Sunday, October 25, 2020

Sunday, October 25, 2020
कोरोना भाइरस क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

चलचित्र अभिनेतासमेत रहेका लामाले आफूमा कमजोरीपन हट्दै गएको र निद्रासमेत राम्रोसँग लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले कोरोनालाई हल्का रूपमा नलिन पनि आग्रह गरेका छन् ।

पाइलट लामाले लेखेका छन्, ‘गत दुई हप्तादेखि मेरो कोविडसँगको लडाइँमा आज धेरै राम्रो भएको छ । रगतको स्याम्पल पनि लगेन, नास्ता पनि खाइयो, कमजोरी पनको कतै लछण छैन, राति निद्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइअनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ।

यो सम्भव हुनुको पछाडि स्टार हस्पिटलका सम्पूर्ण टोलीको योग्दान छ । जुन किसिमको ट्रिममेन्टको बयान गर्न सक्दिन । धन्यवाद टिम स्टार हस्पिटल। एक्दम जटिल अवस्थाबाट पार भई पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु । मेरो बिनम्र अनुरोध सबैमा, बिन्ती छ यो कोविडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामन्य रोग होइन, यसले ज्यान लिन सक्छ । यो भ्लगले केही जानकारी दिन्छ।

धन्यवाद अनि मुटुभरी बाट आभारी छु तपार्इहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्ने छु र बिदेशमा हुनु भएकालाइ नेपाल फर्काउने छु अनि रास्ट्रप्रति समर्पित हुने छु ।’

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न आग्रह:

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्यरुपमा साबुन पानीले हात धुनसमेत अनुरोध गरे ।

“अत्यावश्यक कामका लागि घरबाहिर निस्कनै पर्दछ, सबैले आ–आफ्नो जीवन समान्यीकरण गर्दै लैजानुपर्दछ”, उनले भने, “आफ्नो काममा निस्कनका लागि सार्वजनिक यातायात नै चढ्नपर्ने हुन्छ, एक व्यक्ति र अर्को व्यक्ति दुई मिटर टाढा लाइन बसेर चढ्नु पर्दछ ।”

सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

सार्वजनिक यातायात सरकारले सङ्क्रमणलाई नियन्त्रण गर्दै जिवनलाई सामान्यीकरण गर्नका लागि सञ्चालन गरेको उनले बताए । सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको उनको भनाइ छ । स्वास्थ्य मापदण्ड अपनाइ यात्रा गरौँ र आफू, आफ्नो परिवार तथा समाजलाई सङ्क्रमणबाट जोगाउन आवश्यक छ ।

यस्तै ६० वर्षका वृद्धवृद्धा, बालबालिका र दिर्घरोगीलाई घरबाट ननिस्कनसमेत उनले अनुरोध गरे । कोभिड–१९ को सङ्क्रमणको बारेमा केही विज्ञले समाजमा भ्रम सिर्जना गर्न थालेकाले त्यस्ता विज्ञको कुरा नपत्याउन समेत सर्वसाधारणलाई उनले आग्रह गरे ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारले सङ्क्रमणको उपचारका लागि धेरै नै मिहनेत गरेको उल्लेख गर्दै हाम्रो जस्तो गरिब देशले सर्वसाधारणको उपचार निःशुल्क गर्नु भनेको सन्तोषजनक रहेको बताए । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण र ४७ हजार २३८ जना सङ्क्रमण निको भई घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

ताजा समाचार