Sunday, October 25, 2020

Sunday, October 25, 2020
आर्थिक कान्तिपुरले किन जोगायो बैँकहरुलाई "फिनसेन फाइल्समा" ?

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ। यस्ता गतिविधिहरुको रिपोर्ट बैँकहरु र अन्य वित्तीय संस्थाहरुले अमेरिकाको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क जसलाई छोटकरीमा फिनसेन पनि भनिन्छ, लाई बुझाएको थियो। खासमा यो आफैमा अपराधको प्रमाण होइन, यो त अनुसन्धान र इन्टेलिजेन्स ग्यादरिङका लागि सहयोग हो।

बजफिड आफैले ठूलो संख्याको यो कागजातलाई खोतल्न नसकेपछि उसले खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजे र ८० देशका १०० भन्दा बढी सञ्चार संस्थाहरुसित सहकार्य गर्‍यो। आइसिआइजेमार्फत् नेपालको खोज पत्रकारिता केन्द्र (सिआइजे) पनि यसमा जोडियो।

कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेले यसबारे रिपोर्ट तयार पारे, जुन विभिन्न अनलाइनहरुसहित कान्तिपुरमा समेत छापियो। तर सिआइजेको वेबसाइट, अरु अनलाइनहरुमा आएको समाचार र कान्तिपुरमा आएको समाचार फरक छ। कान्तिपुरले नेपाली बैँकहरु उल्लेख भएको जति अंश सम्पादन गरेर उडाइदिएको छ। यसले बैँक जोगाउने कान्तिपुरको बदनियत देखिएको छ।

कान्तिपुरले बैँकहरुको नाम कसरी हटायो? हेर्नुस्

पहिलो अनुच्छेद : बैँक संलग्न होइन, कारोबार मात्र गरेको !

यो हो सिआइजेको रिपोर्टको पहिलो अनुच्छेद

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

यो हो कान्तिपुरको रिपोर्टको पहिलो अनुच्छेद

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा केही नेपाली कम्पनीहरु संलग्न रहेको र तिनले त्यस्तो कारोबार स्थापित बैंकहरुमार्फत नै गरेको खुलासा भएको छ । वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने अमेरिकाको सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (आईसीआईजे) ले यो विवरण बाहिर ल्याएको हो ।

यसमा फरक प्रष्टै देख्न सकिन्छ। सिआइजेले शंकास्पद धन ओसारपसारमा ‘नेपालका केही बैँक र कम्पनीहरु संलग्न रहेको खुलासा’ भनेको छ भने कान्तिपुरले भने यही रिपोर्ट साभार गर्दा ‘केही नेपाली कम्पनीहरु संलग्न रहेको र तिनले त्यस्तो कारोबार स्थापित बैँकहरुमार्फत् नै गरेको खुलासा’ भनेको छ।

सिआइजेले बैँकहरु पनि संलग्न रहेको लेखेको छ भने कान्तिपुरले नेपाली कम्पनी संलग्न रहेको र त्यस्तो कारोबार चाहिँ स्थापित बैँकहरुमार्फत गरेको भनेर बैँकलाई जोगाउन खोजेको छ।

दोस्रो अनुच्छेद : बजफिडको नाम गायब

यो हो सिआइजेको रिपोर्टमा दोस्रो र तेस्रो अनुच्छेद

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । ती जानकारीहरू प्राप्त गरी ‘बजफिडन्यूज’ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो।

‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महीनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो । सुन, अलकत्र, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ ।

यो हो कान्तिपुरको रिपोर्टको दोस्रो अनुच्छेद

सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका यस्ता कारोबारसम्बन्धी खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको छ । त्यसअनुसार २००६ डिसेम्बरदेखि २०१७ मार्चसम्म ११ वर्षभित्र नेपालका १० वटा कम्पनी, नौवटा बैंक र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार गरिएको पाइएको छ । सुन, अलकत्र, मूर्ती, पुरातात्विक सामग्रीलगायतको किनबेचमार्फत् रकम ओसारपसार गरिएको पाइएको छ ।

सिआइजेको रिपोर्टबाट कान्तिपुरले दोस्रो अनुच्छेदमा रहेको बजफिडन्युजलाई हटाइदिएको छ। जबकि यो गोप्य डकुमेन्ट सबैभन्दा पहिला हात पार्ने बजफिड नै थियो। सिआइजेको रिपोर्टमा ९ वटा बैँक, १० वटा कम्पनी लेखिएकोमा कान्तिपुरले १० वटा कम्पनी र नौ वटा बैँक लेखेको छ।

चौथो अनुच्छेद : बैँकको नामै गायब !

