Sunday, October 25, 2020

Sunday, October 25, 2020
खेलकुद चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका| काठमाडौं: इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

नयाँ सिजनमा दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले लन्डन क्लब चेल्सीलाई २-० गाेल अन्तरले हराएकाे हाे।

आइतबार राति भएकाे खेलमा लिभरपुलको जितमा दुवै गोल फरवार्ड साडियो मानेले गरे। निकै प्रचिस्पर्धात्मक बनेको पहिलो खेलमा दुवै टोलीले गोेल गर्न सकेनन्। पहिलो हाफको अन्तिम मिनेटमा डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड खाँदै बाहिरिए पछि चेल्सी १० खेलाडीमा सिमित बनेको बनेको थियो।

दोस्रो हाफको ५०औं मिनेटमा मानेले गोल गर्दै टोलीलाइ अग्रता दिलाएक थिए। त्यसको ३ मिनेटपछि नै मानेले अग्रता दोब्बर पार्दै जित निश्चित पारे।

गएराति नै भएकाे अर्को खेलमा ब्राइटन एन्ड होभ एल्बियनले न्यु क्यासल युनाइटेडलाइ ३–० ले पराजित गरेकाे छ। अर्को खेलमा लेस्टर सिटीले बर्नलीलाइ ४–२ ले पाखा लगायो।

लेस्टरले बर्नलीलाई हरायो:

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले बर्नलीलाई पराजित गरेको छ । किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीमाथि ४–२ को पूनरागमा जित हात पारेको हो ।

घरेलु मैदानमा लेस्टरको जितमा हार्भे बार्नेस, जेम्स जस्टिन र डेनिस प्रयाएटले गोल गर्दा एक गोल उपहार पाएको थियो । बर्नलीका क्रिस वुड र जिम्मी डुन्नीले गोल गरेपनि हार टार्न सकेन । खेलको १०औं मिनेटमा क्रिस वुडको गोलबाट घरेलु टोली लेस्टर १–० ले पछि परेको थियो । चार्ली टेलरको क्रसलाई चेस्टले नियन्त्रणमा लिदै क्रिसवुडले गोल गर्न सफल भएा थिए ।

२०औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउदा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । जेमी भार्डीले दुई डिफेन्डरलाई बिट गर्दे दिएको ब्याक पासमा टिमोथी कास्टाग्नेको पासमा गोल गरेका थिए ।

५०औं मिनेटमा इरिक पिटर्सले आत्मघाती गोल गरेपछि लेस्टरले खेलमा २–१ को अग्रता लियो । टिमोथी कास्टाग्नेको लो क्रस इरिक पिटर्सको खुट्टामा लाग्दै गोलमा परिणत हुदा बर्नलीका गोलरक्षक निक पोपले रोक्ने कुनै अवसर नै पाएन । ६१औं मिनेटमा जेम्स जस्टिनले गोल गर्दै लेस्टरलाई ३–१ ले अघि बढाए । एयोजी पेरेजको पासमा जेम्सले जाली चुमाएका थिए ।

७३औं मिनेटमा डिवाइट म्यानेलको पासमा जिम्मी डुन्नीले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ७९औं मिनेटमा हार्भे बार्नेसको पासमा डेनिस प्राएटले गोल गर्दै लेस्टरलाई ४–२ को जित दिलाए ।

जितसँगै अपराजित रहेको लेस्टर दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै ६ अंक रहेपनि एभर्टन, आर्सनल, लिभरपुल र क्रिस्टल प्यालेस गोल अन्तरमा पछि छ । बर्नलीले अंकको खाता खोल्न सकेको छैन । बर्नलीको पहिलो खेलमा पहिलो हार हो ।

अन्य नतिजा
साउथह्याम्पटनविरुद्ध टोटेनहम (२–५), न्युक्यासलविरुद्ध ब्राइटन (०–३), चेल्सीविरुद्ध लिभरपुल (०–२)

सम्बन्धित समाचार

सन्दिप लामिछानेलाई खेल्न नदिने सुनिलको गरे सन्दिपले धुलाई

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तगर्त कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य दिएको छ ।

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

ताजा समाचार

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।