Sunday, October 25, 2020

Sunday, October 25, 2020
अन्तर्राष्ट्रिय ताजमहल आजबाट खुल्यो

ताजमहल आजबाट खुल्यो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

विश्वकै आकर्षणको केन्द्र रहेको ताजमहलमा हरेक दिन ७० हजारभन्दा बढी मानिस पुग्ने गर्छन् । तर, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ताजमहल खुला गर्न दिइएको हो ।

उत्तर प्रदेश राज्यको आगरास्थित ताजमहल इतिहासमै तेस्रो पटक बन्द गरिएको थियो । ताजमहल पहिलो पटक सन् १९७१ मा भारत–पाकिस्तान युद्धका क्रममा करिब दुई साता बन्द गरिएको थियो ।

यस्तै, १९७८ मा बाढीका कारण ताजमहल एक साता बन्द गरिएको थियो भने अहिले कोरोनाभाइरस संक्रमणको महामारीका कारण बन्द गरिएको थियो ।

सोमबारबाट खुला गरिएको ताजमहलमा दैनिक पाँच हजार पर्यटकलाई प्रवेश गर्न अनुमति दिइएको छ । दिउँसो २ बजेअघि दुई सय ५० जना र त्यसपछि दुई सय ५० जनालाई ताजमहल अवलोकन गर्न दिइने भएको छ ।

सम्बन्धित समाचार

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

ताजा समाचार