Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
नेपाली कांग्रेस आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार रुद्र कार्कीसँग कुरा गर्दै अध्यक्ष पोखरेलले भने,‘यो एकतर्फी रुपमा चुनाव स्थगित् गरिएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ । अन्तिममा आएर चुनाव किन रोकियो ?’ सरकारले कोभिड–१९ को कारण देखाएपनि आफुहरुसँग किन सरसल्लाह गरिएन ? भन्दै उनले दुःखेसो पोखे । उनले सरकारको यो निर्णयले गणतन्त्र र लोकतन्त्रमाथि नै खतरा भएको पनि टिप्पणी गरे ।

निर्वाचन स्थगित् गरिनेजस्तो निर्णय गर्दा प्रमुख निर्वाचन अधिकृत तोकिएको कार्यालयलाई समेत कुनै जानकारी र समन्वय नगरिएको अध्यक्ष पोखरेलको भनाई छ । ‘हामी त चुनाव प्रचारप्रसारमा होमिईसकेका थियौं, तर अन्तिममा आएर हामीसँग पनि सल्लाह नगरी यसरी एकतर्फी रुपमा चुनाव स्थगित् गर्न मिल्छ ? यो त चुनाव हार्ने डरले सत्तारुढ दलले यस्तो निर्णय गरेको छर्लङ हुन्छ।’–उनले भने ।

तर, सरकारले भने कोरोना भाइरस (कोभिड( १९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै उक्त निर्णय लिइएको बताइएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने र अहिलेको समितिलाई वैशाखसम्म निरन्तरता दिने निर्णय थियो ।

सम्बन्धित समाचार

मध्यपश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई रिहा गर्न नेविसंघको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रनतृ गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्य पश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

निःशुल्क मास्क बाँडेर सरकारको विरोध !

पछिल्लो समय केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणबाट जोगिन साबुन पानीले बेलाबेलामा हात धुने र मास्क अनिवार्य लगाउनुपर्छ ।

कांग्रेस नेता गुरुङको प्रश्न : सरकार जनताको सेवक हो कि पीडक?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकारले पीसीआर परीक्षणमा विभेद गरेको आरोप लगाएका छन्।

साना व्यवसायीको गुनासो सुनेपछि देउवाले भने- ‘प्रधानमन्त्रीसँग सिधै कुरा गर्छु’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन्। 

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X