Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
मनोरञ्जन सुपुष्पाको पलसँग फिल्म गर्ने इच्छा

सुपुष्पाको पलसँग फिल्म गर्ने इच्छा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: फिल्म ‘रणवीर’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी सुपुष्पा भट्ट लकडाउनभन्दा अगाडि फिल्म ‘चपली हाइट ३’ को प्रचारमा व्यस्त थिइन् । तर, कोरोनाका कारण फिल्मको प्रदर्शन रोकिएपछि उनी फुर्सदिलो भइन् । लकडाउनको समय घरभित्रै विताएकी उनले ‘रणवीर’ पछि ‘छ माया छपक्कै’ मा अभिनय गरेकी थिइन् । यो फिल्ममा उनको काम रुचाइएको थियो ।

लकडाउनअघि एक फिल्म साइन गरेर बसेकी उनले अहिलेका चल्तीका अभिनेता अनमोल केसीसँग समेत काम गरिसकेकी छन् । फिल्ममा भने होइन । एक कम्पनीको विज्ञापनमा उनले अनमोलसँग स्क्रिन शेयर गरेकी छन् । यसबीच, उनले अभिनेता पल शाहसँग पनि अनस्क्रिन रोमान्स गरेकी छन् । ‘हिँड्दा हिँड्दै’ बोलको म्यूजिक भिडियोमा उनीहरुको जोडी बाँधिएको छ ।

सुप्रिया शर्माको स्वर रहेको गीतमा अम्बिका शर्माको शब्द छ भने अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको भिडियोलाई ‘फाटेको जुत्ता र चपली हाइट ३’ फिल्मका निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । गीतमा सुपुष्पाको पलप्रति प्रेम आशक्ति व्यक्त गरिएको छ । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । दर्शकले पनि यो जोडीलाई मन पराएका छन् ।

नेपाली फिल्मका स्थापित अभिनेतासँग पहिलो पटक म्यूजिक भिडियोमा काम गर्न पाएकोमा सुपुष्पाले खुसी व्यक्त गरेकी छन् । फिल्ममा पनि पलसँग स्क्रिन शेयर गर्ने उनको इच्छा छ । भिडियोमा काम गर्दा निकै रमाइलो भएको र दर्शकले जोडी मन पराएकोमा उनी खुसी छिन् । के सुपुष्पाको पलसँग फिल्ममा काम गर्ने इच्छा पूरा होला त रु यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

कंगनाले जसलाई जे पायो त्यही भन्दै हिँड्नु हुँदैन : सोना

महापात्रा

भारतीय गायिका सोना महापात्राले अभिनेत्री कंगना रनावतविरुद्ध कडा दृष्टिकोण अपनाएकी छन् ।
कंगनाले उपयोग गर्ने भाषाको उनले विरोध गरेकी हुन् । कंगनाले बोल्ने र लेख्ने तरिका जायज नभएको सोनाको भनाइ छ ।

कंगनाले उर्मिला मातोडकरलाई सफ्ट पोर्न स्टार भनेपछि सोनाको ट्वीट आएको छ । त्यसमा उनले लेखेकी छन्– कसैलाई माफिया भन्नु, सस्तो प्रतिलिपि भन्नु, सफ्ट पोर्न स्टार भन्नु । कसैको मृत्युलाई उपयोग गरेर

मानिसहरूको नजरमा मसिहा बन्न खोज्ने असफल प्रयास हो यो । यसो गरेर तिमी हिन्दू धर्मलाई प्रोत्साहन गर्न सक्दिनौ । उल्टो खराब उदाहरण प्रस्तुत गर्छ्यौ ।’

सोनाले कंगनालाई यसअघि पनि आपत्तिजनक बयानका लागि आलोचना गरेकी छन् । कंगनाले रियालाई ड्रगी भन्दा सोनाले आलोचना गरेकी थिइन् ।

सोनाले प्रत्येक विवादमा रियाक्ट गर्ने गरेकी छन् । कंगना जस्तै उनी पनि नडराइकन आफ्ना विचार राख्छिन् ।

उता कंगनाले चाहिँ कुनै पनि लडाइँको आरम्भ नगरेको र आफ्नो लडाकू स्वभाव नरहेको बताएकी छन् । आफूलाई कसैले गलत साबित गरे ट्विटर छोड्ने उनले बताएकी छन् ।

सम्बन्धित समाचार

भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको नि’धन

चर्चित भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन भएको छ। ५४ वर्षीय कलाकार जरीनाको कार्डियाक एरेस्टबाट निधन भएको समाचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

नेहा कक्कडले गरिन् रोहनप्रीतसँगको अफेयरको खुलासा

बलिउड गायिका नेहा कक्कड बितेका केही दिनमा विवाहको खबरले चर्चामा छिन् । नेहाको पन्जाबी गायक रोहनप्रीत सिंहसँग विवाह गर्ने खबर आएको थियो ।

प्रचण्डकी नातिनी स्मिताको सलोनसँग रिल बिवाह

प्रचण्डकी नातिनी अर्थात गायिका स्मिता दाहाल एक म्युजिक भिडियोका लागि बेहुली हुनुपरेकी छन् ।

फेसबुकमा सर्वाधिक लोकप्रिय यी ५ नेपाली नायिका छन्, पहिलो नम्बरमा काे ?

नेपाली चलचित्र क्षेत्रमा कलाकार भनेकाे सबै दर्शकले रूचाएर चर्चामा छाउने हुन् । त्यस्तै सामाजि संजाल फेसबुकमा सर्वाधिक लोकप्रिय ५ नेपाली नायिकाकाे चर्चा गर्न गएका छाैँ ।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X