा गरेको छ। उसले फेअर एन्ड लभ्ली ब्रान्डको नाम परिवर्तन गरी ग्लो एन्ड लभ्ली राखिने पनि जनाएको छ। सो कम्पनीका एक प्रवक्ताका अनुसार यी परिवर्तनहरू पहिल्यैदेखि प्रक्रियामा थिए, तर पछिल्ला घटनाक्रमपछि त्यसमा तीव्रता दिइएको छ।खासगरी पछिल्लो समय फेअर एन्ड लभ्लीलाई बजारबाट फिर्ता लैजान भन्दै व्यापक रूपमा अभियान नै चल्यो। नाम परिवर्तन गरी ग्लो एन्ड लभ्ली राख्ने निर्णयपछि कम्पनीले प्रशंसा कमाए पनि विज्ञहरू त्यति मात्र पर्याप्त नभएको बताउँछन्। बजारबाट अहिले पनि त्यो उत्पादन फिर्ता गइसकेको अवस्था छैन। “त्यो कुन हिसाबले फरक छ भनेर मलाई थाहा भएन। त्यसका कतिपय ब्रान्ड सम्भवतः सबैभन्दा बढी चिनिने खालका छन् तर यो कुरा सुनेर मलाई एकदमै दुःख लागेको कि अब ग्लो एन्ड लभ्ली नाम राखिने भएको छ।” “घुमाउरो तरिकाले गोरो बनाउने कुरालाई नै अहिले ‘लाइटेनिङ्ग’ भनिएको छ,” संयुक्त राज्य अमेरिकास्थित भर्मोन्ट विश्वविद्यालयस्थित समाजशास्त्रकी प्राध्यापक निक्की खन्ना भन्छिन्। जातीय सम्बन्ध र रङ्गवादबारे विगत २० वर्षभन्दा बढी समयदेखि उनी अध्ययन गर्दै आएकी छन्।

 

रङ्गवादका असर:

हुन त अझ धेरै अध्ययन हुन बाँकी छ तर रङ्गवादले क्षति निम्त्याएको कुरा थुप्रै अध्ययनले देखाएका छन्।

त्यसको एउटा असर भनेको मानसिक स्वास्थ्यसम्बन्धी हो। उदाहरणका लागि एउटा अध्ययनले एशियाली-अमेरिकी महिलाहरूबीच गाढा रङ्गलाई लिएर गरिएको पक्षपात र डिप्रेशनका लक्षणबीच सम्बन्ध रहेको देखाएको छ। “ऐतिहासिक रूपमा थुप्रै समुदायले कालो हुनुलाई नराम्रो मान्ने गरेको पाइन्छ। दक्षिण एशियाली समुदायमा वर्ण व्यवस्था र सामाजिक पदानुक्रमसँग यसको लामो इतिहास रहेको छ,” एरिजोना विश्वविद्यालयस्थित मनोपरामर्श विषयकी प्राध्यापक एलिशिआ ट्रान भन्छिन्।

सासुआमाहरूले आफ्ना सन्तानको बिहेका लागि गोरो रङ्ग भएका व्यक्तिको तुलनामा गाढा रङ्ग भएकालाई कम प्राथमिकतामा राख्ने गरेको मागी विवाहसम्बन्धी भारतमा गरिएको एउटा अध्ययनले देखाएको छ। यी नतिजा आश्चर्यलाग्दा छैनन्। मागी विवाहसम्बन्धी पत्रपत्रिकाका विज्ञापनमा गोरो रङ्गकी दुलहीहरूले दशकौँदेखि प्राथमिकता पाउँदै आएका छन्। गोरो रङ्गकी दुलहीले आफ्ना भावी दुलहालाई अझ बढी आकर्षित पार्नसक्ने गरी विज्ञापनमा देखाउने गरेको पाइन्छ।
“पत्रपत्रिकाले जोडी छान्ने एउटा संयन्त्रको रूपमा छालाको रङ्गलाई प्रयोग गर्ने गर्छन् र हामीले पनि त्यसको नक्कल गर्‍यौँ,” शादी डट कमका मार्केटिङ्ग डिरेक्टर आधिश जावेरी भन्छन्। “मानिसहरूको जस्तै कम्पनीहरूको पनि क्रमिक विकास हुँदै जान्छ, चार अथवा पाँच वर्षअघि हामी छालाको रङ्गका आधारमा जोडी छान्ने कुराबाट पछि हट्यौँ।”

सांस्कृतिक परिवर्तन:

अघिल्लो दशकसम्म दक्षिण एशियाली समुदायहरूमा रङ्गवादलाई बेवास्ता गरिएको अवस्था भए पनि सामाजिक सञ्जाल र इन्टरनेटले अहिले त्यसमा परिवर्तन ल्याइरहेको देखिन्छ। भारतीय अमेरिकी निक्की खन्नाको ‘ह्वाइटरः एशियन अमेरिकन वुमन अन कलर एन्ड कलरिज्म’ नामक पुस्तकमा रङ्गवादको असरबारे अमेरिकामा बस्दै आएका दक्षिण एशियाली पृष्ठभूमिका थुप्रै महिलाका व्यक्तिगत अनुभव समेटिएका छन्। अहिलेको डिजिटल युगले रङ्गवादजस्ता विषय बारेका बहसमा कसरी परिवर्तन ल्याइरहेको छ भन्नेबारे प्राध्यापक खन्नाको अनुसन्धानसम्बन्धी अनुभव एउटा राम्रो उदाहरण पनि हो।

सामाजिक सञ्जालमा अभियान:

फेसबुकमा स्वीकारोक्तिका लागि आग्रह गर्दै खन्नाले सन् २०१७ मा आफ्नो अभियानको थालनी गरिन्।

“मेरो सम्पर्क बाहिरका मानिसहरू समेतबाट कुरा सुन्ने दिशामा सामाजिक सञ्जाल निकै फाइदाजनक भयो,” उनी भन्छिन्। रङ्गवादबारे खासै थाहा नभएका एशियाली र बाहिर बसिरहेका सो समुदायका मानिसहरूको सङ्ख्या देखेर शुरूमा आफूलाई आश्चर्य लागेको उनी बताउँछिन्। तर समयसँगै त्यसमा परिवर्तन हुँदै गएको छ र सामाजिक सञ्जालमा चलाइएका ‘डार्क इज ब्यूटीफुल’ र ‘ब्राउन इज ब्यूटीफुल’ जस्ता अभियानको त्यसमा ठूलो योगदान रहेको छ। गाढा रङ्ग भएका दक्षिण एशियालीका लागि उनीहरूका अनुभव साट्न, चुप लागेर नबस्न तथा रङ्गवादबारे आफ्ना समुदायमा रहेको धारणामा परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता अभियानको शुरूवात गरिएको हो।

सम्बन्धित समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

ताजा समाचार

मुटुरोगीलाई कोरोना किन बढी खतरनाक ?

छाती दुखेर अस्पताल गएका एकजना कलाकार कोरोनाको डरले अस्पतालको गेटबाटै फर्के, तर उनलाई हृदयघातले छोडेन, केही समयपछि उनको मृत्यु भयो ।

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।
X