Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
आर्थिक थोरै लगानीमा गाडी गुड्ने पक्की पुल बनाएपछि स्थानीयलाई राहत

थोरै लगानीमा गाडी गुड्ने पक्की पुल बनाएपछि स्थानीयलाई राहत

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: गाडी गुड्ने पक्की पुलका लागी सरकारी कार्यालयहरुले करोडौको बजेट खर्च गरी निर्माण गर्ने भए पनि यहाँको एक गाउँपालिकाले भने थोरै लगानीमा पुल निर्माण गरे पछि स्थानीयलाई भने निकै राहत मिलेको छ ।

जिल्लाको उत्तरी भेगमा पर्ने सुर्मा गाउँपालिकाले भने १७ लाख रुपयाँको लागतमा गाडी गुड्ने पक्की पुल निर्माण गरे पछि गाउँपालिकामा बर्ष भरि गाडी चल्ने भएका छन् ।

बाहुली गाड लगाएका गाउँपालिका भित्रका चार वटा खोलामा बर्षायाममा हो वा भारी बर्षा भएका बेला बाढी आउने रखोलाहरुमा पानीको मात्रा बढेपछि यातायातका साधनहरु ओहोरदोहोर गर्न निकै समस्या हुने गर्दथ्यो ।

गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल जोडिएको भए पनि यहाँका स्थानीय खोलाहरुमा यातायातका साधनहरु बर्षेनी अबरुद्ध हुदै आएपछि दैनिक उपभोग्य बस्तुहरु समेत ढुवानी गर्न निकै समस्या हुँदै आएको थियो ।

सुर्मा १ का दिनेश बोहोराले भने पक्की पुल बनेपछि भने यो समस्या हटेको छ । आर्थिक वर्ष ०७४–७५ बाट गाउँपालिकाले गाउँपालिका भित्रका चार वटा खोलाहरुमा पक्की पुल निर्माणका लागी लागत स्टिमेट सहित थोरै लगानीमा पक्की पुल निर्माण गरेपछि यहाँका स्थानीयलाई सहज भएको हो ।
सुर्मा गाउँपालिकाले यसै आर्थिक बर्षमा गाउँपालिकाको पर्यटकिय क्षेत्र सुर्मा मन्दिर जोड्ने मैत्रिगाडमा १७ लाख रुपयाँको लगानी र स्थानीयको जानश्रमदानबाट ९ मिटर लम्बाई साडे चार मिटर चौडाई भएको आरसिसि ढलाल सहितको पक्की पुल निर्माण गरेको छ ।

स्थानीयबासीहरुले यहाँका बिभिन्न खोलाहरुमा पक्की पुलका लागी बारम्बार प्रदेश तथा संघीय सरकारलाई माग गरे पनि माग पुरा नभएपछि गाउँपालिकाको लगानीमा आरसिसि ढलान सहितको पक्की पुल निर्माण गरेको हो ।

सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भने, ‘पहिलो चरणमा हामीले गाउँपालिका भित्रका सबै वडा भित्र सडक निर्माणलाई प्राथमिकतामा राखि निर्माण कार्य गरेका थियौं र त्यसैसंग पक्की पुलका लागी बिभिन्न निकायमा पनि पहल गरेका थियौ । तर कतैबाट पनि सहयोग नपाएपछि विकल्पका रुपमा गाउँपालिका भित्रका ईन्जिनियरहरुलाई थोरै लगानीमा लागत स्टिमेट तयार गरि पक्की पुल बनाउने योजना अनुसार हाल चार बटा पक्की पुल निर्माण गरेका हौँ ।’

उनले यी पुलहरुको दिगोपनाका बारेमा समेत ब्यापक छलफल गरि कम्तीमा पनि एक सय बर्ष आयु भएका पुलहरुको निर्माण गरेको बताए ।

गाउँपालिकाले तीन बर्ष अगाडिसमेत गाउँपालिकाको मुख्य सडक डोगडी पावर हाउस नजिकै समेत १८ लाखको लागतमा स्थानीयको जनश्रमदानमा गाडी गुड्ने बेलिब्रिज समेत निर्माण गरेको थियो ।

यसका साथै सुर्मा गाउँपालिकाबाट छबिसपाथीभेरा गाउँपालिका जोड्ने मयागाडमा समेत १८ लाखको लागतमा पक्की पुल निर्माण गरेको थियो ।

त्यस्तै सुर्मा सरोवर ताल जाने रैथलीगाडमा समेत ३५ लाख रुपयाँको लगानीमा गाडी गुड्ने बेलिब्रिज निर्माण गरेको थियो । यी सबै पुलहरुमा अहिले यातायातका साधनहरु चलिरहेका छन् । यसरी थोरै लगानीमा गाडी गुड्ने पक्की पुल निर्माण गरेको जिल्लामा यो नौलो हो ।

गाउँपालिकाले यसरी स्थानीय स्तरबाट यसरी पक्की पुल धमाधम निर्माण गर्न थालेपछि यसका बारेमा अन्य गाउँपालिकाले समेत यसको अनुभवका लागी गाउँपालिकाका प्राबिधिकहरुसंग यसको दिगोपना, भार क्षमता र अन्य निर्माण उपायका बारेमा समेत सोध्ने गरेको गाउँपालिकाका प्रबिधिक उमेश बोहराले जानकारी दिए ।

सम्बन्धित समाचार

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय तोकियो

अब खाना पकाउने नयाँ ग्यास सिलिण्डर किन्दा २१ सय तिर्नुपर्ने भएको छ। नेपाल ग्यास उद्योग संघले एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी रकम दुई हजार एक सय रुपैयाँ कायम गरेको जनाएको छ।

अनलाइनबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशन

दशैं, तिहार लगायत ठूला चाडवाडमा यात्रुलाई सहज रुपमा आवागमन गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने

कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।