Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
राजनीति नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।

मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले निवेदकले नै तारेख गुजारेको भन्दै तामेलीमा राखेको हो।

तत्कालीन एमाले र माओवादी केन्द्रको अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दाको औचित्य समाप्त भएपछि सुनुवाई गर्दै सर्वोच्चले तामेलीमा पठाउने फैसला गरेको हो।

२०७४ मंसिर १० हुने प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिव्यक्ति दिएका थिए। तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गरेका थिए।

उनीहरुको अभिव्यक्ति सर्वोच्चको आदेशविपरीत भएको जिकीर गर्दै शुक्लाले २०७४ कात्तिक १३ गते अपहेलना मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामाथि सुनिवाई गर्दै मंगलबार सर्वोच्चले निवेदकले नै तारिख लिन छोडेकाले तामेलीमा पठाउने निर्णय गरेको हो।

सम्बन्धित समाचार

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

के नेपालसरकार कालापानी लिपुलेक र लिम्पियाधुरा फिर्ता लिना पछि हटेको हो ? किन खुसी मनाउँदैछ भारत ?

कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने र भारतको निकट रहन चाहेको विश्लेषण गरेका छन् ।

अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक केही गरिँदैन

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको कडा शब्दमा आलोचना गरेका छन्।

सरकारले हात उठायो महामारी बल्ल सुरु भएको बेला

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भित्रिएको नौ महिना भयो । चीनको वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा माघ ९ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । दोस्रो केस चैत १० मा देखियो ।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X