Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
कोरोना भाइरस नेपालमा चिनियाँ, रुसी र अन्य खोप निर्माताको चासो तर परीक्षण गरिएको छैन

नेपालमा चिनियाँ, रुसी र अन्य खोप निर्माताको चासो तर परीक्षण गरिएको छैन

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपालमा नयाँ खोपको परीक्षण अनुमति दिने संस्था स्वास्थ्य अनुसन्धान परिषद्‌मा थुप्रै विदेशी खोप निर्माता कम्पनीहरूको तर्फबाट कोरोनाभाइरसको खोप परीक्षणका निम्ति चासो देखाइएका छन्।

तर आर्थिक व्ययभार अनि स्वास्थ्य सुरक्षा जिम्मेवारीको पाटोबारे स्पष्ट हुन नसकिएकाले हालसम्म कसैलाई परीक्षण अनुमति नदिइएको परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बीबीसीलाई बताएका छन्।

कसले दिए चासो?

अहिले खोपको दौडमा अगाडि परेको देखिएका रुसी, चिनियाँ तथा अन्य खोप निर्माताहरूले चासो देखाएको डा ज्ञवालीले बताए। “तर खोपको क्लिनिकल परीक्षण गराउन सामान्य चासो मात्र नभई कम्पनीको प्रायोजन तथा अन्य सुरक्षाका विषय स्पष्ट नभइञ्जेल अघि बढ्न सकिँदैन,” उनले भने। यसअघि चिनियाँ कम्पनीको खोपलाई नेपालस्थित उद्योगमा कार्यरत चिनियाँ कामदारहरूमा लगाउनेबारे चर्चा चलेका थिए।

तर त्यो पनि अहिले अघि नबढेको डा. ज्ञवालीले सुनाए।

“उनीहरूले यो सरल होला भन्ठानेका होलान् तर खोपको परीक्षण निकै जटिल हुन्छ। हामीले उनीहरूलाई खोप निर्माता कम्पनीको अनुमति लिएर आउन भनेका थियौँ। त्यसपछि उनीहरू अलमलमा परेका छन्,” उनले भने।

उनका अनुसार यस्तो परीक्षण गर्नु अघि कम्पनीको मापदण्ड स्पष्ट पारिनुपर्छ।

“कुनै कम्पनीको खोप परीक्षण गर्न तपाईँले पाउनुहुन्छ तर त्यसका निम्ति सो कम्पनीका सबै मापदण्ड तथा प्रोटोकल पालना गर्नुपर्छ। त्यसलाई हाम्रा वैज्ञानिकले हेरेर ठीक छ भनेपछि मात्र परीक्षण गर्न पाइन्छ।”
कतिपय विज्ञहरूले भने परीक्षणका बेला सहभागी हुने मौका भएमा सफल खोपको आपूर्तिबारे देशको दाबी बलियो हुने भन्दै उचित प्रक्रिया अवलम्बन गरेर सहकार्य गरिनुपर्ने बताउँदै आएका छन्।

‘प्रमाणित खोपको पनि अध्ययन जरुरी’

विदेशमा कुनै खोप प्रमाणित रूपमा प्रभावकारी देखिएपनि त्यसको नेपालमा प्रयोग थालिहाल्नु अगाडि संक्षिप्त अध्ययन भने गर्नु राम्रो हुने परिषदका कार्यकारी प्रमुख डा. ज्ञवालीले बताए।

“उत्तम के हुन्छ भने बाहिर प्रमाणित भएको भएपनि यहाँको भौगोलिक अवस्था वा मानिसहरूको आनुवंशिक हिसाबले छोटो अध्ययन गर्नु पर्छ,” उनले भने।

केही समयअगाडि राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले प्रभावकारी खोप बजारमा आउनेबित्तिकै नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति खरिद सहजीकरण गरिदिने जनाएको थियो।

युनिसेफले ‘कोभ्याक्स सुविधा’को तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने जनाएको छ। कोभिड-१९ सम्बन्धी विभिन्न खोप निर्माताहरूले बनाइरहेका विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सघाउ पुर्‍याउन तथा तिनको मूल्य निर्धारण गर्ने विश्वव्यापी मञ्चको रूपमा कोभ्याक्स गठन भएको हो। यसमा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै त्यसमा समान पहुँच पाउने जनाइएको छ।

हाल कुन खोप कुन चरणमा?

अहिले विश्वभरि एक सयभन्दा धेरै खोपहरू विभिन्न चरणका परीक्षणमा रहेका छन्। धेरै जसो प्रिक्लिनिकल भनिने परीक्षण चरणमा छन् जुन चरणमा जनावरहरूमा यसको सुरक्षा र प्रभावकारिता हेरिन्छ।

सेप्टेम्बरको मध्यसम्ममा पहिलो चरणमा २७ वटा खोप रहेको, दोस्रो चरणमा १४ वटा रहेको, तथा तेस्रो चरणमा ९ वटा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइएको छ।

पहिलो चरणमा सुरक्षा तथा डोज वा मात्रा परीक्षण गरिन्छ भने दोस्रो चरणमा सयौँ मानिसमा विस्तारित सुरक्षा परीक्षण गरिन्छ। त्यस्तै तेस्रो चरणमा भिन्न उमेर समूह तथा जातीय समूहका हजारौँ मानिसमा व्यापक सुरक्षा र प्रभावकारिता परीक्षण गरिन्छ। तेस्रो चरणमा रहेका चर्चित खोपमध्ये अक्सफोर्ड विश्वविद्यालय-एस्ट्राजेनेका, रुसको गामालेय तथा चिनियाँ खोपहरू छन्।

केही अन्तर्राष्ट्रिय समाचारमा आएका विवरणअनुसार तीमध्ये पाँचवटालाई भने प्रारम्भिक तथा सीमित प्रयोगका निम्ति सम्बन्धित देशमा अनुमति दिइएको छ। तिनमा चीनको क्यानसाइनो बायो, साइनोभ्याक, साइनोफार्म वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स, र साइनोफार्म बेइजिङ् इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स तथा रुसको गामालेय रहेका छन्।

गत साता एकजना खोप लगाएका व्यक्तिमा समस्या देखिएपछि अक्सफोर्डको खोप परीक्षण केही समय रोकिएर फेरि थालिएको थियो। सामान्यतया एउटा सफल खोप निर्माण गर्न वर्षौँ मात्र नभइ दशकौँ लाग्ने गरेको थियो। तर यसपटक विश्वमा अभूतपूर्व रूपमा देखापरेको महामारीका कारण धेरै देशका धेरै वैज्ञानिकहरूले दिनरात खोप निर्माणमा मेहनत गरिरहेका छन्।

धेरै विज्ञहरू ठान्छन् कोरोनाभाइरस विरुद्धको खोप व्यापक रूपमा उपलब्ध हुन कम्तीमा सन् २०२१ को मध्यसम्म लाग्न सक्छ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।

यी हुन् पहिलो नेपाली कोरोनाविरुद्धको खोप लगाउने

रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X