Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
खेलकुद राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

शुक्रबार सार्वजनिक भएको पदक पाउनेहरूको नामावलीमा राखेप सदस्यसचिव रमेश शिलवालसहित खेल क्षेत्रका १० जना पनि छन् ।

उनीहरूलाई जनसेवा प्रवलबाट सम्मानित गरिने भएको हो । सम्मानित हुनेमा सिलवालसहित, राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, कीर्तिमानी खेलाडी संगिना वैद्य र तेक्वान्दो प्रशिक्षक तुलसी कुमार गौतम छन् ।

सदस्य सचिव सिलवाल सुप्रबल जनसेवा श्री सम्मानबाट सम्मानित हुनेछन् भने बैद्य, प्रशिक्षक गौतम र प्रशासन विभाग प्रमुख थापा प्रबल जनसेवा श्रीबाट सम्मानित हुनेछन् ।

१३औं दक्षिण एसियाली खेलकुदलाई सफल पार्न योगदान पुर्‍याए बापत सदस्य सचिव सिलवाल र प्रशासन विभाग प्रमुख सम्मानित हुन लागेका हुन् । थापा सागमा समारोह समितिका संयोजक थिए ।

यस्तै, नेपाली सेनाको खेलकुद विभाग प्रमुख शसी किरण रायमाझी अति पौरख भाष्कर मानपदवीबाट सम्मानित हुने भएका छन् ।

नेपाल पुलिस क्लबका वीरबहादुर महरा, विकास थापा र पुलिस क्लबको खेलकुद समितिका सरु कार्की र सुनिता महर्जन नेपाल प्रताप भूषणबाट सम्मानित हुने भएका छन् ।

शसस्त्र प्रहरी बलको एपीएफ क्लबबाट किरण सिंह बोगटी रजवार सुकिर्ती पदकबाट सम्मानित हुनेछन् । उनी एपीएफको खेलकुद तथा शारीरीक सुगठन शिक्षालयमा कार्यरत छन् ।
अघिल्लो वर्ष नेपाली खेलकुदका १७ जनालाई सम्मानित गरिएको थियो । नयाँ वर्षका दिन प्रदान गरिने पदक कोरोना महामारीले अघिल्लै वर्षमा घोषणा गरिएकाले अहिलेसम्म पाउन सकेका छैनन् । अब अघिल्लो वर्ष र यो वर्ष सम्मानित हुने सबैलाई एकै पटक राष्ट्रयपतिबाट विभूषण प्रदान गरिने बताइएको छ|

मैत्रीपूर्ण खेल गराउन मागसहित एन्फाद्वारा राखेपमा निवेदन

दर्ता:

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेल गराउन पाउँ भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दर्ता गराएको छ ।
एन्फाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बिहीबार राखेपमा निवेदन दर्ता गराएको हो । एक साताअघि मात्र एन्फालाई नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न तीन देशले प्रस्ताव गरेका थिए । उनीहरूले नेपालमै आएर मैत्रीपूर्ण खेल खेल्न तयार रहेको भन्दै एन्फालाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो ।

त्यस्तै एन्फाले प्रशिक्षणसमेत सुरु गर्न पाउँ भन्दै राखेपमा निवेदन दर्ता गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बाह्रखरीलाई जानकारी दिए । उनले अन्य देश मैत्रीपूर्ण खेलका लाग नेपालमै आउन तयार भएको र लामो समय खेलाडी प्रशिक्षणविहीन भएकाले राखेपमा निवेदन दर्ता गराएको बताए ।

“हामीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र प्रशिक्षण सुरु गराउन पाउँ भन्दै राखेपमा निवेदन दर्ता गराएका छौं,” एन्फा महासविच तुलाधरले भने, “लामो समय भयो खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् । २०२१ सम्म कुनै प्रतियोगितासमेत छैन । त्यसैले हामीले मैत्रीपूर्ण खेल गराउने सोचेका छौं । लामो समयको अन्तरालसम्म कुनै खेल नहुनुले फिफा वरीयतामा पनि हाम्रो र्‍याङ्‍‌किङ बिग्रिने सम्भावना त्यति नै छ ।”

गत साता मात्रै एन्फालाई बंगलादेश, मंगोलिया र डोमिनिकबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका थिए । उनले पछिल्लो एक सातामा यी तीन देशले नेपालमै खेल्न प्रस्ताव गरेको जानकारी दिएका थिए ।

अब थप छलफलका लागि आइतबार (भोलि) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालसँग भेट गर्ने जनाइएको छ । मैत्रीपूर्ण र प्रशिक्षण सुरु गर्नेप्रति सदस्य-सचिव सिलवाल पनि सकारात्मक रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X