Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
खेलकुद पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने यो खेलमा जित हात पार्दै विजयी यात्रा कायम राख्ने प्रयाशमा छ चेन्नई। राजस्थानको भने सिजनको यो पहिलो खेल हो। चेन्नईले पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको थियो।

राजस्थान महत्वपुर्ण दुई विदेशी खेलाडीबिना यो खेलमा उत्रने छ। बेन स्टोक्स र जस बटलर पहिलो खेलमा उपलब्ध हुने छैनन्। ब्याटसम्यानमा कप्तान स्टिभन स्मिथ, डेभिड मिलर, रोबिन उथ्थपा राजस्थानले आशा गरेका खेलाडी हुन्। यसैगरि इङ्लिस बलर जोफ्रा आर्चर, श्रेयस गोपाल, टम कुरान उसका बढी भर गरिएका बलर हुन्।

चेन्नईको टोली सन्तुलित छ। सेन वाट्सन, मुरली विजय, फाप डु प्लेसिस, रविन्द्र जडेजा, अम्बाती रायुडु, महेन्द्रसिंह धोनीलगायत खेलाडी टोलीमा छन्। चेन्नईले राजस्थानविरुद्धका पछिल्ला चार खेलमध्ये तीनवटामा जित हात पारेको छ।

सम्बन्धित समाचार

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X