Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
खेलकुद पञ्जाबसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कति ?

पञ्जाबसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कति ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि दुबईमा सुरु हुनेछ ।

दुवै टोली आइपिएलमा विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली युवा ब्याट्सम्यान श्रेयस ऐर र पञ्जाब लोकेश राहुलको कप्तानीमा मैदान प्रवेश गर्ने छन् । यी दुबै खेलाडी भारतीय टोलीबाट पछिल्लो समय निरन्तर राम्रो प्रर्दशन गर्दै आएका छन् । राहुलले पहिलो पटक आइपिएलमा कप्तानी गर्दै छन् ।

दिल्लीको ओपनिङ शिखर धवन र पृथ्वी शा ले गर्ने छन् । मध्यक्रममा श्रेयस ऐर, विकेटकिपर ऋषभ पन्त र शिम्रन हेटमायर रहने छन् । तल्लोक्रममा दिल्लीले मार्कस स्टोइनिस र एलेक्स केरी मध्य एकलाई मौका दिने छ । स्पिनरमा सन्दीप लामिछाने, अमित मिश्रा र रविचन्द्रन आश्विन मध्य दुईले मौका पाउने छन् । तीव्र गतिको बलरमा कागिसो रबाडाको स्थान पक्का छ । ईशान्त शर्मा, मोहित शर्मा, एनरिच नोर्टजे र ड्यानियल साम मध्य एकले मौका पाउने छन् । रबाडा, पन्त र धवन प्रमुख हतियार हुन् ।

पञ्जाबको ओपनिङ लोकेश राहुल र मंयक अग्रवालले गर्ने सम्भावना छ । पहिलो खेलमा पञ्जाबले आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बेन्चमा राख्ने सम्भावना छ । गेललाई खेलाउदा पञ्जाबको बलिङ कमजोर बन्न पुग्छ । मध्यक्रममा निकोलस पूरन, शरफराज खान र मन्दीप सिंहको सम्भावना छ । तल्लोक्रममा ग्लेन म्याक्सवेलले सम्हाल्ने छन् ।

तीव्र गतिको बलरमा मोहम्मद शामीको जोडीमा शेल्डन कटरेल र क्रिस जोर्डन मध्य एकलाई खेलाउने सम्भावना देखिन्छ । स्पिनरमा दुई युवा स्टार मुजिब उर रहमान र रबि बिश्रोईलाई खेलाउने सम्भावना छ । राहुल, म्याक्सवेल र शामी प्रमुख हतियार हुन् ।

दिल्लीमा आक्रामक ब्याट्सम्यान ऋषभ पन्त हुँदा पञ्जाबमा ग्लेन म्याक्सवेल छन् । दिल्लीमा युवा स्पिनरमा सन्दीप हुँदा उता मुजिब र रबि बिश्रोई छन् । दिल्लीमा मध्यक्रममा हेटमायर हुँदा पञ्जाबमा पूरन छन् । त्यसैले रोमाञ्चक प्रर्दशनको आशा गरिएको छ । सिपिएलमा जमैका तलाबाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका मुजिब र सन्दीप एक अर्काविरुद्ध खेल्ने छन् ।

सन्दीपको सम्भावना ?

सिपिएल खेलेर सोमबार राती यूएई पुगेका सन्दीपको तीनै कोरोना परिक्षण नेगेटिभ आएको छ । सन्दीप पञ्जाबविरुद्ध छनोटका लागि उपलब्ध हुने छन् । दिल्लीले कागिसो रबाडाको साथ भारतीय ईशान्त शर्मा र मोहित शर्मा मध्य एकलाई मौका दिए सन्दीपलाई सहज हुने छ । तर दुवै तीव्र गतिका विदेशी बलर खेलाएमा भने सम्भावना कम देखिन्छ । दुवै विदेशी तीव्र गतिका बलर खेलाउँदा स्पिनरमा दुवै भारतीय खेलाउने सम्भावना छ । रबाडा र हेटमायरको स्थान दिल्लीमा पक्कापक्किनै जस्तै छ ।

मार्कस स्टोइनिस र अक्षर पटेललाई अलराउन्डरको रुपमा टोलीमा पर्ने सम्भावना देखिन्छ । पछिल्लो समय अमित मिश्राको लय त्यति राम्रो छैन । सिपिएलमा उत्कृष्ट प्रर्दशन गरेका सन्दीपलाई दिल्लीले पहिलो रोजाईमा उतार्न सक्छ । दिल्ली प्रमुख पाँच ब्याट्सम्यान, दुई अलराउन्डर र चार बलरका साथ मैदान उत्रने सम्भावना देखिन्छ । दुबईको पिच स्पिनर सहयोगी हुँदा दिल्ली दुई स्पिनरका साथ मैदान उत्रने छ । जसमा रविचन्द्रन आश्विन र सन्दीपको सम्भावना दखिन्छ ।

पदक विजेता खेलाडीमाथि अपमान:

संविधान दिवसको दिन राष्ट्रपति श्रीमती विद्या भण्डारीबाट विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषण घोषणा भएको छ। जसमा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण विजेतामध्ये १५ जना खेलाडी पदकबाट विभूषित हुने भएका छन्। साथै, ओलम्पियन संगीना वैद्य, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका विभागीय प्रमुख कुलबहादुर थापा पनि विभूषित हुने सूचीमा परेका छन्।

तर, १३औं सागका स्वर्ण विजेता र बाँकी खेलाडी विभूषित नभएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको ध्यानाकर्षण भएको छ। संघले शनिबार नै विज्ञप्ति प्रकाशित गरेर सोको ध्यानाकर्षण गराएको हो। विज्ञप्तिमा भनिएको छ– ‘सागको इतिहासमा यतिका सफलता प्राप्त गर्दा पनि सरकारले मानपदवी दिँदा स्वर्ण विजेता खेलाडीप्रति सम्मानको हकदार बनाएन।’

संघका अध्यक्ष दीपक श्रेष्ठले भने– खेलाडीले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए, तर हाल सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले भने अपमान महसुस गर्नुपर्ने दुःखद अवस्था सिर्जना भएको छ।’

युवा तथा खेलकुद मन्त्रालयको निर्देशन भन्दै राखेपले १३औं सागका स्वर्ण पदक विजेतालाई यही मानपदवीका लागि भन्दै फाराम भर्न लगाएको थियो। सो प्रसंगमा पनि श्रेष्ठले संघ गम्भीर नभएको भन्दै उनले भने– ‘सागका हरेक खेलाडी मानपदवीको हकदार छन्। फाराम भराउनु नै गलत थियो। फाराम भरायो तर सम्मान दिएन। यदि, सम्मान गर्न सक्दैन भने अपमान गर्ने अधिकार कसैलाई रहँदैन।’

सम्बन्धित समाचार

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X