Sunday, October 25, 2020

Sunday, October 25, 2020
विज्ञान र प्रविधि इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका| काठमाडौं: इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । यसैलाई मध्यनजर गर्दै अझ विविध विशेषता सहितको नोट ७ को अको संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकैनै प्रतिस्पर्धात्मक मुल्य रु २३,९०० मा बजारमा भित्राएको छ । इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले यस फोन Forest, Greenर Bolivia Blue कलर सहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध रहेको जानकारी दिएको छ ।

लामो समयको प्रतिक्षा पश्चात् इन्फिनिक्सको नोट ७ अन्तत्बजारमा भित्रिएको छ । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतिक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो । यस इन्फिनिक्स नोट ७ मा ४८ MP quad Low-light क्यामरा रहेको छ । समय र यसको माग अनुरुप इन्फिनिक्सले आफनो फोनको क्यामरा र भिडियोलाइ परिमार्जित गरि अझ स्तरिय बनाएको छ । उच्चस्तरिय क्यामराको साथै यस फोनमा High speed helio G70 processor, 5000mAh ठुलो ब्याटरी सहित infinity O display भएकोले तपाइको तस्बीरलाई अझ सुन्दर बनाउदछ ।

बहुमुखी ४८ mega pixel quad camera र लो लाइट क्यामरा टेक्नोलोजी भएकोले नै यो फोन बिक्रीको मुख्य कारण रहेको जनाइएको छ । यसका साथै यसमा रहेको अन्य विविध विशेषताल पनि यस फोनलाइ यसको प्रतिस्पर्दी माझ अग्रपंत्तीमा राखेको छ । यस फोनमा रहेको बहुमुखी क्यामराको विशेषताले यस फोनलाइ जस्तोसुकै लाइट अवस्थामा पनि उच्च प्रतिफल दिने छ भने साथसाथै यसमा रहेको क्वाड क्यामरा र विविध सेन्सरले ग्राहकलाइ उच्च प्रतिफल प्राप्त गर्ने विश्वास लिइएको छ ।इन्फिनिक्स नोट ७ प्रतिको माग र आवश्यकत्ता ग्राहककहरुका रुचाइ प्रति कम्पनीले आभार प्रकट गरेको छ । कम्पनीको अनुरुप आउने दिनहरुमा सेवालाई अझ प्राथमिक्ता दिई ग्राहकहरुलाइ विश्वस्नीय सेवा दिन कुनै कसर नछोड्ने जानकारी दिएको छ ।

विविध उच्चस्तरिय सेवा उपलब्ध यस फोनमा ग्राहकहरुले कुनै सम्झौता बिना थोरै मुल्यमा धरै सुबिधा प्राप्त गर्ने छन्। फोटोग्राफीमा विशेष रुची भएका ग्राहकहरुका लागि यस फोनले सोचेभन्दा बढी प्रतिफल दिने विश्वास लिइएको छ । युवा पिँडीलाई लक्षित गरि सन् २०१३ मा आरन्भ भएको इन्फिनिक्स मोबाईल एक प्रीमियम अनलाइन ड्रिभन स्मार्टफोन ब्रान्ड हो । फिईउचर इज नाँउ’ भन्ने ब्रान्डको सारका साथ इन्फिनिक्सले उपभोक्ताहरूलाई भिडमा सबैभन्दा पृथक रहन र संसारलाई आफ्नो पहिचान दिन सक्ने बनाउन लक्ष्य लिएको छ । इन्फिनिक्सले सबैभन्दा नवीनतम प्रविधि र स्टाइलिश डिजाइन दिन तथा उपभोक्ताहरूले अपनाईरहेको ट्रेंडलाई आत्मसात गर्न प्रतिबद्द छ । इन्फिनिक्सले उपभोक्ताहरूलाई नवीनतम प्रविधिलाई अपनाउन र आनन्द जीवनशैलीको अनुभव गर्न सशक्त बनाउन ZERO, NOTE, HOT, S, and SMART गरी ५ वटा प्रडक्टहरू बजारमा ल्याएको छ । ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडका बारे ओला इलेक्ट्रोनिक्स नेपालको ग्याजेट र मोबिलिटी इकोसिस्टमको दुनियाँमा एक अग्रनी स्थानमा रहेको कम्पनी हो। नयाँ प्रविधि सस्तो मूल्यमा नेपाली बजारमा ल्याउनु नै यस कम्पनीको मुख्य लक्ष्य हो ।

सम्बन्धित समाचार

अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड

विभिन्न अवसरमा दिइने शुभकामनाका लागि अब अनलाइनमा सहजै विभिन्न प्रकारका कार्ड बनाउन सकिने भएको छ । शुभकामना डटकम र शुभकामना-योर अन नेपाली डिजाइन एन्ड कोट्स एपमार्फत सहजै आकर्षक कार्ड बनाउन सकिने भएको हो ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।

कस्तो होला फाइभजी आएपछिको जिन्दगी ?

आईफोनका पारखीहरुका लागि एप्पलले केही दिनअघि मात्र नयाँ कोसेली सार्वजनिक गर्‍यो । कम्पनीले कोरोना भाइरसका कारण ढिलो गरी आईफोन ट्वेल्भ सिरिजलाई अनलाइन इभेन्टमार्फत सार्वजनिक गरेको थियो ।

गुगलको नयाँ फिचर, गीत गुनगुनाएरै गुगलमा सर्च गर्न सकिने

सर्च इन्जिन गुगललाई प्रयोगकर्तामैत्री बनाउने क्रममा समय समयमा नयाँ नयाँ फिचर उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले नयाँ फिचरको रुपमा भर्खरैमात्र गुगल सर्चमा गीत सर्च गर्नका लागि टाइप गरी राख्नुपर्ने झन्झटको अन्त्य गरेको छ ।

ताजा समाचार

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।