Wednesday, October 28, 2020

Wednesday, October 28, 2020
आर्थिक काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: काठमाडौं उपत्यकामा घडेरीको मूल्य आकाशिएका कारण यहाँ घर जग्गा जोड्ने सबैको सपना पुरा हुन नसकेको देखिन्छ यद्धपि भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर भने अझै पनि मध्यम मूल्यमै जग्गा पाउन सकिन्छ पुग्नु पर्ने हुन्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका यी स्थानमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइन्छ :

  • १) इचंगुनारायण, काठमाडौं काठमाडौंको नागार्जुन नगरपालिकाको इचंगुनारायणतिर अहिले पनि आनाको ८ देखि १० लाख रुपैयाँसम्म जग्गा किन्न पाइन्छ ।
  • २) काभ्रेस्थली (माथिल्लो भाग), काठमाडौं काभ्रेस्थलीको माथिल्लो भेगतिर शान्तीधाम एरियामा आनाको १० लाखसम्ममा टुक्रा जग्गाको कारोबार भाइरहेको छ ।
  • ३) माथिल्लो दहचोक, काठमाडौं चन्द्रागिरी नगरपालिकामा पर्ने दहचोकको माथिल्लो भेग कालु पाण्डेको समाधिस्थल वरिपरि १३ फिटे बाटोमा आनाको ६ देखि १० लाख रुपैयाँसम्मको जग्गा पाइन्छ ।
  • ४) मातातिर्थ, काठमाडौं मातातिर्थको चन्द्रागिरी जंगलसँग जोडिएको ठाउँ वरिपरी पनि ८ देखि १० लाख आनाको जग्गा किन्न पाइन्छ ।
  • ५) किर्तिपुर, काठमाडौं किर्तिपुर नगरपालिकाको भत्तेकपाटी जंगलतिरको ठाउँमा पनि आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाइन्छन् ।
  • ६) तारेभिर, काठमाडौं गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानको माथिल्लो भागमा ढलान गरेको बाटोसँग जोडिएको घडेरी आनाको ८ देखि १० लाख रुपैयाँसम्म किन्न पाइन्छ ।
  • ७) जहरसिंग पौवा, काठमाडौं शंखरापुर नगरपालिकाको जहरसिंह पौवा, चौकी भन्ज्याङ, लप्सेफेदी, नाङ्लेभारे लगायत ठाउँमा १३ फुटे बाटासम्म जग्गा पनि १० लाखभन्दा कम मूल्यमा पाइन्छ ।
  • ८) सुडाल, भक्तपुर भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने सुडालको आसपास पनि आनाको ६ लाखदेखि १० लाख रुपैयाँसम्मका जग्गा पाइन्छन् । गोरेटो बाटो र एकमुष्ठ धेरै जग्गा उठाएमा अझै सस्तोमा जग्गा पाइने टाउनसिप प्रोपर्टीका सञ्चालक देबेन्द्र दाहाल बताउँछन् ।
  • ९) बागेश्वरी, भक्तपुर चांगुनारायणको छालिङ र बागेश्वरी आसपासमा पनि १० देखि १३ फुटे बाटोमा १० लाखभन्दा कम मूल्यमा टुक्रा जग्गाहरु पाउन सकिन्छ ।
  • १०) डोलेश्वर भक्तपुरको डोलेश्वर महादेव मन्दिर वरिपरि पनि १० लाखभन्दा कम मूल्यमा जग्गा भेटिन्छन् ।
  • ११) मुलडोल (चापागाउँ), ललितपुर चापागाउँ बसपार्कबाट ५०० मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा रहेका क्षेत्रमा पनि आनाको १० लाखमुनिका जग्गा पाइन्छन् ।
  • १२) बडीखेल, ललितपुर बडीखेल आसपासमा आनाको ८ देखि १० लाखसम्ममा जग्गा पाइन्छ ।

सम्बन्धित समाचार

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय तोकियो

अब खाना पकाउने नयाँ ग्यास सिलिण्डर किन्दा २१ सय तिर्नुपर्ने भएको छ। नेपाल ग्यास उद्योग संघले एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी रकम दुई हजार एक सय रुपैयाँ कायम गरेको जनाएको छ।

अनलाइनबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशन

दशैं, तिहार लगायत ठूला चाडवाडमा यात्रुलाई सहज रुपमा आवागमन गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने

कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।

नेपाल-चीन सम्बन्धको चर्चा भारतीय संसदमा

भारतका विदेश राज्यमन्त्री भी. मुरलीधरनले चीनसँग नेपालको बढ्दो निकटताले भारतसँगको सम्बन्धमा कुनै असर नगर्ने जनाएका छन्। भारतको राज्यसभामा उनले नेपाल र भारतको सम्बन्ध आफ्नै विशेषतामा आश्रित रहेको योग्यताको आधारमा अघि बढेको जनाउँदै अन्य देशसँग तुलना नहुने समेत बताए।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।