Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
रोचक किन टाँगिन्छ ढोकामा खुर्सानी र कागती ? यस्तो छ वास्तविक कारण

किन टाँगिन्छ ढोकामा खुर्सानी र कागती ? यस्तो छ वास्तविक कारण

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: हामीले प्रायजसो ढोकामा कागती र खुर्सानी टाँगेको देख्छौं। कसैले घरमा त, कसैले पसलमा यसरी टाँग्ने गरेका हुन्छन् । यसले नराम्रो नजर र नकारात्मक शक्तिबाट बचाउँछ भन्ने विश्वास गरिन्छ । तर, यसको वास्तविकता हामीले सोचेको भन्दा फरक छ ।

कागती र खुर्सानीलाई सँगै राखेर ढोकामा टाँग्नुका पछाडि विभिन्न कारणहरु छन् । खासमा वास्तुदोष ठीक गर्नका लागि यो तरिका अपनाइएको हो । साथै वरिपरि सकारात्मक ऊर्जा बनाइराख्न कागतीले मद्दत गर्ने हुनाले पनि यसो गरिएको बताइन्छ ।

कागतीको रुखलाई सकारात्मकताको प्रतिक मान्ने मानिसहरुको भनाइ छ । त्यसैले सबैको घरमा कागतीको रुख सम्भव नभएकाले त्यसरी टाँगिने गरिन्छ । त्यस्तै अर्को कारण कागतीको गन्धले ताजगीको अनुभूति गराउँछ । यसरी कागती टाँग्दा त्यसमा प्वाल पार्नुपर्ने भएकाले उक्त वासनाले सक्रिय बनाइराख्ने मानिसहरु बताउँछन् ।

गाडिमा किन टाँगिन्छ ?
केबल घर र पसलमा मात्र होइन, कतिपय गाडीमा समेत यसरी कागती अनि खुर्सानी टाँगेको देख्न सकिन्छ । यसले दुर्घटनाबाट बचाउँछ भन्ने अन्धविश्वासका कारण यस्तो गरिएको हो । यसको वैज्ञानिक कारण नभएपनि मानिसहरुले धेरै पहिलेबाट यो चलन अपनाउदै आएका छन् ।

कहिले र कसरी टाँग्ने ?
यसलाई टाँग्दा कागतीलाई सबैभन्दा तल र त्यसमाथि खुर्सानी राख्ने चलन छ । यसलाई विशेषगरी मंगलबार र शनिबारका दिन टाँग्ने गरिन्छ र हरेक हप्ता बद्लिन्छ ।

बिहान सबेरै उठ्दा स्वास्थ्यमा यस्ता फाइदा:

परिवर्तित जीवनशैलीले मानिसहरुको सुत्ने र उठ्ने समयलाई पनि प्रभावित गरेको छ । कहिले सुत्ने र कहिले उठ्ने समय निर्धारित नुहँदा यसले व्यक्तिको दिनचर्या त खराब गर्छ नै विभिन्न रोगले पनि गाँज्ने गर्छ । मानसिक रोग, मोटोपना, आलस्यता र हृदय सम्बन्धि समस्या र दिनभरीको थकानले शरिरलाई हानी पुर्याइरहेको हुन्छ ।
यसबाट बच्नका लागि तपाईं समयमै सुत्नुपर्छ र समयमै उठ्नु पनि पर्छ । एक वैज्ञानिक अनुसन्धानका अनुसार जो व्यक्ति बिहान चाँडै उठ्छ, उनीहरुलाई मानसिक रोगको सम्भावना निकै कम हुन्छ ।

कोलोराडो–बोल्डर युनिभर्सिटीका निर्देशक सेलिन वेटरका अनुसार बिहान चाँडै उठ्नुका विभिन्न स्वास्थ्य लाभ छन् । अनुसन्धानका अनुसार जो व्यक्ति ढिलासम्म जागा हुन्छन् उनीहरुमा मानसिक रोगको समस्या चाँडै सुतेर चाँडै उठ्नेभन्दा दोब्बर बढी हुन्छ ।
अबेर रातीसम्म नसुत्दा धुम्रपानको लत र अनियमित निन्द्राको बानी विकसित हुन थाल्छ । निन्द्राको कमी, व्यायामको अभाव, सधैं घरभित्र रहनु, धेरै समय अँध्यारोमा बिताउनाले मानसिक रोगसमेत विभिन्न रोगको कारण बन्न सक्छ ।

यो शोधको प्रकाशन ‘सोइकेट्रिक रिसर्च’ नामक पत्रिकामा गरिएको छ । यो शोध तयार पार्नका लागि क्रोनोटाइप (राती जाग्राम बस्नेहरु) का बीच सम्बन्ध पत्ता लगाउनका लागि ३२ हजार महिला नर्सको आँकडाको विश्लेषण गरिएको छ । यसमा २४ घण्टाको दौरान विशेष समयमा व्यक्तिको निन्द्राको प्रवृत्ति, सुत्ने–उठ्ने बानी र मनोविकार समावेश गरियो । वेटरले भने, ‘हाम्रो परिणामले क्रोनोटाइप र मानसिक रोगको जोखिमबीच मामूली सम्बन्ध देखाउँछ । यो क्रोनोटाइप र मनोदशासँग जोडिएको अनुवांसिक मार्गको ओभरल्यापसँग सम्बन्धित हुनसक्छ ।’

बिहान चाँडै उठ्नुका अन्य लाभः

ब्रम्ह मुहूर्त अर्थात् सूर्य उदाउनु अघि उठ्नुका थुप्रै लाभ छन् । यदि तपाईं बिहान चाँडै उठेर घरबाहिर निस्केर हिँड्नुहुन्छ वा व्यायाम गर्नुहुन्छ भने यसका विभिन्न लाभ यहाँ दिइएका छन् ।

  • १. बिहान चाँडै उठ्दा तपाईंले सबैभन्दा शुद्ध हावा पाउनुहुन्छ जसले तपाईंको फोक्सो स्वस्थ रहन्छ । शुद्ध अक्सिजन शरिरलाई स्वस्थ राख्नका लागि आवश्यक छ ।
  • २. जो व्यक्ति बिहान चाँडै उठेर व्यायाम गर्दछन् उनीहरुलाई हृदय रोगको सम्भावना निकै कम हुन्छ । शरिरमा रक्त संचार सही रहन्छ ।
  • ३. बिहान चाँडै उठ्दा मानसिक रोगको समस्या हुँदैन । योगा र प्राणायम गर्दा मानसिक रोग हट्छ ।

सम्बन्धित समाचार

नेपालको बारेमा केहि यस्ता जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ ।

यदि नेपालको नक्सालाई ९० डिग्रिमा दायाँबाट घुमाउने हो भने झन्डै पोर्चुगलको नक्सासगं मिल्छ । त्यसैले नेपाल र पोर्चुगललाई विश्वको मानचित्रमा जुमल्याहा पनि भनिन्छ ।

अ’ध्ययन भन्छ : ५० प्रतिशत वि’वाहित म’हिलाको हुन्छ अर्को पा’र्टनर

घरमा श्रीमती छा’डेर श्रीमानले अरुलाई मन पराएको र घरबार नै बसाएको घ’टना त धेरै आउने गर्छ ।

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

कि’रा फ’ट्यां’ग्राका लागि पनि मा’स्क बनाउँदै रुसी कलाकार

को’रोना भा’इरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वा’स्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ ।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X