Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
खेलकुद टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

भ्रमणकारी टर्कीले तीनपटक पछि परेको स्थितिमा जर्मनीलाई बराबरीमा रोकेको हो। कारामनले ९४ मिनेटमा बराबरी गोल फर्काएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा युलियन ड्राक्सलरले काई हाभार्टजको पासमा गोल गरेका थिए।

जर्मनीे ड्राक्सलरकै गोलबाट अग्रता लिएको हो। ५०औं मिनेटमा टर्कीका ओजन टुफानले बराबरी गोल फर्काए।

त्यसको आठ मिनेट नवित्दै हाभार्टजकै पासमा फ्लोरिन नेउहाउसले गरेको गोलबाट जर्मनीले फेरि अग्रता लियो। नेउहाउसको जर्मनीबाट यो डेब्यू खेल थियो।

६७औं मिनेटमा टर्कीका इफेक्यान कारासाले फेरि बराबरी गोल फर्काए। ८१औं मिनेटमा जियान लुका वाल्डस्मिल्डले गरेको गोलबाट जर्मनीले पुनः अग्रता लियो। इन्जुरी समयमा कारामनले बराबरी गोल फर्काएपछि घरेलु टीम जर्मनी बराबरीमा रोकियो।

जर्मनीका केही महत्वपुर्ण खेलाडी टीममा थिएनन्। प्रशिक्षक जोचिम लोउले बायर्नका म्यानुयल नुयर र सेर्गी गिनाब्रीलाई आरम दिएका थिए। २०१४ को विश्वकप विजेता जर्मनीले शनिबार युईएफए नेसन्स लिगमा युक्रेन तथा मंगलबार स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ।

सम्बन्धित समाचार

सन्दिप लामिछानेलाई खेल्न नदिने सुनिलको गरे सन्दिपले धुलाई

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तगर्त कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य दिएको छ ।

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।