Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
प्रचण्ड मन्त्रीहरुको सूची बन्दै

मन्त्रीहरुको सूची बन्दै

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ मन्त्रीहरुको सूचि बनाउने क्रम सुरु भएको बालुवाटार स्रोत बताउँछ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा मन्त्री हेरफेरमा केन्द्रीत भई छलफल भएको छ । स्रोतका अनुसार प्रचण्डसँग ओलीले नयाँ मन्त्रीहरुको नाम मागेका छन् ।

अहिलेका आधाजसो मन्त्री हट्ने लगभग निश्चित देखिएको छ । हेरफेरको क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल नै जोखिममा देखिएका छन् । प्रधानमन्त्री ओलीले उनलाई कोरोना व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिएपनि व्यवस्थापनमा असफल भएको आरोप लागेको छ । साथै, सेनालाई समेत भ्रष्टाचारमा तानेकोमा उनी विवादमा परेकाले उनलाई हटाउनुपर्ने भन्दै नेकपाकै एक समूह सक्रिय भएको छ ।

जोखिममा रहेका अर्का मन्त्री रामबहादुर थापा बादल हुन् । पद जोगाउन उनी ६ महिनाअघि चर्किएको पार्टी विवादमा ओलीको कित्तामा उभिए । तर, यसपटक उनलाई गाह्रो हुने देखिएको छ । ओलीको ‘यसम्यान’ बनेका बादल पछिल्लो समय विवादको केन्द्रमा छन् । गृह प्रशासन समेत अस्तव्यस्त बन्दै गएको छ । जसरी हुन्छ उनी पद जोगाउने रणनीतिमा छन् । उनी व्यक्तिगत स्वार्थमा लाग्दा गृह प्रशासनमा राजनीतिक हस्तक्षेप बढेको छ ।

साढे दुई वर्ष मन्त्री खाइसकेकाले भूमिसुधार मन्त्री पद्मा अर्याल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत समेत ‘रेड जोन’मा छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको छवी राम्रो भएकाले उनको मन्त्रीबाट नहट्ने तर मन्त्रालय हेरफेर हुनसक्ने सम्भावना छ । उर्जामन्त्री वर्षमान पुनले प्रचण्डको विश्वास कायमै राखेकाले उनको निरन्तरताको सम्भावना देखिएको छ ।

नयाँ मन्त्रीहरुमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सम्भावना प्रबल देखिएको छ । उनीहरुलाई अर्थ र गृहमा सेटल गराउन लागिएको छ । तर, वामदेवले आफुलाई नटेर्ने भएकाले सकेसम्म उनलाई रोक्ने प्रयासमा प्रधानमन्त्री ओली छन् । गत वर्ष मात्र नियुक्त भएका मन्त्रीहरुमध्ये केही हट्ने सम्भावना रहेको स्रोत बताउँछ ।

मन्त्री बन्नेमा सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल, विरोध खतिवडा, कृष्णभक्त पोखरेल, बिशाल भट्टराई, पूर्णाकुमारी सुवेदी लगायत छन् । यसपटक मन्त्रिमण्डल हेरफेर हुँदा केही नयाँ अनुहार पर्ने निश्चित छ । ओलीले नेता माधव कुमार नेपालसँग पनि छलफल गरेर केही दिनमै मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन् । हाल अर्थ, सञ्चार र सहरी विकास मन्त्रालय रिक्त छन् ।

व्यवसायीको ‘सर्पोट’मा बोले बाबुराम भट्टराई, सरकारलाई प्रश्न – किन कानमा तेल हालेर बसेको ?

अंग्रेजी वर्ष २०१९ को डिसेम्बर अन्तिम साताबाट चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ का कारण विश्व आक्रान्त छ । नेपाल पनि यसबाट अछुतो हुन सकेको छैन । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण सबै क्षेत्र चौपट बनेको छ । यसैबीच नेपाल ल्याउन लागिएका सरसामान बोकेका कन्टेनर नेपाल चीनको सीमामा ६ महिनादेखि थन्किएको प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ति सामान भित्र्याउन पहल नगरेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डाक्टर भट्टराईले चीनबाट आयात गरिएका २० अर्ब बढी मूल्यका सामान ६ महिनादेखि सीमामै रोकिँदा सामान बिग्रिने र नेपाली व्यवसायीहरुले नोक्सानी व्यहोर्नुपर्ने विषम परिस्थितीमा सरकारले कुनै विकल्प नसोचेकोप्रति कटाक्ष गर्दै किन कानमा तेल हालेर बसेको भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन् – ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?’

चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज बोकेको कन्टेनरसमेत रोकिएको छ । अलपत्र परेका कन्टेनरमा कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री लगायतका समान पनि छन् ।

चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी कोरोना पछि बन्द छन् । रसुवागढी भन्सारमा कार्यरत एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको थियो । यस्तै तातोपानी नाकाभन्दा करिब ३५ किलोमिटर माथि चीनतर्फ पर्ने ताल बिष्फोटको जोखिम रहेको भन्दै चिनियाँ पक्षले सो नाका पनि बन्द गरेको छ ।

भूकम्पपछिदेखि नै नेपाली व्यवसायीलाई चिनियाँ भूभागको खासा र केरुङ जान दिइएको छैन । व्यवसायीका अनुसार केरुङमा १२ सयभन्दा बढी र तातोपानी नाकाको खासामा डेढ सय कन्टेनर सामान अलपत्र छ ।

सम्बन्धित समाचार

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

के नेपालसरकार कालापानी लिपुलेक र लिम्पियाधुरा फिर्ता लिना पछि हटेको हो ? किन खुसी मनाउँदैछ भारत ?

कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने र भारतको निकट रहन चाहेको विश्लेषण गरेका छन् ।

अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक केही गरिँदैन

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको कडा शब्दमा आलोचना गरेका छन्।

सरकारले हात उठायो महामारी बल्ल सुरु भएको बेला

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भित्रिएको नौ महिना भयो । चीनको वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा माघ ९ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । दोस्रो केस चैत १० मा देखियो ।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X