Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
स्वास्थ्य जुका परेमा पेटमा मात्रै होइन फोक्सोमा समेत संक्रमणको जोखिम

जुका परेमा पेटमा मात्रै होइन फोक्सोमा समेत संक्रमणको जोखिम

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं:  पेटमा जुका पर्नु भनेको आन्द्रामा जुकाको संक्रमण हुनु हो । जुकाहरू राउन्डवर्म, थ्रेडवर्म, हुकवर्म गरी विभिन्न प्रकारका हुन्छन् । वर्षायाममा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ । खासगरी बालबालिका जुकाबाट बढी पीडित हुने गर्छन् ।

विभिन्न माध्यमबाट जुकाको फुल पेटमा प्रवेश गरिसकेपछि आन्द्रामा गएर बस्छ । जुन दुई–तीन सातामा लार्भामा परिणत हुन्छ । अनुकूल वातावरण पाएपछि लार्भाका कारण पेटमा संक्रमण सुरु हुन्छ । साथै सामान्यतया गर्भाधानपछि ती लार्भाले लाखौँको संख्यामा फुल पनि पार्न थाल्छ । जुकाका फुलहरू दिसाको माध्यमबाट बाहिर निस्कछन् ।

कारण:

– जुकाका फुलहरू घर वरपरको फोहोर, नाला, तरकारी, सागपात आदिमा हुने गर्छन् । तरकारी, फलफूल तथा काँचै खाइने खानेकुरा राम्ररी नपखालीकन खाएमा जुकाको संक्रमण हुने गर्छ ।

– सरसफाइमा ध्यान नदिँदा जस्तै, हात नपखाली खानेकुरा खाने, भुइँमा खसेको खानेकुरा खाने, खानेकुराहरू राम्ररी नपखालेर खाँदा जुकाको जोखिम उच्च हुन्छ । राम्ररी नपकाएका खानेकुरा, सडकछेउमा राखेर बेच्न राखेका खानेकुराले पनि जुका संक्रमण गराउने सम्भावना उच्च हुन्छ ।

लक्षण:

– पेटभित्र जुका विकसित भइसकेपछि सानो आन्द्राको भित्तालाई छेडेर रगतनलीमा पस्ने गर्छ । त्यसपछि पुनः फोक्सोबाट घाँटीमा आइपुग्छ । बिस्तारै अन्ननली हँुदै आमाशयमार्फत सानो आन्द्रामा जाने गर्छ । जसकारण जुका घातक पनि हुन सक्छ ।

– जुका पर्दा पेट दुख्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, तौल घट्दै जानेजस्ता लक्षण देखा पर्छन् । बालबालिका कुपोषणको सिकारसमेत हुने गर्छन् ।

– जुका रक्तनली हुँदै फोक्सोमा पुगेमा खोकी लाग्ने र श्वास छिटोछिटो चल्ने हुन्छ ।

– कतिपय अवस्थामा जुकाले आन्द्रामा रुकावट सिर्जना गर्छन् । जसले गर्दा पेट दुख्ने, कब्जियत हुने र बान्ता हुने गर्छ । जटिल हुँदै गएमा आन्द्रा च्यातिने वा प्वाल पर्ने हुन्छ ।

रोकथाम र उपचार:

– घरवरिपरि र टोलछिमेक सफा राख्नुपर्छ । खासगरी बालबालिका माटोमा खेल्न रुचाउने भएकाले जुकाका फुलहरू उनीहरूसम्म नपुग्ने व्यवस्था मिलाउनुपर्छ । नङ टोकिरहने, हात नधोई खान खाने गर्दा जुकाको संक्रमण हुन सक्छ । तसर्थ बालबालिकालाई फोहोर खेल्न दिनुहँुदैन, सधैँ सफा राख्नुपर्छ ।

– बासी तथा राम्ररी सफा नगरेका खानेकुरा नखाने । पानी शुद्धीकरण गरेर मात्र पिउने गर्नुपर्छ ।

– जुकाको लक्षण देखिएमा चेकजाँच गराएर उपचार गराउनुपर्छ ।

– चिकित्सकको सल्लाहमा औषधि सेवन गरेर जुकाको संक्रमणबाट बच्न सकिन्छ । जुकाको अवस्था र प्रकृतिका आधारमा फरक–फरक औषधिहरू प्रयोगमा ल्याउन सकिन्छ ।

लगातार पेट बढिरहेको छ ? अपनाउनुस् यी सजिला तरिका:

