Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
खेलकुद साम्पडोरियासँग खेल्दै युभेन्ट्स

साम्पडोरियासँग खेल्दै युभेन्ट्स

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न चार खेल हुँदै छन् । आज हुने खेलमा साबिकको विजेता युभेन्ट्सले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दै छ ।

युभेन्ट्सको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ । साम्पडोरियासँग खेल्दै युभेन्ट्सले सिजनको सुरुवात गर्नेछ ।

आजको खेलमा युभेन्ट्स जित निकाल्ने योजनामा हुनेछ । स्टार खेलाडी रोनाल्डोको साथ पाएको युभेन्ट्स सहज जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ ।

यता साम्पडोरिया युभेन्ट्सलाई घरेलु मैदानमा हराउने योजनामा हुनेछ । लिगअन्तर्गत आजै हुने अर्को खेलमा पार्माले नापोलीसँग प्रतिस्पर्धा गर्दै छ दुई टोलीबीचको खेलमा ४:१५ मा सुरु हुनेछ ।

यस्तै अर्को खेलमा जिनोआले कोर्टोनसँग प्रतिस्पर्धा गर्दै छ । खेल ६:४५ मा सुरु हुनेछ । यस्तै ९:४५ मा सासोउलोले काग्लियारीसँग खेल्नेछ ।

सुखद सुरुवात गर्ने रियलको तयारी:

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न चार खेल हुँदै छन् । आज हुने खेलमा साबिकको विजेता रियल मड्रिडले सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचाको खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ ।

सोसिडाडको घरेलु मैदानमा रियल आजको खेलमा जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । साबिक विजेताका हिसाबले पनि आजको खेलमा रियललाई जित्नैपर्ने दबाब छ । यता घरेलु मैदानमा हुने खेलमा सोसिडाड जित निकाल्ने योजनामा हुनेछ ।

आजै हुने अर्को खेलमा ग्रानाडाले आलाभेसँग प्रतिस्पर्धा गर्दै छ । घरेलु मैदानमा हुने खेलमा ग्रानाडा लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा ग्रानाडाले एथ्लेटिक क्लबलाई २-० गोल अन्तरले हराएको थियो । यता आलाभेस पनि आजको खेलमा जित निकाल्दै लिगमा पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

आइतबारै हुने अर्को खेलमा रियल बेटिसले रियल भालाडोलिटसँग प्रतिस्पर्धा गर्दै छ । हुयस्काले काडिफसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सम्बन्धित समाचार

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X