Sunday, October 25, 2020

Sunday, October 25, 2020
रोचक खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

नियमित मसाज गर्ने:

चिसो समयमा नियमित रूपमा आफ्नो खुट्टामा कुनै क्रिम अथवा तेलले मसाज गर्नु राम्रो हुन्छ । हरेक दिन सुत्ने समयमा खुट्टामा सफा गरेर फूट क्रिम लगाउने र सुतीको कपडाले राम्रोसँग पुछेर सुत्ने गरेमा खुट्टा सुन्निने तथा फुट्ने समस्याबाट बच्न सकिन्छ ।

पाकेको केरा प्रयोग गर्ने:

पोकेको केरामा थोरै मात्रामा जैतुनको तेल मिसाएर हरेक रात फुटेको ठाउँमा लगाउने र १० देखि १५ मिनेटसम्म राखेर धोएमा यस्तो समस्याबाट बच्न सकिन्छ । हप्तामा एकपटक सुत्नुपूर्व कागतीको रस मनतातो पानीमा मिसाएर खुट्टालाई १५ मिनेटसम्म डुबाएर सफा गर्ने र कुनै क्रिम लगाएर पनि राख्न सकिन्छ।

ग्लिसरिन तथा गुलाब जल:

दैनिक रूपमा आफ्नो खुट्टालाई सफा गरेर ग्लिसरिन र गुलाबजलको मिश्रण खुट्टामा लगाउँदा खुट्टा फुटेको तथा चिसोले सुन्निएको निको हुन्छ र बच्न सकिन्छ ।

मनतातो पानीमा नुन:

दुखिरहेको खुट्टालाई आराम दिन पानीमा दुई चम्चा नून हालेर १५ देखि २० मिनेटसम्म आफ्नो खुट्टालाई सेक्न सकिन्छ।यसले खुट्टालाई आराम दिन्छ । पछि कुनै क्रिम या तेल लगाएर केही मालिस गर्दा फुटेका घाउहरू ठीक हुन्छन्।

के तपाईलाई थाहा छ ? कसरी घट्नेछ जिरा सेवन गर्दा मोटोपना:

जिरा स्वादका निमित्त प्रयोग नभई स्वास्थ्यका निम्ति पनि उतिकै महत्वपुर्ण मानिन्छ । तर हामिले तरकाली पकाउँदा जिरालाई स्वादका निमित्त प्रयोग गर्छौ । यसले मसलाको रुपमा काम गर्छै । र तरकारीलाई स्वादिलो बनाउन पनि मद्धत गरेको हुन्छ । आयुर्वेदमा औषधि बनाउनको लागि पनि यसकोप्रयोग गर्ने गरिन्छ ।

जिराले हाम्रो पेटसम्बन्धि भएका समस्याहरुलाई निको पार्ने काम पनि यसले गर्छ । मोटा मानिसहरुको लागि पनि यसको निकै महत्व रहेको हुन्छ । शरिरको तौललाई नियन्त्रण गर्नुको साथै तौल घटाउन पनि निकै मद्धत गर्छ । यसलाई कसरि सेवन गर्न त रु भन्दा एउटा ठूलो चम्चा जिरालाई एक गिलास पानीमा भिजाएर एक रातभर राखी बिहान उमालेर चिया जस्तै तातो बनाएर पिउने र जिराका दानालाई पनि चपाउनाले निकै फाइदा गर्छ ।

यो प्रक्रियालाई दैनिक रुपमा प्रयोग गर्नाले शरीरको कुनै पनि ठाउँमा अनावश्यक रुपमा जम्मा भएको बोसोलाई कम गर्छ । भुटेको हिंग, बिरेनुन र जिरा बराबर मात्रामा मिलाएर धूलो बनाई यसलाई १र३ ग्रामका दरले दैनिक दुई पटक खानाले पनि मोटोपन घटाउन सहयोग गर्छ । त्यसर्थ ३। जिराको सेवनले शरीरको अनावश्यक मोटोपनलाई मात्र घटाउँदैन, यसले शरीरमा रक्तसञ्चारलाई पनि नियमित बनाउँछ । साथै कोलेस्ट्रोल घटाउन पनि मद्दत पुग्छ । साथै यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन सहयोग गर्छ।

सम्बन्धित समाचार

फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

जब दम्पतीबीच सम्वाद हुन छा’ड्छ वा सम्वादको वातावरण बि’थोलिन्छ, तब स-साना अस’मझदारी बढ्छ । स-साना सम’स्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ ।

श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

अहिले सबैको ध्यान को’रोनातर्फ मो’डिएको छ । एकातिर को’रोना भाइ’रसको सं’क्रमणको भ’य, अ’र्कोतर्फ अ’स्पताल आउ’जाउ गर्ने प्र’तिकुलता ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

कस्तो हुन्छन शरीरको कुन अंगमा कोठी भएका व्यक्ति ?

शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।

ताजा समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।