Sunday, October 25, 2020

Sunday, October 25, 2020
नेपाली चलचित्र टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका| काठमाडौं: नेपाली चर्चित नायिका प्रियंका कार्की हुन् । उनी पछिल्लाे समय काेराेनाकाे कारणले घरमै बसिरहेकि छिन् । अब मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ । नेपाली चलचित्र वृत्तमा नयाँ र प्रातिभावान् कलाकार भित्रयाउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

यो प्रतियोगिताको लागि निर्णयकमा अभिनेत्री प्रियंका कार्की, हास्य अभिनेता किरण केसी र नृत्य निर्देशक कविराज गहतराजलाई चयन गरिएको छ । प्रतियोगीहरूले अभिनय गरेको भिडियो टिकटकमा लोड गरेर त्यो भिडियो प्रतियोगितामा पठाउनुपर्ने आयोजकले जनाएको छ ।

आगामी २९ सेप्टेम्बरसम्म प्रतियोगीहरूले सहभागिता जनाइसक्नुपर्ने पनि आयोजक द जीएमआईले बताएकाे छ । प्रतियोगितामा सहभागी हुन १ सय रुपैयाँ शुल्क राखिएको छ ।यो प्रतियोगितामा उत्कृष्ट हुनेले एउटा चलचित्र, दुईवटा म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यस्तै, १ लाख ५० हजार रुपैयाँ पनि प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

यो प्रतियोगितामा दोस्रो हुनेले एउटा वेभ सिरिज, एउटा म्युजिक भिडियोमा अभिनयको अवसर र १ लाख रुपैयाँ पाउने बताइएको छ । तेस्रो हुनेले एउटा म्युजिक भिडियोमा अभिनय अवसर र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका तस्विर दर्शकले निकै मन पराइरहेका पनि छन् ।

हेराैँ उनका थप तस्विरहरूः

सम्बन्धित समाचार

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको नि’धन

चर्चित भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन भएको छ। ५४ वर्षीय कलाकार जरीनाको कार्डियाक एरेस्टबाट निधन भएको समाचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

ताजा समाचार

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।