अझ रमाइलो त कान्तिपुरको तेस्रो अनुच्छेदमा छ। सिआइजेको रिपोर्टको चौथो अनुच्छेदमा रहेको बैँकहरुको नाम सर्लक्कै काटेर फालेको छ कान्तिपुरले। सिआइजेको रिपोर्टमा भएको त्यो अनुच्छेद जुन कान्तिपुरमा छैन-

शंकास्पद धनको कारोबार र ओसारपसार गरेको भन्ने ‘फिनसेन फाइल्स’ को सूचीमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बाङ्लादेश बैंकको नाम उल्लेख छ ।

अर्को अनुच्छेद : केही कम्पनीको नामै गायब !

यसपछिको अनुच्छेदमा कान्तिपुरले केही कम्पनीको नाम गायब गरेको छ। सिआइजेको रिपोर्टमा यस्तो थियो-

यसैगरी ‘फिनसेन फाइल्स’ अनुसार, यस्तो कारोबार र ओसारपसारमा प्रत्यक्ष संलग्न १० कम्पनीहरूमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज छन् ।

यसमध्ये केही कम्पनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने काम गरेको समेत देखिन्छ । यस बाहेक पनि झन्डै एक दर्जन जति नेपाली कम्पनीहरू अप्रत्यक्ष रूपमा संलग्न छन् । तर, उनीहरूको संलग्नताबारे सोधिएको प्रश्नमा नेपालका बैंक तथा कम्पनीहरूले ‘उल्लिखित काममा आफूहरूको कुनै संलग्नता नरहेको’ भनेर शंकास्पद कारोबारलाई अस्वीकार गरेका छन् ।

कान्तिपुरको रिपोर्टमा यस्तो छ-

फिनसेन फाइल्सका अनुसार, यस्तो कारोबारमा संलग्न कम्पनीहरुमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि आदि छन् । यसमध्ये केही कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने समेत गरेको देखिन्छ । यसबाहेक अरु एक दर्जन जति नेपाली कम्पनीहरू पनि यस्तो कारोबारमा अप्रत्यक्ष संलग्न छन् ।

कान्तिपुरले यसमा मूल रिपोर्टमा रहेका ‘एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज’ को नाम गायब पारेको छ।

cij money laundaring graphics latest
cij money laundaring graphics latest

अर्को अनुच्छेद : फेरि बैँक गायब

सिआइजेको रिपोर्टमा यस्तो छ-

खुलासा अनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसारपसार भएको छ । यो रकम आथिर्क वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेट बराबर हो ।

कान्तिपुरको रिपोर्टमा यस्तो छ-

फिनसेन फाइल्सका अनुसार, ११ वर्षको अवधिमा ती कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धनको कारोबार र ओसारपसार भएको छ । यो रकम आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेट बराबर हो ।

तपाईँले याद गर्नुभयो होला सिआइजेको मूल रिपोर्टमा भएको बैँक शब्द कान्तिपुरमा फेरि पनि गायब भएको छ।

यसबाहेक कान्तिपुरको रिपोर्टमा ‘स्ट्याण्डर्ड चार्टर्ड’ मार्फत अत्यधिक प्रवाह, सुन कम्पनीलाई प्राइम र बैंक अफ काठमाण्डूको सहयोग, इन्भेष्टमेन्ट बैंक र जेटीईको सम्बन्ध, ‘सेतीदेवी’ लाई एभरेष्टको सहयोग, मेगामार्फत सेसल्स ४० लाख, बिओके र हिमालयन बैंक पनि, बैंक अफ काठमाण्डूको अर्को सहयोग, जिन्दललाई बाङ्लादेश बैंकको सहयोग जस्ता बैँक जोडिएका अंशहरु पनि पूरै हटाइएको छ। सिआइजेको पूरा रिपोर्ट यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

सिआइजेको रिपोर्ट कुनै पनि मिडियाले जस्ताको तस्तै प्रकाशन गर्नुपर्छ भन्ने हुन्न। त्यसमा सम्पादकीय स्वतन्त्रता हरेक मिडियाको हुन्छ। तर रिपोर्टको एउटा मूल विषय रहेको बैँककै विषय हटाउनुमा भने नियत नै देखिन्छ।  कि कसो?

फेरि कान्तिपुरले जोगाउन खोज्दैमा यो जोगिने विषय पनि होइन होला। किनभने सिआइजेको आफ्नै वेबसाइट, अनलाइनखबरशिलापत्र आदि अनलाइनहरुले त बैँकको नामसहितै समाचार हालेका छन्।

बजफिडको समाचार
We Got Our Hands On Thousands Of Secret Documents. Let’s Break Them Down.

DIRTY MONEY POURS INTO THE WORLD’S MOST POWERFUL BANKS

How Terrorists Use Big Banks To Move Money (Podcast)

आइसिआइजेका सामग्री
Download FinCEN Files transaction data

फिनसेन फाइल्ससम्बन्धी सबै जानकारी

सम्बन्धित समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

ताजा समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।