Sunday, October 25, 2020

Sunday, October 25, 2020
अन्तर्राष्ट्रिय तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार ‘एग्रिकल्चर रिफर्म बिल’ माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

सांसद बैठकको अवधि विधेयक पारित गर्नकै लागि बढाएपछि विपक्षी सांसदले संसदका उपसभापति हरिवंशविरुद्ध नाराबाजी गरेका थिए भने उपसभापतिको आसननजिकै गएर रुक बुक च्यातेर माइक पनि तोडफोड गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन मार्शल बोलाउनु परेको थियो।

विपक्षी सांसदहरु देरेक ओ ब्राइन, के के रागेस, डोला सेन, सैयद नजिर हुसैन, संजय सिंह, राजिभ सत्ताभ, रिपुन बोरा र अल्माराम करिमलाई एक साताका लागि निलम्बन गरिएको हो। राज्यसभाका अध्यक्ष एम बैंकैया नायडुले अभद्र व्यवहार गरेको भन्दै निलम्बन गरिएको बताएका छन्।

संसदीय मामिला मन्त्री भी मुरलीधरनले संसदको चालु अधिवेशनलाई अगाडि बढाउन अभद्र व्यवहार गर्ने सांसदलाई निलम्बन गर्नुपर्ने सूचना सदनमा लिएका थिए। सदनले उक्त सूचनालाई पास गरेको हो।

सम्बन्धित समाचार

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

आगामी आठ दिनमा रुसले ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सीन उत्पादन गर्ने

रुसले आगामी आठ दिन भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिनका झण्डै ३ लाख डोज उत्पादन गर्ने भएको छ । रुसी उद्योगमन्त्री डेनिस मन्टुरोभले रोसिया २४ टिभी न्युज च्यानलसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् ।

ताजा समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।