Sunday, October 25, 2020

Sunday, October 25, 2020
स्वास्थ्य लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो । त्यसैले प्रकृतीमा हावाको गुणस्तरमा तात्कालिक रुपमा सुधार आयो । हावा यती सम्म स्वच्छ भएको थियो कि टाढा टाढा सम्मका पहाँड पनि सजिलै देखिन थालेका थिए ।
धेरैजसो मानिसलाई लागेको थियो कि घरमा बसेर वायु प्रदूषणबाट बच्न सकिन्छ । तर, यो सत्य होइन । यदी तपाई बाहिरको तुलनामा घरमा वायु प्रदूषण कम भएको सोच्नु भएको छ भने यो सरासर गलत हो । अमेरिकाको पर्यावरण एजेन्सीका अनुसार बाहिरको तुलनामा यो अवधिमा वायु प्रदूषणको असर दुईदेखि पाँच प्रतिशत सम्म बढेको छ ।
वायुको गुणस्तर परीक्षण गर्ने नर्वेको एजेन्सी एयरथिंग्सले अमेरिका र युरोपको एक हजार भन्दा बढी प्रयोगकर्ताको तथ्यांकको विश्लेषण गरेको छ । यो विश्लेषणमा कम्पनीले लकडाउनको अवधिमा घरमा कार्बनडाइअक्साइड र हावामा घुलिएको कणको स्तरमा १५–३० प्रतिशतसम्म वृद्धि भएको उल्लेख गरेको छ ।

विश्वकै विषालु च्याउ, छृुदैमा बिरामी:

च्याउ प्रोटीन र फाइबरको सबैभन्दा राम्रो स्रोत हो । यसको एन्टि अक्सिडेन्ट गुणका कारण सुपरफुडको श्रेणीमा राखिएको छ । यो एक प्रकारको ढुसी हो, जुन वर्षातको समयमा कुहिएका कार्बनिक पदार्थमा आपैm उम्रन्छ । तर सबै प्रकारका च्याउ खान लायक हुदैनन् । केही च्याउ विषालु पनि हुन्छन् । शोधकर्ताले यस्तो प्रकारको च्याउ पत्ता लगाएका छन्, जुन खतरनाक र विषालु हुने गरेको छ । यो च्याउ खानु त परै जाओस् छुदा पनि बिरामी भइन्छ ।
रातो रंगको यो विषालु च्याउ अस्ट्रेलियामा पाइन्छ । यो भन्दा पहिले यो च्याउ जापान र कोरियामा पाइने जानकारहरुले बताउदै आएका थिए । तर, यो अस्ट्रेलियाको क्विन्सल्यानडमा पनि पाइन्छ ।
मीडिया रिपोर्ट्सका अनुसार यो विषालु च्याउका कारण जापान र दक्षिण कोरियामा कयौ मानिसको मृत्यु समेत भइसकेको छ । मानिसहरुले यसलाई परम्परागत चिकित्सामा प्रयोग गरिने खानेकुरा सम्झेर चियाँमा हालेर पिएका थिए । त्यसपछि उनीहरुको मृत्यु भएको थियो ।

वैज्ञानिकका अनुसार यो यती विषालु हुन्छ कि यो खानाले अंगहरु फेल हुन्छन् । मानिसको अंगले काम गर्न छोड्छ र दिमागलाई पनि नोक्सानी पु-याउछ । यती मात्रै होइनकी यो छुनाले मात्रै पनि शरीर सुन्नित थाल्छ । जेम्स कुक विश्वविद्यालयका शोधकर्ताका अनुसार यो एक मात्र यस्तो च्याउ हो, जसको विष छालाको माध्यमबाट शरीरमा भित्रिन थाल्छ ।
पोडोस्ट्रोमा कार्नु–डामा नामक यो विषालु च्याउलाई सबैभन्दा पहिले चीनमा १८९५ मा फेला पारिएको थियो । ताजा जानकारीका अनुसार यो च्याउ इन्डोनेसिया र न्यू पपुवा गिनीमा पनि देखिएको थियो ।
डां बेरेन्टलाई उद्र्धृत गर्दै बीबीसीले भनेको छ,“अस्ट्रेलियामा च्याउ त्यती मन पराइन्न । यही कारणले हाल सम्म यो विषालु च्याउ पत्ता नलागेको हो ।” एक रिपोर्टका अनुसार विगत ६ महिनामा २० भन्दा अधिक यस किसिमका च्याउको प्रजाती भएका छन्, जसलाई बेवास्ता गरिँदै आएको थियो ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

रु’घा खो’कीको औ’षधि घरकै भा’न्सामा सहजै उपलब्ध हुन्छ। यसरी प्र’योग गर्नुहोस्

अहिले रु’घाखोकी लाग्नसाथ धेरैको मनमा आ’शंका पैदा हुन्छ, कतै को’रोनाको कारण त होइन ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

२४ घन्टामा ४४ सय ९९ जनामा कोरोना संक्रमण, १७ को मृ’त्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

ताजा समाचार

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।