Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
नेपाल प्रधानमन्त्री ओलीलाई अभिनेत्री ऋचाको खुल्ला पत्र- ‘मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

प्रधानमन्त्री ओलीलाई अभिनेत्री ऋचाको खुल्ला पत्र- ‘मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

Published:

On: Nepal

काठमाडौं- नेपालमा बढ्दो यौनहिंसा घटनाहरुका विषयलाई उदृत गर्दै नायिका ऋचा शर्माले प्रधानमन्त्रीका नाममा खुल्ला पत्र लेखेकी छन् ।

पछिल्लो समय देशभर बलात्कार घटना घटिरहेका अवस्थामा देशमा बालबालिका एवं नारी सुरक्षाको चुनौति खडा भएको उनले पत्रमा उल्लेख गरेकी छन् ।

देशमा कानुनले यस्ता गम्भीर घटनाका अपराधिहरुमाथि उचित कारबाही नगरेको उनको गुनासो छ । नारी पुजिने देश एवं नारी नै राष्ट्रपति भएको देशमा महिलाहरु असुरक्षीत रहनु लज्जास्पद भएको उनको भनाइ छ । सरकारमाथि विश्वास गर्ने आफुले अहिले सडकमा एक्लै हिड्दा डर लाग्ने अवस्था आएको बताएकी छन् ।

यस्तो अभिनेत्री ऋचाको निवेदन

आदरणीय प्रधानमन्त्रीज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ । मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ ।

मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स–साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।

जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्मा’ननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलाजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ ।

यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन। बाँकी तपाईहरु बुझकी ।

निवेदक

एक आम नेपाली नारी

ऋचा शर्मा

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।