Sunday, October 25, 2020

Sunday, October 25, 2020
स्वास्थ्य एक चम्चा बेसार दूधमा हालेर पिउँदा शरीरलाई हुने ८ फाइदा

एक चम्चा बेसार दूधमा हालेर पिउँदा शरीरलाई हुने ८ फाइदा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

  • १.रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जिवाणुरोधी, एन्टिभाइरल, एन्टीफंगल जस्ता गुणहरु भएकाले यसको सेवन गर्दा फ्लु, चिसो, खोकी जस्ता समस्याहरु निको हुन्छन् ।
  • २. बेसार हालेको दूधले शरीरका अंगहरु सुन्निने समस्या पनि कम गर्छ । यसका साथै यसले गाँठागुठी दुख्ने समस्या पनि कम गर्छ ।
  • ३. यदि कुनै पनि कारणले शरीरको बाहिरी र भित्री अंगमा चोटपटक लागेको छ भने दूधमा बेसार मिसाएर पिउँदा घाउ छिटो निको हुन्छ । यसमा भएको एन्टीब्याक्टेरियल र एन्टिसेप्टिक गुणले ब्याक्टेरियाहरुलाई शरीरमा फैलन दिँदैन ।
  • ४.बेसार भएको दूधले दिमागलाई समेत बलियो बनाउँछ । यसले स्मरण शक्तिमा सुधार ल्याउँछ । साथै, मिठो निन्द्राका लागि पनि यो फाइदाजनक छ । केही अनुसन्धानमा उल्लेख भएअनुसार बेसारले दिमागको कार्योँमा प्रभाव पार्ने भएकाले रातिमा दूध र बेसार मिसाएर पिउँदा निद्रा नलाग्ने समस्याबाट छुटकारा दिलाउँछ ।
  • ५. बेसार भएको दूधले हर्मोनको असन्तुलनलाई समेत सन्तुलन कायम राख्न सहयोग गर्छ । जुन महिलामा अनियमित महिनावारीको समस्या छ ति महिलाहरुका लागि पनि लाभदायी हुन्छ । यस्तै, बेसारले अनुहारमा भएका दाग धब्बा समेत हटाउन सहयोग गर्छ ।
  • ६. बेसार भएको दूधले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै टाइप २ मधुमेहका रोगीहरुका लागि रगतमा चिनीको मात्रा घटाउन समेत मद्दत गर्छ । साथै, यसले क्यान्सरको जोखिम समेत कम गराउँछ ।
  • ७. बेसार भएको दूधले पाचन प्रक्रियालाई समेत बलियो बनाउँछ । एसिडिटी कम गराउँछ । दूधमा धेरै बेसार मिसाउन भने हुँदैन । त्यसैले सानो चम्चाको एक चम्चा बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
  • ८. बेसार भएको दूधमा थोरै मरिचको धुलो मिसाएर पिउँदा घाँटीमा आउने समस्या समेत कम हुन्छ ।

धेरै कफी पिउने बानी छ ? सावधान ! गम्भीर असर पर्नसक्छ:

जाडो महिनामा मात्र होइन गर्मी मौसममा पनि कफी पिउने गरिन्छ ।

कतिपय मानिस त कफीको शौखिन नै हुने गर्दछन् । विशेष गरी कार्यालयमा काम गर्ने युवापुस्ता माझ कफी क्रेज बढि छ ।

झ्याप झ्याप निन्द्रा लाग्दा होस् वा तलतल मेटाउन कफी पिउनेहरु बढि भेटिन्छन् । तर कफीलाई शौखका रुपमाभन्दा पनि आवश्यकताको आधारमा पिउनु पर्दछ । मन पर्यो भन्दै कफीको अत्यधिक सेवन गरेमा यसको लाभको सट्टा हानी हुने गर्दछ ।

चिकित्सकका अनुसार दिनमा ३/४ कपभन्दा बढि कफीको सेवन गर्नु हुदैन । अन्यथा यसले निन्द्रामा प्रभाव पार्दछ । मानिस पर्याप्त निदाउन पाउँदैन । यस अलावा कफीको अत्यधिक सेवनले मानसिक तथा शारीरिक समस्या निम्त्याउँछ । कफीले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना बढाउने गर्दछ ।

अध्ययन अनुसन्धानका अनुसार धेरै कफी पिउदा स्वास्थ्यमा खतरा बढ्दछ । कफीमा हुने कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसैले गर्भवती महिलाले सकेसम्म बढी कफी सेवन गर्न हुदैन । अन्यथा कम वजनको शिशु जन्मने, शारीरिक तथा मानसिक अपाङ्गता हुन सक्ने सम्भावना धेरै हुन्छ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

रु’घा खो’कीको औ’षधि घरकै भा’न्सामा सहजै उपलब्ध हुन्छ। यसरी प्र’योग गर्नुहोस्

अहिले रु’घाखोकी लाग्नसाथ धेरैको मनमा आ’शंका पैदा हुन्छ, कतै को’रोनाको कारण त होइन ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

२४ घन्टामा ४४ सय ९९ जनामा कोरोना संक्रमण, १७ को मृ’त्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

ताजा समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।