Monday, September 28, 2020

Monday, September 28, 2020
समाचार यो समाचार ‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो ? यस्तो थियो समाचार

यो समाचार ‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो ? यस्तो थियो समाचार

Published:

On: Nepal

अनलाइनखबरले आज असोज १ गते बिहान ९ बजेर ३३ मिनेटमा एउटा समाचार पोस्ट गर्‍यो। समाचारको शीर्षक थियो- डीएभी स्कूलले लकडाउनको शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निष्काशन गर्ने।

समाचारको लिङ्क यो थियो- https://www.onlinekhabar.com/2020/09/896936 तर अहिले तपाईँले यो लिङ्कमा क्लिक गर्नुभयो भने त्यो समाचार खुल्दैन। बरु ‘रिडाइरेक्ट’ भएर अनलाइनखबरको ‘होमपेज’मा पुगिन्छ। हेर्नुस् बिहीबार नेपाली समय अनुसार साँझ (11:08:29 UTC) मा क्लिक गर्दा खुलेको पेजको अर्काइभ।

डिएभीकै एक अभिभावकले मलाई यो कुरा सुनाए। मैले ह्या, होइन होला। अर्कै कुन साइट देख्नुभो होला अनि, अनलाइनखबरले पनि त्यस्तो गर्छ त भनेँ। उनले हो भनेर जिद्दी गरे। उनले हाम्रोपात्रोमा चाहिँ त्यो न्युज छ। तर त्यसमा क्लिक गर्दा पूरा न्युज खुल्दैन भने।

‘ल त्यही भए पनि पठाउनु न।’

उनले त्यसो भनिरहँदा म कालिमाटीमा थिएँ। हेर्नु न कस्तो दुःखद। आजै लकडाउन खुलेको, आजै एउटा कारले मोटरसाइकललाई हानेर दुर्घटना भएको रहेछ। ‘स्पट डेथ भो’ भन्दै थिए मान्छेहरु। भिडभाडबाट जोगिँदै आफ्नो बाटो लागेँ।

घर आएर हेरेँ, उनले हाम्रोपात्रोको एउटा स्क्रिनसट पठाइदिए।

विश्वास लागेन। हाम्रोपात्रोको एपमै गएर खोजेँ। रहेछ, यस्तो देखियो।


त्यसमा भएको पूरा समाचार पढ्नुसमा क्लिक गर्दा भने समाचार खुल्दैन थियो। अनलाइनखबरको होमपेजमात्र खुल्थ्यो।

हाम्रोपात्रोले विभिन्न अनलाइनहरुको समाचारको शीर्षक र थोरै विवरण राख्ने गर्छ। अचेल यो हामीलाई एकदमै फाइदाको कुरा भा छ। कसैले गलत समाचार हाल्यो भने उसको साइटमा गएर सच्याए पनि हाम्रोपात्रोमा भने जस्ताको तस्तै रहन्छ। कसैले समाचारै डिलिट गरे पनि त्यो यहाँ डिलिट हुन्न। किनभने त्यो अनलाइनले आफ्नो सर्भरमा मात्र कन्टेन्ट डिलिट गर्न सक्छ, अर्काको सर्भरमा गइसकेको कन्टेन्ट सच्याउन वा डिलिट गर्न सकिन्न।

समाचार राखेकै हो र अहिले हटाइएको हो भन्ने निश्चित भयो। कारण चाहिँ जसले गर्‍यो उसले बाहेक हामीलाई थाहा हुने कुरा भएन। अब यो पूरै कन्टेन्ट चाहिँ कहाँ पाइएला भनेर खोजी सुरु भयो।

अनलाइनमा एक पटक राखिसकेको सामाग्री पूरै कहिल्यै हट्दैन। कुनै न कुनै रुपमा त्यसको छाप रहिरहन्छ भन्ने सिद्धान्त छ। खोज्ने क्रममा गुगलको क्यासमा गएर यो समाचार बसेको भेट्टाएँ। त्यसलाई अर्काइभ पनि गरिहालेँ। अनलाइनखबरले सुटुक्क हटाएको समाचारमा के छ? यहाँ क्लिक गरी पढ्नुस्

अब अर्को प्रश्न तर्फ लागौँ- के समाचार हटाउन पाइन्छ?

विश्वका अन्य देशहरुमा हुँदै आएको अनलाइन पत्रकारिताको अभ्यासहरु हेर्दा केही गम्भीर तथ्यगत गल्ती भएमा कारण वा जानकारी दिएर हटाउन वा सच्याउन सकिन्छ। तर त्यसो गर्नुभनेको लिङ्क नै नखुल्ने गरी डिलिट गर्नु होइन। सोही लिङ्कमा यो समाचारमा यो सच्याइएको हो भन्ने वा यो कारणले समाचार हटाउनु परेको हो भन्न सकिन्छ।

यो त भयो विश्वका अभ्यास। नेपालको चाहिँ के छ त ? नेपालको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने खण्डको बूँदा ८ मा यस्तो लेखिएको छ।

अनि डिएभीले अभिभावकहरुलाई पठाएको मेसेज पनि ती अभिभावकले मलाई पठाइदिए। यस्तो रहेछ-

सम्बन्धित समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

ताजा समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।
X