Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
आर्थिक सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए । राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तिय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताए । उनले यो अभियानमा साथ दिन नीति क्षेत्रहरुलाई समेत आग्रह गरे ।

विश्वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताए ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक विदाको अवधारणा अघि सारेको उनले बताए । हप्तामा दुई दिन विदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल भइरहेको उनले बताए । पर्यटन सम्बद्ध सेवा प्रदायक संस्था तथा कम्पनीहरुले समेत आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजनाहरु सार्वजनिक गरिरहेका छन् ।

सम्बन्धित समाचार

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय तोकियो

अब खाना पकाउने नयाँ ग्यास सिलिण्डर किन्दा २१ सय तिर्नुपर्ने भएको छ। नेपाल ग्यास उद्योग संघले एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी रकम दुई हजार एक सय रुपैयाँ कायम गरेको जनाएको छ।

अनलाइनबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशन

दशैं, तिहार लगायत ठूला चाडवाडमा यात्रुलाई सहज रुपमा आवागमन गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

नेपाल-चीन सम्बन्धको चर्चा भारतीय संसदमा

भारतका विदेश राज्यमन्त्री भी. मुरलीधरनले चीनसँग नेपालको बढ्दो निकटताले भारतसँगको सम्बन्धमा कुनै असर नगर्ने जनाएका छन्। भारतको राज्यसभामा उनले नेपाल र भारतको सम्बन्ध आफ्नै विशेषतामा आश्रित रहेको योग्यताको आधारमा अघि बढेको जनाउँदै अन्य देशसँग तुलना नहुने समेत बताए।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।