Wednesday, October 28, 2020

Wednesday, October 28, 2020
विज्ञान र प्रविधि वाइफाई नचलेर हैरान हुनुभएको छ तपाइको? छिटो बनाउन यसो गर्नुहोस्!

वाइफाई नचलेर हैरान हुनुभएको छ तपाइको? छिटो बनाउन यसो गर्नुहोस्!

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इन्टरनेट आज एक अपरिहार्य बनिसकेको छ । इन्टरनेट बिना प्राय मानिसको जीवन नै अधुरो हुन्छ भन्दा फरक पनि नपर्ला र हामी नेट बिना बाच्न पनि नसक्ने भैसकेका छौँ ।

इन्टरनेट ढिलो भयो भने काममा पनि बाधा हुन्छ भने काम गर्न पनि दिक्क लाग्ने हुन्छ । तर इन्टरनेट छिटो चलेको छ भने काम गर्न पनि सहज र सरल समेत हुन्छ ।

इन्टरनेट प्रयोग गर्दा अधिकांशले भोग्नुपर्ने समस्या हो वाइफाई सिग्नल कमजोर । एउटै घरमा कुनै कोठामा सिग्नल राम्रो देखाउँछ भने अर्को कोठामा कमजोर हुन्छ । त्यस्तै, एकैछिनमा सिग्नल देखाउने र फेरि हराउने समस्या पनि हुन्छ । किन हुन्छ त यस्तो समस्या ?

के तपाई इन्टरनेट ढिलो भएर दिक्क हुनुभएको छ ? यदि छ भने आफ्नो इन्टरनेट छिटो चलाउन यी बिधि अपनाउनुहोस्!

राउटरलाई घरको बीच भागमा राख्नु उपयुक्त हुन्छ । घरको केन्द्रबिन्दुमा राउटर राख्दा सबै भागमा सिग्नल बराबर पुग्छ ।
राउटर राख्ने स्थान चयन गर्नुपर्दा क्लाउडचेकको सहयोग लिन सकिन्छ । यसले पूरै घरको वाइफाई रुट थाहा हुन्छ । जसले गर्दा सिग्नल कमजोर भएको क्षेत्र थाहा हुन्छ ।

राउटरलाई कहिल्यै भुइँमा राख्नुहुँदैन । त्यसलाई कम्तीमा पनि भुइँदेखि २ फिटको उचाइमा राख्नुपर्छ । किनकि, सिग्नलको दिशा केही तलको भागमा हुन्छ । जसले गर्दा राउटर भुइँमा राख्दा सिग्नलको बाटो अवरुद्ध हुन सक्छ ।
राउटरलाई टिभी क्याबिनेट वा पर्दापछाडि राख्नुहुँदैन । यसलाई खुला स्थानमा राख्दा फ्री सिग्नल हुने कारण गति पनि केही बढी नै हुन्छ ।
राउटरलाई टिभी, कर्डलेस, माइक्रोवेभ, फ्रिजजस्ता विद्युतीय उपकरणबाट टाढा राख्नुपर्छ । यस्ता उपकरणले इलेक्ट्रोमेग्नेटिभ वेभ छोड्ने कारण राउटरको सिग्नललाई बाधा पुग्छ ।

वाइफाईको पासवार्ड चोरी हुन नदिन पनि सचेत रहनुपर्छ । त्यसैले पासवर्ड कसैले पनि अनुमान गर्न नसक्ने राख्नुपर्छ । अल्फाबेट, न्युमेरिकल वा अन्य सिग्नल पनि मिसाएर पासवर्ड बनाउनु उचित हुन्छ ।

राउटर सफ्टवेयरलाई अपग्रेड गरिरहनुपर्छ । विशेषगरी पुरानो राउटर छ भने अझ बढी ख्याल राख्नुपर्छ ।
इन्टरनेट सर्भिस प्रोभाइडरका कारण पनि सिग्नलमा असर पुगेको हुन सक्छ । यो विषयमा धेरैलाई अप्ठ्रो पर्न सक्छ, सर्भिस प्रोभाइडरको कारण सिग्नल कमजोर भएको हो कि राउटरको कारण यस्तो भएको हो ।

यदि वाइफाई कनेक्ट र राउटरसँग डाइरेक्ट कनेक्ट गर्दा पनि नेट स्लो छ भने सर्भिस प्रोभाइडरको कारण यस्तो भएको हो । यसका लागि स्पिड टेस्टको मद्दत लिन सकिन्छ ।

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।