शरीर पातलो छ तर पेट भने लगातार फुल्ने समस्या लगभग १० देखि ८ मानिसहरुले भोगिरहेका हुन्छन् । पेट बढ्दा आफूलाई मन पर्ने कपडा लगाउन नपाउने तथा आफैलाई असहज महसुस हुने गर्छ ।
तर, पेट बढ्ने समस्याको समाधानका लागि घरमा नै केही उपायहरु अपानाउन सकिन्छ ।

निक ३.५ लिटर पानी पिउनुस् :
पेट बढेपछि कतिपय मानिसहरु पानी पिउन छोड्छन् । तर, पानीले पेट कहिल्यै बढ्दैन । पानीको कमि भएमा शरीरमा डिहाइड्रेशनको समस्या पैदा हुन्छ । त्यसैले दैनिक ३ देखि ४ लिटर पानी पिउनुस् । जसले डिहाड्रेट हुनबाट बचाउँछ र पेट बढ्न कम हुन थाल्छ ।

बिरे नुनले नुहाउनुस्:
यदि तपाईंको पेट बढ्ने समस्या कम भएन भने बिरे नुन पानीले हालेर नुहाउने गर्नुस् । यसमा भएको म्याग्नेशियमले शरीरमा भएको अतिरिक्त पानीले सोस्ने काम गर्छ र तपाईंको पेट घट्दै जान्छ । तर, यो प्रक्रिया हप्तामा एक पटक मात्रै गर्ने गर्नुपर्छ । यसका लागि पानीमा दुई कप बीरे नुन मिसाउनुपर्छ ।

केरा:
केरामा पोटाशियमको मात्रा भरिपूर्ण हुन्छ । यसले फुलेको पेटलाई पुनः घटाउन मद्दत गर्छ । पोटाशियमले खानामा भएको सोडियमको प्रभावलाई कम गराइदिन्छ । त्यसैले केरा खाने गर्नुपर्छ ।

यी तरकारी नखाने :
यदि तपाईं पेटको समस्याले चिन्तित हुनुहुन्छ भने केही समयका लागि प्याज, ब्रोकाउली, गोभी, पत्ता गोभी जस्ता तरकारीहरु खान बन्द गर्नुपर्छ । किनकी तरकारीहरुले तपाईंको शरीरका अंगहरु बढाउने काम गर्छ ।
यी तरकारीहरुमा पोषक तत्व भरपुर मात्रामा हुन्छ । तर यसको धेरै सेवनले पेट अत्याधिक बढ्ने गर्छ ।

चुइगम:
चुइगम वा अन्य कुनै पनि प्रकारका गमको सेवनले पेट बढाउने समस्या पैदा गर्छ । चुइगममा चिनी, अल्कोहल र कृत्रिम मिठास जस्ता सोर्बिटोल र जाइलिटोल हुन्छ । जसले पेट धेरै फुलाउने गर्छ । त्यसैले चुइगम खाइदैँन त्यसलाई चपाएर फाल्ने गरिन्छ ।

रातिको खाना छिटो खानुस्:
रातिको खाना छिटो खान गर्नुपर्छ । रातिको खाना छिट्टो खाएमा कहिल्यै पनि पेट बढ्ने समस्या झेल्नुपर्दैन । त्यसैले बिहान र रातिको खानाको बीचको ग्याप १२ घण्टा राख्नुपर्छ । जसले पाचन प्रक्रिया ठीक गराउँछ ।

अदुवा:
अदुवाले शरीरलाई निकै फाइदा पुर्याउँछ । कुनै पनि पेट बढ्ने समस्याको समाधानका लागि अदुवा फाइदाजनक हुन्छ ।

सम्बन्धित समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

आज नेपालमा थपिए ३७९० कोरोना संक्रमित, १८ को मृत्यु, २३३५ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजदेखि कोरोना बिमा गर्नेको मात्रै नि:शुल्क उपचार गर्ने सरकारको निर्णय

जोखिम क्षेत्रमा कार्यरत कोरोना बिमा गरेका कर्मचारीहरुको मात्रै सरकारले नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

महि’नावारी स’मस्या भएको महि’लाहरुलाई धेरै फाइदा गर्छ रा’जमाले।

राजमा, सजिलै पाइने, सजिलै पकाउन सकिने, स्वा’दिलो हुने । त्यती मात्र होइन । राजमा स्वा’स्थ्यको हि’साबले उत्तिकै गु’णी खानेकुरा पनि हो ।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X