Sunday, October 25, 2020

Sunday, October 25, 2020
रोचक डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ। डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन्।

मह:
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ। यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ।

ल्वाङ:
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।

केराको बोक्रा:
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस:
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

चन्दन पाउडर:
चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने।

बाफ लिने:
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

गोलभेँडा:
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने।

अनुहारमा भूलेर पनि नलगाउनुहोस् यी चीज, सुन्दर बन्ने चक्करमा बनिएला कुरुप:

हामीले फेसियल गर्ने त भन्छौँ, तर यस्तो फेसियल कस्तो हुन्छ, कति प्रकारका हुन्छन्, कस्तो छालामा गर्ने भन्ने जानकारी हुनुपर्छ। तर जुन अनुहारमा धेरै मेकअप गरिन्छ, छालामा समस्या छ र धेरै फोहोर छ भने त्यस्तो व्यक्तिले चाँडो फेसियल गर्नुपर्छ ।

फेसियल गर्दा राम्रो जानकारी नहुँदा हामीले झन अनुहारलाई बिगारी रहेको हुन्छौँ । त्यसैले आज हामी तपाईलाई अनुहारमा सिधै प्रयोग गर्न नहुने केही चिजका बारेमा जानकारी दिदैछौँ । यो सामाग्री ब्युटिसियनसँगको कुराकानीका आधारमा तयार पारिएको हो।

अनुहारमा नलगाउनुहोस् यी चीज:

१) कागती:

यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।

२) सिरका:

भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।

३) बियर:

बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ।

४) बेकिंग सोडा:

यसमा पाईने अल्केलाइड्सले छालाको पीएच लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग-धब्बा बन्छ र चमक कम हुन्छ ।

५) पुदिना:

यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

६) सुन्तला:

सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।

सम्बन्धित समाचार

फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

जब दम्पतीबीच सम्वाद हुन छा’ड्छ वा सम्वादको वातावरण बि’थोलिन्छ, तब स-साना अस’मझदारी बढ्छ । स-साना सम’स्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ ।

श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

अहिले सबैको ध्यान को’रोनातर्फ मो’डिएको छ । एकातिर को’रोना भाइ’रसको सं’क्रमणको भ’य, अ’र्कोतर्फ अ’स्पताल आउ’जाउ गर्ने प्र’तिकुलता ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

कस्तो हुन्छन शरीरको कुन अंगमा कोठी भएका व्यक्ति ?

शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।

ताजा समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।